Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भरतपुरमा एक सय छ वर्षीय वृद्धको मोतियाविन्दुको शल्यक्रिया

चितवन । भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थ्य । एक सय छ वर्षको उमेरमा एक साताअघि आफ्नो देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेसँगै उनमा खुशी थपिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी पुननारायण श्रेष्ठको यो उमेरमा सफल शल्यक्रिया भएपछि उनी निकै खुशी भएका छन् । रासस प्रतिनिधिले मान्छे चिन्नुहुन्छ भन्न नपाउँदै उनले भने, “तपाईंले लगाएको जकेट कालो रहेछ, पर बसेकाहरुलाई पनि देखेको छु ।” एक वर्षअघिदेखि धमिलो हुँदै गएको आँखाले पछिल्लो समय देख्न छाडेपछि उनी चिन्तित थिए।

उनलाई आँखाको शल्यक्रिया गर्न नजिकै घर भएकी भरतपुर आँखा अस्पतालमा कार्यरत छायाँ श्रेष्ठले सुझाव दिए । त्यतिमात्रै होइन, छायाँले अस्पतालका डा मारिया गौतमसँग परामर्श गरेर शल्यक्रियाको प्रबन्ध पनि मिलाइदिए । सफल शल्यक्रियापछि निकै उत्साहित हुँदै वृद्ध श्रेष्ठले आफूले जीवनमा पुनः आँखा देख्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, “उपचार गरे हुँदोरहेछ ।” उनीसँगै रहेएका जेठा छोरा नारद श्रेष्ठले डोराएर हिँड्नुपर्ने बुबा आफैँ हिँड्न थालेपछि निकै खुशी भएको बताए । अस्पतालका चिकित्सक डा गौतमले वृद्धहरुको शल्यक्रिया कठिन हुने भए पनि बिरामीले चाहेमा सफल शल्यक्रिया गर्न सकिने बताए । आफ्नो जीवनमा यति धेरै उमेरका व्यक्तिको शल्यक्रिया गरेको भने पहिलो भएको उनले बताए ।

उपचारमा उमेरले नछेक्ने भएकाले आत्मबल उच्च गरेर उपचार गर्न आउन गौतमले आग्रह गरे । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको थियो । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ बिरामीको आँखाको उपचार गरिएको हो । नौ आँखा उपचार केन्द्रमार्फत पनि अस्पतालले सेवा दिइरहेको छ । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको थियो । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ । वृद्धहरुको पनि सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको बताउँदै उनले त्यस्ता व्यक्तिको उपचारमा अस्पतालले प्राथमिकता दिएको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies