Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रहरी हवल्दार आत्महत्या प्रकरण, मृत्यु शङ्कास्पद भएको भन्दै छानबिनको माग

जाजरकोट । जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक ९एसपी० सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ ।

यही पुस २७ गते नलगाड नगरपालिका–७ दल्लीमा कार्यरत ३५ वर्षीय भोजबहादुर कठायतले आत्महत्या गरेको घटना बाहिर आएको थियो । यद्यपि मृतक कठायतका धर्मपत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै शव बुझ्न नमानेपछि घटना रहस्यमय बन्दै गएको हो । मृतक कठायतको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरी प्रशासनलाई छानबिन तथा अनुसन्धानका लागि अनुरोध गरिएको बताइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले घटनाको विशेष छानबिनका लागि प्रहरी उपरीक्षक दास नेतृत्वको तीन सदस्यीय छानबिन टोली गठन गरी अनुसन्धान तथा छानबिनका लागि आज बिहान जाजरकोट पठाइएको जानकारी दिए । “टोलीले घटनाबारे छानबिन गर्नेछ,” उनले भने, “पाँच दिनभित्र त्यसको प्रतिवेदन टोलीले पेश गर्न निर्देशन दिइएको छ ।”

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मृतकको शव आज परिवारलाई बुझाउने तयारी भएको बताए । उनका अनुसार प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले छानबिन अगाडि बढाएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट गठित प्रहरी उपरीक्षक दास नेतृत्वको टोली र जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठसहित घटनास्थल दल्ली पुगिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी महेशकुमार आचार्यले जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार मृतकको शव जाजरकोट अस्पतालमा राखिएको र शव परीक्षण गरिएको छैन ।

पीडित परिवारले भने तीन दिन भइसक्दा पनि प्रहरी प्रशासनले शव बुझाउन कुनै चासो नदेखाएको आरोप लगाएका छन् । बाजुरा घर भई हाल नेपालगञ्ज बस्दै आएका कठायत चार महिनादेखि घुमुवा प्रहरीका रुपमा त्यहाँ काम गर्दै आएका जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies