Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

परराष्ट्रमन्त्री ज्ञावलीले एमसिसिबारे गरे यस्तो खुलासा

बुटवल । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एमसीसी परियोजनाको सम्झौता तत्कालिन नेपाली काङ्ग्रेस र माओवादीको सरकारले गरेको बताएका छन्। मंगलवारदेखि गुल्मीमा दोश्रो रुरु महोत्सव तथा रिडी माघेसक्रान्ति मेलाको समुद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘खाली नकरात्मक भ्रम छरेर सकरात्मक कुरालाई ओझेलमा पार्दै जनतालाई निराश पार्ने काम भएको छ। हिजो मुलुक कस्तो थियो रु विधिको शासन थिएन। जसको शक्ति उसैको भक्ति भने झैं थियो। भ्रष्ट टाँकचोरहरुको राज थियो ।

अहिलेको सरकार तीब्र विकासको गतिमा अगाडि बढे पनि प्रतिपक्षले नकरात्मक रुपमा जनतामा भ्रम छरेको आरोप लगाएका छन्। त्यस्ता भ्रष्टहरुलाई अहिलेको सरकारले खोजी–खोजी जेलको चिसो खुवाउँदै आएको छ उनले भने। पछिल्लोपटक अमेरिकासँग गरिएको एमसीसी सम्झौतालाई अनावश्यक विवाद र बहसमा ल्याइएको बताउँदै उनले भने, ‘हामीले विकास सहायतालाई बन्दुकसँग जोडेर हेर्दैनौ। असंलग्न सिद्धान्तप्रति अहिलेको सरकार कटिबद्ध छ । पहिलो कुरा यो सम्झौताको प्रयास गरेकै ८ वर्ष भयो ।’यो सम्झौता ३ वर्षअघि नेपाली काँग्रेस र तत्कालीन माओवादीको सरकार छँदा भएको समेत उनले स्पष्ट पारे ।

उनले भने, ‘जुनसुकै ओहदाको होस, चाहे सम्मानीय होस् वा माननीय होस्, हामीले गल्ती गर्ने कसैलाई छाडेका छैनौं। धमाधम भ्रष्टहरु कार्वाहीमा पर्न थालेका छन्। कोही अत्तालिएर बेहाल छ। हामीले भ्रष्टचारीहरुलाई अरिङ्गालको गोलो पोलेझैं आगो झोस्न थालेका छौं ।’ मन्त्री ज्ञवालीले भने, ‘अहिले हामीले यो सम्झौता संसदमा पेश गरेका छौं ।

यसबाट हामीले देशको विकास गर्न चाहन्छौं ताकि सैन्य सम्बन्ध केवल भ्रम हो।’ उनले अहिलेको सरकार राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएको दावीसमेत गरे। उनले भने,‘पछिल्लो अर्को मुद्धामा भारतले कालापानी लगायतको नेपाली भूमी आफ्नो नक्सामा पारेको विरुद्ध पनि सरकार दृढतापूर्वक उभिएको छ। ‘कालापानी लगायतको सीमा विवादबारे भारतसँग पत्रचार गर्‍यौं। उसले पनि कुटनैतिक तौरबाट विवाद समधान गर्न तयार भएको पत्र पठाएको छ।’ ज्ञवालीले अबको ११ वर्षपछि मध्यम आय भएको मुलुकको सूचीमा नेपाललाई पुर्‍याउने समेत बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies