Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

गुल्मीका विद्यार्थीलाई न्यानो टोपी वितरण

गुल्मी । प्राय : पुस(माघ महिना अत्यधिक चिसो हुने महिना हो । यो समयमा चिसोको कारण मानिसहरुको जनजीवन निकै नै कष्टकर रुपमा बित्ने गरेको देखिन्छ । त्यसैमा पनि चिसोले त झन् साना(साना विद्यार्थीहरुलाई निकै नै प्रभावित पारीरहेको हुन्छ ।

चिसोको कारण विद्यार्थीलाई विद्यालयमा जान निकै नै कष्ट हुने गरेको छ । कतिपय विद्यार्थीहरु त चिसोले गर्दा विद्यालय नै जाँदैनन् । चिसोले विद्यार्थीहरुको पढाईमा पनि निकै नै असर पारेको देखिन्छ ।

त्यही चिसोबाट विद्यार्थीहरुलाई जोगाउनको लागि गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित रहेको रेसुङ्गा माध्यमिक विद्यालयमा साना(साना विद्यार्थीहरुलाई न्यानो टोपी वितरण गरिएको छ ।

सोही विद्यालयका पुर्व विद्यार्थी तथा रुडेक नेपालका कार्यक्रम व्यवस्थापक रमेश जङ्ग कुँवरको पहलमा १ सय २८ जना विद्यार्थीलाई गुल्मी युनाइटेड युवा क्लबले एक कार्यक्रमको आयोजना गरि उक्त टोपी वितरण गरेको हो । प्ले ग्रूप देखि कक्षा ६ सम्म पढ्ने गरिव, दलित र विपन्न परिवारका विद्यार्थीलाई उक्त टोपी वितरण गरिएको कुरा गुल्मी युनाइटेड युवा क्लबका अध्यक्ष डोल बहादुर कुँवरले जानकारी दिए ।

सनराईज चिल्ड्रेन्स एसोसिएसन इन्क अस्ट्रेलिया र रुडेक नेपालको सहयोगमा न्यानो टोपी विद्यार्थीहरुलाई वितरण गरिएको हो । यसरी टाउकोमा न्यानो टोपी लगाउन पाउँदा विद्यार्थीहरु अत्यन्तै हर्षित भएर एक आपसमा खुसी साटासाट गरेका थिए ।

रेसुङ्गा नगरपालिका वडा नं।२ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय बहादुर थापाले यो संस्थाले गरेको सहयोग उल्लेखनीय रहेको बताए । उनले वडाको कार्यक्रममा पनि यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने बताउँदै भने(‘सामाजिक संघसंस्थाले गरेको यस्तो कार्यलाई वडाले स्वागत गरेको छ ।’ उनले विद्यालयलाई वडाबाट हुने कुनै पनि कुरा बाँकि नराखेको भन्दै शिक्षामा जहिले पनि कटिबद्ध भएर लाग्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यालयका गरिव, दलित तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरेकोमा सनराईज चिल्ड्रेन्स एसोसिएसन इन्क अस्ट्रेलिया र रुडेक नेपाल प्रति हार्दिक आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रमहरु विद्यालयमा लिएर आउन आग्रह गर्दै भने( ‘यो संस्थाले यस विद्यालयमा सहयोगको सुरुवात गरेको छ।’

न्यानो टोपी वितरण कार्यक्रममा समाजसेवी तथा पुर्व शिक्षक अमृतादेवी कुँवर, वडा अध्यक्ष उदय बहादुर थापा, वडा सदस्यहरु स् गंगा थापा, कृष्ण बहादुर थापा, गुल्मी युनाइटेड युवा क्लबका अध्यक्ष डोल बहादुर कुँवर, पुर्व अध्यक्ष उत्तम बहादुर कुँवर (हिमाल), सचिव सन्तोष थापा, क्लबका सल्लाहकार शिव बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies