Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अमेरिकी युद्व उन्मादले निम्त्याउन सक्छ धार्मिक युद्व

अमेरिकी युद्व उन्मादको अर्को श्रृखंला

इरानका शक्तिशाली नेता तथा कुड्स फोर्सका जनरल कमाण्डर कासिम सुलेमानीलाई अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा ड्रोन आक्रमण गरि हत्या गरेपछि त्यसको प्रतिक्रिया स्वरुप मध्यपूर्वमा अमेरिका विरोधी जनभावना भड्किएको छ । परिणाम स्वरुप अमेरिकी छायाँ ठानीएको इराकी संसदले समेत आफ्नो देशमा भएका सबै विदेशी सेनालाई फिर्ता पठाउने प्रस्ताव पारित गर्न बाध्य भयो । मध्यपूर्वमा खासगरि मुश्लिम समुदाय अमेरिकी ज्यादतिको विरुद्धमा भड्किदो छ । हुनसक्छ यो जनआक्रोश अमेरिकाका लागि ज्यादै महङ्गो पर्न सक्छ ।

घटनाहरु निकै नाटकीय ढंगले अगाडि बढिरहेका छन् । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मुल्य तोक्नु, अमेरिकी सेनालाई आतंककारी र आततायी शक्तिका रुपमा घोषणा गरी संसदबाट अनुमोदन गराउनु सम्भावित तेस्रो विश्वयुद्वको संकेत हुनसक्छ । त्यति मात्र हैन अमेरिकाले इरानका ५२ ठाउँमा आक्रमण गर्ने डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा यदि इरानमाथि हमला भए अमेरिकाभित्रै पसेर अमेरिकालाई खरानी बनाई दिने चेतावनी मात्र दिएनन् अमेरिकाका सहयोगी इजरायल र दुवैमा बमवाडी गर्ने धम्की पनि दिए ।

इरानले मध्यपूर्वबाट अमेरिकी प्रभावलाई नामेट पार्ने प्रयत्न गर्दैछ । त्यतिमात्र हैन, इरानले आफ्ना शैन्य कमाण्डर कुड्स फोर्सका जनरल कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीको सँगसँगै इराकस्थित अमेरिकी शैन्य क्याम्पमाथि करिब दुई दर्जन मिसाइल आक्रमण गरेको छ । इराकस्थित अमेरिकी शैन्य अखडामा मिसाइल आक्रमण पछि इरानका सर्वौच्च नेता आयतुल्लाह अली खमानीले भने–“अमेरीकाको गालामै थप्पड हान्न सफल भएका छौं ।”

अमेरिकी शैलीले मुश्लिम राष्ट्रहरु एक हुनसक्ने

अहिलेसम्म मध्यपूर्वमा इराक अमेरिकाको मित्र शक्ति थियो । तर, सुलेमानीको हत्यासँगै इराक पनि अमेरिकाको उन्मादबाट आजीत भई अमेरिकी सेनालाई नै फिर्ता पठाउने निर्णय गर्न बाध्य भयो । अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इराकलाई पनि नाकाबन्दी लगाउने र इराकको हवाई अड्डामा अमेरिकाको अरबौं लगानी नउठेसम्म फिर्ता नजाने घोषणा गरेका छन् । अमेरिकाको मित्र राष्ट्र ठानीएका साउदी अरब र दुवै पनि रक्षात्मक अवस्थामा पुगेका छन् । र दुवैपक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । उता कतारले त केही समय अघी मात्र अमेरिकी नाकाबन्दीको पीडा भोगेकै थियो । यो घटनाले मुश्लिम राष्ट्रहरु एक हुनुपर्ने सन्देश अप्रत्याशित रुपमा विकास हुँदैछ ।

