Khabar Dabali Logo
  January 22, Wed

चर्चामा प्रदेश नं ५ को राजधानी

रुपन्देही । प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ ।

प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नं ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

“लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो”, आज बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भने, “प्रदेशसभाको पाँचौ अधिवेशनबाट यसको छिनोफानो हुन्छ ।” प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए ।

प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताए । “अहिले राजधानी तय गर्दा हाम्रा सन्ततिले पनि हामीप्रति गर्व गर्ने किसिमले निर्णय गर्नुपर्छ”, उनले भने । राजधानीका विषयमा पार्टीमा छलफल भए पनि ह्वीप भने नलाग्ने प्रमुख सचेतक ढकालले स्पष्ट पारे ।

उनले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामाकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताए । राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ । समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली काँग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताइन् ।

स्थायी राजधानी र नामाकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उनको भनाइ छ । अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उनको सुझाव छ । “राजधानी तोक्न धेरै ढिलो हुँदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ”, उनले भने । लुम्बिनी नामाकरणका विषयमा भने विवाद नभएको उनले स्पष्ट पारे ।

प्रदेशको राजधानी रुपन्देही र नामाकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ । गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ । प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ । प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन् ।

पुस २९ गते, २०७६ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा निर्वाचन : १८ सदस्य पूर्ति हुने, को–कसको पूरा हुँदैछ कार्यकाल

काठमाडौ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८...   

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको...   

घुस लिएको अभियोगमा वन कार्यालयका प्रमुख पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको...   

जमिन अतिक्रमित गर्ने जो कसैलाई कारवाही : मन्त्री अर्याल

दमौली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने...   

सिन्धुपाल्चोकको चाकुखोला आयोजनाबाट पुन : उत्पादन शुरु

चौतारा । बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना...   
तीन दिनदेखि कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

तीन दिनदेखि कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु...   

दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या

पाल्पा । जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा...   
भारतीय पर्यटकको मृत्यु प्रकरण : दुबईबाट विवाहको वर्षगाँठ मनाउँन आएका थिए यी जोडी

भारतीय पर्यटकको मृत्यु प्रकरण : दुबईबाट विवाहको वर्षगाँठ मनाउँन आएका थिए यी जोडी

एजेन्सी । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया...   

पाँच हजार घुस लिएको अभियोगमा प्रहरी यादव पक्राउ

लहान । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान...   

कञ्चनपुरमा एक करोडकाे माछा उत्पादन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top