Khabar Dabali Logo
  January 25, Sat

शिक्षामन्त्रीले नै प्रदान गरेको कम्प्युटर अलपत्र

बर्दिवास । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरेका थिए। तर, शिक्षक नभएपछि ती सामग्री कोठामा त्यत्तिकै थन्किएका प्रधानाध्यापक सूर्यदेव महतो जानकारी दिए।

“सामग्री भएर पनि हाम्रा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाएनन्”, उहाँले भन्नुभयो, “कम्प्युटर शिक्षकका लागि नगर कार्यपालिकाको कार्यालयमा हाम्रै विद्यालयका लागि विनियोजित रु पाँच लाख छ, तर नगर शिक्षा शाखाले शिक्षक पठाउने तत्परताचाहिँ देखाएन ।”

नगर शिक्षा शाखाले नगरभित्रका सबै विद्यालयमा विषय शिक्षक मिलान गर्ने तयारी गरेको जनाएको छ । नगरका ५२ वटै सामुदायिक विद्यालयमा शिक्षक÷विद्यार्थीको अनुपात र विषय मिलानका लागि गृहकार्य भइरहेको शिक्षा शाखाका निमित्त प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए।

भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय, सीतापुर, सिद्धपुरमा पनि शिक्षककै अभावमा कम्प्युटर शिक्षाको अध्यापन हुनसकेको छैन ।विद्यालयका १५ थान कम्प्युटर प्रयोगमा आउन नसकेको प्रधानाध्यापक श्रीराम यादवले बताए ।

पुस २७ गते, २०७६ - १०:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँग्रेसको आन्तरिक विवाद मिलाउन देउवा निवासमा छलफल जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी...   

फरार प्रतिवादी पक्राउ

तनहुँ । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ...   
वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

काठमाडौं । शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ ।नेपाल राष्ट्र...   
चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच...   

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

काठमाडौं । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा...   

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिदै सरकार

काठमाडौं । सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६...   

प्रहरीको खेलाँचीले सिद्धबाबा फरार

काठमाडौं । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम...   

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज...   

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top