Khabar Dabali Logo
  February 25, Tue

भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि

काठमाडौं । आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल भलिबल सङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकको गरेको हो ।

यही माघ १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी पूरा भएको सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने चन्दले बताए ।

यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमण्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले खेल्नेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा रु २३ लाख खर्च हुने सङ्घले जनाएको छ ।

माघ १ गते, २०७६ - १२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अपाङ्ग सङ्घमा अनियमितता, तालीमको बजेट व्यवस्थापकको परिवारमा खर्च

अपाङ्ग सङ्घमा अनियमितता, तालीमको बजेट व्यवस्थापकको परिवारमा खर्च

काठमाडौं । जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता...   

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

काठमाडौं । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको...   

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन बन्द गर्याे

काठमाडौं । सरकारले दक्षिण कोरियामा नेपालबाट कामदार पठाउन बन्द गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको...   

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा...   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : कम्तीमा सात जनाको मृत्यु (अपडेट)

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद...   

कोरोना भाइरस प्रकोप : दक्षिण कोरियामा मृतकको संख्या ८ पुग्यो, ८ सय ९३ संक्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का को कारण मृत्यु हुनेको संख्य ८ जना पुगेको छ ।...   
कर्णालीमा जीप खस्यो

कर्णालीमा जीप खस्यो

कालिकोट । कर्णाली जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा जीप दुर्घटना...   

आज सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ३००...   
हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

एजेन्सी । हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको...   

कोरोना भाइरस प्रकोप : सम्भावित महामारी विरुद्ध तयार रहन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

एजेन्सी । सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top