Khabar Dabali Logo
  September 25, Fri

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी गरेका छन् ।

मंगलबार ‘प्रथम माडी खिचरा महोत्सव २०७६’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले निर्वाचनका बेला माडी दुर्गम क्षेत्र रहँदैन भनेर गरेको प्रतिवद्धता क्रमशः पुरा हुँदै गएको बताए ।

उनले माडिको जनप्रतिनिधि र नेकपाको अध्यक्षको हैसियतले माडीका जनताका समस्या समाधान गर्न जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको बताएका छन् । उनले माडीको पर्यटन र कृषिको विकास गरेर अघि बढ्न सकिने धारणा राखेका थिए ।

प्रचण्डले ठोरी–केरुङ जोड्ने बाटो बन्दै गएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘माडीलाई मणी बनाउन सकिन्छ । प्रचण्डले भने, ‘मैले माडीको विकासका लागि के गरिरहेको छु भन्ने कुरा माडीका जनप्रतिनिधिहरुले देखिरहनुभएको छ ।’

सम्बोधनका क्रममा प्रचण्डले माडीलाई सुगम, सम्मृद्ध र केन्द्रसँग जोड्न आफू क्रियाशिल रहेको भन्दै राष्ट्रिय निकुञ्ज र माडीका जनताबीचको सम्बन्धमा आएको तिक्तता मेट्ने प्रयास भइरहेको बताए ।

उनले माडीका जनताको सम्मानकै लागि केही दिनअघि राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्दा नेकपाका नेता स्व. डीआर पौडेलकी धर्मपत्नी गंगा बेल्वासेलाई छानिएको भन्दै अब माडीबासीको प्रतिनिधित्व राष्ट्रियसभामा पनि हुने बताए ।

पुस २९ गते, २०७६ - १७:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top