Khabar Dabali Logo
  September 29, Tue

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भूकम्पीय जोखिम कायमै

काठमाडौं। नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ ।
आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन, बाहिरबाटै मापन गरिएको थियो । संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए ।

आजको गोरखापत्र दैनिकमा खबर छ – त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । त्यसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो । तीमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो । त्यसपछि नेपालमा त्यत्रो ठूलो भूकम्प गएको छैन ।
भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ ।
नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा भूकम्पीय जोखिमको हिसाबले सबैभन्दा जोखिमपूर्ण क्षेत्र कुन कुन हुन् भनी राखिएको जिज्ञासामा खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भन्नुभयो, “पूरै नेपाल भूकम्पीय जोखिममा छ । कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै छैन । हिमालय भनेको नै भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र हो । हाम्रा प्रत्येक ठाउँ जोखिममा छन् । हामी जोखिम क्षेत्रमै बसोबास गर्दै आएका छौं । ”
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको निगरानी राख्ने र भूकम्प गएमा त्यसको सूचना सार्वजनिक गर्दै आएको छ । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने जानकारी उहाँले दिनुभयो ।
वि।सं। २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्र बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि ५० हजारभन्दा बढी परकम्प गएका छन् । ठूला भूकम्प भएपछि लामो समयसम्म पनि भूकम्पका धक्काहरू महसुस हुने गर्छन् । त्यसलाई परकम्प भनिन्छ । ठूलो भूकम्प गएपछि बाँकी रहेको शक्ति बाहिरिने क्रममा ससाना अन्य भूकम्प जाने गर्छन् । प्रत्येक परकम्प आफैँमा भूकम्प भएको भनाइ अधिकारीको छ ।

माघ २ गते, २०७६ - ०९:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घाटीबगर-छाङरु बाटो खुल्यो

घाटीबगर-छाङरु बाटो खुल्यो

छाङरू र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो दार्चुला।...   

५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ । सर्वोच्चले...   

महानगरीय प्रहरी अब संघीय राजधानी प्रहरी

संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरी (केन्द्र) को जिम्मा बागमती प्रदेश सरकारको असन्तुष्टि काठमाडौं...   
दसैं होइन, दशा टार्न मुग्लान जानेको ताँती

दसैं होइन, दशा टार्न मुग्लान जानेको ताँती

धनगढी । दसैं-तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन् बढ्दै छ । आजको नयाँ...   

बलात्कारीलाई मृत्युदण्डको पैरवी

काठमाडौं । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यता विपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि...   

एसिड आक्रमणकारीमाथि अब कठोर सजाय, राष्ट्रपतिबाट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेजाब तथा अन्य घातक रासायनिक...   

ओम्नीलाई कालोसूचीमा राख्ने निणर्य यथावत् राख्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्ने निणर्य यथावत्...   

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको...   

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर...   

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top