Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन किन अस्वीकार गरिन् ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सभामुख चयनको कुरा नमिलेपछि आइतबारको लागि बालाईएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ । बैठक आगामी माघ ६ गतेको लागि सूचना टाँस गरि सारिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख चयनको लागि आइतबार बिहानैदेखि शीर्ष नेताहरुका बीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । तर, छलफलमा कुरा नमिलेपछि संसद बैठक स्थगित गराइएको हो ।

सभामुख दिने निश्चित भए मात्रै राजीनामा

बालुवाटार स्रोतले जनाएअनुसार आइतबार बिहानको छलफलमा सहभागि भएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पद दिने भए मात्रै राजीनामा दिने स्पष्ट बताएकी थिइन् । उनले न्यायिक रुपमा आफुँले सभामुखको पद पाउनु पर्ने दाबी गरेकी थिइन् । स्रोतले बताएअनुसार तुम्बाहाम्फेले लिखित रुपमा सभामुख पद दिने सहमति भए मात्र प्रक्रिया खुल्ला गरिदिने जनाएकी थिइन् ।

बैठकमा अध्यक्षद्वयले नै पार्टी सचिवायलयको निर्णयअनुसार राजीनामा दिएर बाटो खुला गर्न आग्रह गरेका थिए । नेकपा स्रोतले जनाएअनुसार तुम्बाहाम्फेले सभामुखमा आफुँलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहो-याउँदै राजीनामा नगर्ने स्पष्ट पारेकी थिइन् ।

पार्टी सचिवालयको निर्णयलाई नै चुनौति दिँदै अभिव्यक्ति दिन थालेपछि पार्टी शीर्ष नेताहरु बिहानैदेखि तुम्बाहाम्फेलाई फकाउन कस्सिएका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल सभामुखबारे छलफल गर्न आइतबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

त्रिपक्षीय शक्ति संघर्षमा तुम्बाहाङ्फेको दाउ

नेकपा स्रोतले जनाएअनुसार त्रिपक्षीय शक्ति संघर्ष देखिएको कारण सभामुख चयन प्रक्रिया अन्यौलमा पर्न पुगेको हो । पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनमा शक्ति संघर्ष चलिरहँदा तत्कालीन एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चाँसो देखाएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि शीतल निवासले सदासयता देखाएका कारण उनले आफ्नो दाबेदारी बलियो रुपमा प्रस्तुत गरेकाे नेकपा स्राेतले जनाएकाे छ ।

पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमाओवादी नेता अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने अडानमा छन् ।

तुम्बाहाङ्फेले सार्वजनिक मिडियामार्फत नै पटक–पटक आफुँ सभामुखका लागि योग्य भएको र स्वभाविक रुपमा सभामुखको पद आफुँले पाउनुपर्ने दाबी गरिरहेकी छिन् । नेकपा सचिवालयले शनिबार राजीनामा गराउने निर्णय गरे लगत्तै उनले सार्वजनिक मिडिया मार्फत प्रतिक्रिया दिँदै भनेकी थिइन्, ‘मैंले राजीनामा किन दिने ? सभामुखका लागि म पूर्णं योग्य छु । मलाई हटाउने हो भने प्रक्रियाबाट आउनुपर्छ ।’

नेकपा नेतृत्वसँग विकल्प के ?

पटक–पटकको पार्टी सचिवालयको निर्णयलाई नै तुम्बाहाम्फेले चुनौति दिन थालेपछि नेकपा शीर्ष तहमा नै अन्यौल सिर्जना भएको छ । सभामुख पद दिने सुनिश्चित गरे मात्रै मार्ग खोलिदिने भनेपछि नेकपा नेतृत्व अलमलमा परेको हो । शनिबार बसेको सचिवालय बैठकले पनि निसर्त उपसभामुखले राजीनामा दिएर मार्ग खोल्नुपर्ने निर्णय गरेको थियो । तर, पार्टी निर्णयलाई सिधै चुनौति दिँदै शीर्ष नेतृत्वलाई ‘जे गर्नसक्नुहुन्छ गर्नुस्’ भन्ने चुनौति दिएपछि नेतृत्व विकल्प तिर लाग्ने देखिएको छ ।

प्रक्रियागत रुपमा नेकपा नेतृत्वसँग उपसभामुखलाई नै सभामुख बनाउने निर्णय गर्दै राजीनामा दिन लगाउने विकल्प हुन्छ । यदि त्यसो नगरेको खण्डमा नेकपासँग समानुपातिक सांसदको सूचीबाट हटाउने प्रक्रिया थाल्दै महाअभियोग लगाउने प्रक्रियामा जाने विकल्प रहन्छ । तुम्बाहाम्फेले नेकपा शीर्ष नेतृत्वलाई पटक–पटक महाअभियोग लगाएर हटाउनसमेत चुनौती दिँदै आएकी छिन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies