Khabar Dabali Logo
  August 10, Mon

सबै मिलेर देउवालाई हराउनु पर्छ : शशाङ्क कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्।

उनले भने, “मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ। तर अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ।” तर देउवानिकट नेता बालकृष्ण खाँणले अहिले नेताहरूबीच आरोपप्रत्यारोप गर्ने बेला नभएको बताएका छन्।

‘देउवासँग सपना नै छैन’

झापाको विर्तामोडमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफूलगायत देउवाको विरोधमा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई हराउन सकिने बताएका हुन्।

उनले भने, “सिटौला पनि हामीसँग रहनुहुन्छ भन्ने विश्वास छ। तर उहाँ अनुभवी राजनीतिक व्यक्ति हुनुहुन्छ। हामी एक ठाउँमा आएनौँ भने उहाँलाई हराउन सकिँदैन।” पार्टी सभापति भइसकेपछि गुट त्यागेर सबैको सभापति हुनुपर्नेमा देउवाले एउटा गुटलाई मात्र समातेको महामन्त्री कोइरालाको भनाइ छ।

उनले भने, “जुन गुटलाई समातेर सभापति हुनु भयो अहिले पनि त्यही गुट मात्र समाइरहनु भएको छ। सभापति भइसकेपछि त माथि उठ्नुपर्यो नि।” देउवासँग पार्टीलाई अगाडि लैजाने सपना पनि नभएको आरोप उनले लगाए।

उनले भने, “देउवासँग न पार्टी उँभो लगाउने सपना छ न राष्ट्रका लागि।” “चार वर्षसम्म म उहाँविरुद्ध बोलिनँ। तर केही समयदेखि बोल्न थालेको हुँ।”आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने/नउठ्नेबारे निर्णय नगरेको उनले बताए।

‘आरोपप्रत्यारोपको समय होइन’

देउवानिकट मानिएका कांग्रेस नेता बालकृष्ण खाँडले अहिले पार्टीका नेताबीच आरोपप्रत्यारोपको समय नभएको बताए। उनले भने, “अहिलेको सरकारले नागरिक अधिकार सङ्कुचन गर्ने खालको संविधानको प्रतिकूल विभिन्न विधेयकहरू अगाडि बढाइरहेको छ।”

“पार्टीभित्रै एकआपसमा मतान्तर र पार्टीका नेताहरूलाई आरोपप्रत्यराोप गर्ने बेला अहिले होइन। यसले पार्टीलाई बलियो बनाउन सक्दैन।” उनले आरोपप्रत्यारोपमा संलग्न नहुन सबै नेताहरूलाई आग्रह पनि गरे। बीबीसीबाट

पुस २८ गते, २०७६ - १७:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top