Khabar Dabali Logo
  January 23, Thu

आगामी चैतदेखि मोबाइल र विदेशबाट आउने कल सस्तोमा गराउँदै सरकार

काठमाडौं । सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्।

एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको अन्तरआबद्धता निर्देशिका २०७६ चैत २० गतेदेखि लागु हुनेछ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने – त्यसपछि एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा गरिने कलको मूल्य घट्नेछ।

दूरसञ्चार क्षेत्रको प्राविधिक भाषामा एउटा कम्पनीको सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा हुने कल स्थापित गराउने कार्यलाई अन्तरआबद्धता भनिन्छ।

त्यसमा लाग्ने शुल्कलाई अन्तरआबद्धता शुल्क भनिन्छ।

इन्टरनेटको प्रयोग बढेसँगै पीएसटीएन भनिने ल्यान्डलाईन फोन वा मोबाइलबाट हुने कलमै कमी आउन थालेपछि कतिपय देशले यस्तो शुल्क नै हटाएको जानकारहरू बताउँछन्।

नेपालमा भने मोबाइल कलको मूल्य क्रमशस् कम गर्ने सरकारी नीति अनुसार यस्तो शुल्क कम हुने गरी निर्देशिका ल्याइएको अधिकारीहरू बताउँछन्।

अन्तरआबद्धता शुल्क कति हुन्छ ?
उक्त निर्देशिका अनुसार मोबाइलबाट मोबाइलमा र फिक्स्ड लाइनबाट मोबाइलमा गरिने कलका लागि पहिले तोकिएको भन्दा निकै कम अन्तरआबद्धता दर निर्धारण गरिएको छ।

अर्यालका अनुसार अब एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्नेछ।

चैत २० सम्म यस्तो कलको दर प्रतिमिनेट ५४ पैसा रहने छ।

अर्यालले भने – नयाँ दर लागु भएपछि मोबाइल सेवाप्रदायकहरूले ग्राहकले तिर्ने शुल्कमा पनि कटौती गर्नुपर्ने हुन्छ।

ूयो अनिवार्य लागु गर्नुपर्ने निर्देशिका भएकाले यसले सेवा सस्तो पर्छ।ू

तर प्राधिकरणले एउटा सञ्जालबाट अर्को सञ्जालमा फिक्स्ड लाइनबाट फिक्स्ड लाइनमै वा मोबाइलबाट फिक्स्ड लाइनमा गरिने कलको दर भने पहिलेको भन्दा बढाएको छ।

यस्तो कलको दर पहिले १४ पैसा प्रतिमिनेट रहेकोमा अब २० पैसा प्रतिमिनेट बनाइएको छ।

अहिले फिक्स्ड लाइन फोनको प्रयोगमा निकै कमी आएको र नेपाल टेलिकम बाहेकका सेवाप्रदायकसँग त्यस्तो सेवा पनि नभएकाले यो व्यवस्था गरिएको अधिकारीहरू बताउँछन्।

अधिकारीहरूका अनुसार अहिले नेपाल टेलिकमको सञ्जालबाट अन्य सेवाप्रदायकका सञ्जालको प्रिपेड मोबाइलबाट फोन गर्दा प्रतिमिनेट एक रुपैयाँ ५० पैसा शुल्क लाग्ने गर्छ।

पोस्टपेडका हकमा भने एक रुपैयाँ मात्र रहेको छ।

यो निर्देशिका लागु भएपछि प्रिपेडको प्रतिमिनेट एक रुपैयाँ छ पैसा र पोस्टपेडको ६६ पैसा प्रतिमिनेट शुल्क पर्ने अधिकारीहरू बताउँछन्।

एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा लागिरहेकोमा शुल्क घटेपछि चाहिँ दुई रुपैयाँ १० पैसा मात्र लाग्ने अधिकारीहरूले जानकारी दिए।

विदेशबाट कल गर्दा सस्तो पर्ने
वैदेशिक रोजगारीमा जाने नेपालीहरूले विदेशबाट नेपालमा कल गर्दा निकै महँगो पर्ने गुनासो गर्दै आएका छन्।

तर नयाँ निर्देशिका लागु भएपछि त्यसमा केही कमी आउने अधिकारीहरूको दाबी छ।

उनीहरूका अनुसार निर्देशिकामा पहिलोपटक विदेशबाट गरिने कलको अन्तरआबद्धता शुल्क पनि तोकिएको छ।

निर्देशिका अनुसार पहिलो वर्षका लागि विदेशबाट आउने कलको अधिकतम अन्तरआबद्धता दर आठ रुपैयाँ प्रतिमिनेट तोकिएको छ।

हरेक वर्ष उक्त दर घट्दै जाने उक्त निर्देशिकामा उल्लेख छ।

त्यस अनुसार आगामी आठ वर्षपछि त्यस्तो दर एक रुपैयाँ ८० पैसा मात्र हुनेछ।

पहिले प्राधिकरणले विदेशबाट आउने कलका हकमा यस्तो दर नतोक्दा सेवाप्रदायकले आफ्नो ढङ्गले शुल्क उठाएको गुनासो आएको थियो।

ूत्यस्तै गुनासो सम्बोधन गर्नका लागि हामीले यो व्यवस्था पनि निर्देशिकामा राखेका हौँ,ू अर्यालले भने।

पुस २९ गते, २०७६ - १४:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट...   
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले...   
माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई...   
खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

झापा । खानेपानीमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर...   

धितोपत्र बजारमा सुधार टिकेन

काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल...   

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमको सदरमुकाममा बढ्यो रौनक, होटेल, गेष्ट हाउस भरिभराउ

डोटी । यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा...   

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै...   

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन...   
ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति...   

यसकारण दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

सियोल । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top