Khabar Dabali Logo
  January 22, Wed

मन्त्री पुन र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता, के छलफल भयो ?

यूएई । संयुक्त राष्ट्रसंघले नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । राष्ट्रसंघले विकास, समृद्धिका साथै उर्जा क्षेत्रमा सहयोग गर्ने भएको हो । नविकरणीय अन्तर्राष्ट्रिय उर्जा संघ ९आइरिना० को विश्व भेलामा सहभागी हुन संयुक्त अरब इमिरेट्सको यूएई पुगेका उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनसँगको भेटमा राष्ट्रसंघीय उपमहासचिव अर्मिदा सल्सियाह एलिसजाहवानासँग सोमबार भएको भेटमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले नेपाल हेर्ने बैंककस्थित राष्ट्रसंघीय कार्यालयले नेपाललाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । सो अवसरमा मन्त्री पुनले नीतिगत र व्यवहारिक रुपमा नेपालले राष्ट्रसंघका सबै गतिविधिमा सक्रियापूर्वक सहभागिता जनाइरहेको स्मरण गराए ।

नयाँ संविधान जारी भएपछि नेपाल संघीयताको अभ्यासमा रहेको जनाउँदै मन्त्री पुनले संघीयता कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी दिर्नेशक मधुसूदन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मन्त्री पुनले अन्तर्राष्ट्रिय लगानी नेपालको जलविद्युत क्षेत्रमा भित्र्याउन सहयोगका लागि आग्रह समेत गरे । भेटमा नेपालका लागि यूइएका राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी रहेका थिए ।

जर्मन र बेलायतका प्रतिनिधिसँग भेट

कार्यक्रमको साइडलाइनमा नेपाली प्रतिनिधि र जर्मन तथा बेलायती अधिकारीबीच पनि भेटवार्ता भयो । जर्मनीको उर्जा विभागका प्रमुख डा।सोरेन ड्याँग र बेलायतको स्वच्छ उर्जा र वैदेशिक सहयोग विभागका प्रमुख सिमोन एगाडासँग उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भेटघाट गरे । डा।सोरेनसँगको भेटमा नवीकरणीय उर्जा, मध्य मस्र्यांङ्दी आयोजना तथा प्रसारण लाइन विस्तारका क्षेत्रमा सहयोग भएकामा धन्यवाद दिइएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

उनका अनुसार संघीय संरचनामा नवीकरणीय उर्जाका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जर्मनीले जनाएको छ । जर्मनीले संघीयतामा नवीकरणीय उर्जा प्रवद्र्धनका लागि प्रदेश २, बागमती र कर्णाली प्रदेशमा क्षमता अभिवृद्धि र स्थानीयस्तरको कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै बेलायतका स्वच्छ उर्जा र वैदेशिक सहयोग विभागका प्रमुख सिमोन एगाडाले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरको नवीकरणीय उर्जा प्रबद्र्धन कार्यक्रममा सहयोग गर्ने भएको छ । सहसचिव भेटुवालले उर्जा क्षेत्रका साथै विकासका अरु भौतिक पूर्वाधारमा सघाउन आग्रह गरिएको जानकारी दिए ।

पुस २९ गते, २०७६ - १५:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट...   
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले...   
माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई...   
खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

झापा । खानेपानीमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर...   

धितोपत्र बजारमा सुधार टिकेन

काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल...   

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमको सदरमुकाममा बढ्यो रौनक, होटेल, गेष्ट हाउस भरिभराउ

डोटी । यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा...   

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै...   

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन...   
ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति...   

यसकारण दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

सियोल । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top