मुश्लिमहरुलाई फुटाउने–लडाउने, एकका विरुद्ध अर्कालाई प्रयोग गर्ने र अन्त्यमा सबैलाई सिध्याउने अमेरिकी रणनीति ति अब खुल्ला आकाशको सूर्य जस्तै छर्लङ्गै भएको छ । सद्दाम हुसेन हुन् या बिन लादेन, तालिवान हुन या आईएस सबै अमेरिकाले आफैं जन्माउने, पालनपोषण गर्ने र स्वार्थ नमिलेमा आतंककारीको विल्ला लगाउँदै क्रुर र निर्मम ढंगले सिध्याउने काम गर्दै आएको छ । अमेरिकी रवैया र अत्याचारको शिकार मुख्य रुपमा मुश्लिम समुदाय भएको छ । वास्तवमै अमेरिकाले विश्वभरका मुश्लिम समुदायमाथि भयाभह ज्यादति गरेको छ । यसबाट विस्तारै मुश्लिम राष्ट्रहरु झस्किँदै गएका छन् । इरानमा भएको सुलेमानी हत्या प्रकरण पछि मलेशियाका प्रधानमन्त्रीले मुश्लिमहरु एक हुनुपर्ने धारणा राखेको समाचार आएको छ । उता पाकिस्तान अमेरिका र इरानबीचको संघर्षमा आफुँ कसैको पक्षमा नरहेको धारणा सार्वजनिक गरेको छ ।

मुश्लिमसमुदायमा अमेरिका विरोधी लहर

अमेरिका आक्रमणको पछिल्लो निशानामा परेका छन् कासिम सुलेमानी । उनको प्रयत्न पनि मध्यपूर्वमा अमेरिकी विरोधी जनमत बनाउने र उसलाई कमजोर बनाउने थियो । मध्यपूर्वबाट विस्तारै अमेरिका विरोधी जनमत बढ्दै गएको तथ्य पछिल्लो इराकी संसदको निर्णयबाट पनि प्रष्ट हुन्छ । हुनसक्छ यो भावनाले विस्तारै साउदी र कुवेतलाई पनि छुन्छ । जब अमेरीका विरोधी जनआक्रोश बढ्दै जान्छ, तब अमेरीकी सेना एक्लै जतिसुकै शक्तिशाली भएपनि त्यहाँ टिक्न सक्ने अवस्था रहँदैन् । उता अफगानीस्तान पनि अमेरिकासँग आजीत बनेको सहजै बुझ्न सकिन्छ र त्यसको प्रतिक्रिया स्वरुप अमेरिकाले पूनः तालिवान समुहसँग वार्ताको नौटंकी गरिरहेको छ । यसरी एकपछि अर्को गरि मुश्लिम राष्ट्रहरु अमेरिका विरोधी मोर्चामा एकताबद्ध हुने सम्भावना प्रबल छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफुँविरुद्ध आएको अविश्वास प्रस्तावलाई छल्नका लागि सुलेमानमाथि हमला गरेको समाचार पनि फैलिएको छ । अर्को विषय यसअघि पनि अमेरिकामा कुनै राष्ट्रपतिमाथि संसदमा अविश्वास प्रस्ताव दर्ता हुनासाथ त्यसलाई विषयान्तर गर्नका लागि कुनै देशमा शैन्य आक्रमण वा हवाई हमलाको साहारा लिइन्थ्यो । त्यसकारण प्रश्न भयावह छ, अमेरीकी संसद र राष्ट्रपतिको अन्र्तविरोधको शिकार अरु कुनै देश भईदिनु पर्ने आखिर यो नियति र दुर्दशा कहिलेसम्म ?

अमेरिकाको प्रतिरोध गर्ने सबै आतंकवादी

आजसम्मको सम्पूर्ण इतिहासले बोल्छ जुन शक्ति राष्ट्र वा सरकारले अमेरिकाको विरोध गर्छ त्यो आतंककारी शक्तिका रुपमा घोषित हुन्छ । र बहुराष्ट्रिय सेनाको आक्रमणको निशाना बन्छ । हिजो इराक त्यस्तौ भयो । अफगानिस्तान, सिरिया हुँदै अहिले इरानसम्म यो चक्र चलीरहेको छ र आजसम्म अमेरिका सफल पनि भएको छ । तर पछिल्लो समय इरान खतरनाक रुपमा उभिँदै छ र हुनसक्छ इरानले मुध्यपूर्वबाट अमेरिकालाई खेद्नेछ । त्यसको प्रत्यक्ष मारमा इजरायल पर्नेछ । उता दुवै र साउदी अरब अनि कुेत विस्तारै इरान तर्फ वा मुश्लिम एकतातर्फ अग्रसर हुनेछन् । वास्तवमा यो आततायी व्यवहार थियो कि अमेरिकी अत्याचारको विरोध गर्नासाथ आतंककारी हुने !

हुन पनि शुरुमा अमेरिका आफैंले जन्माउने, हुर्काउने अनि स्वार्थ बाझीना साथ आतंककारी नाइके भन्दै सफाया गर्ने । आफ्नो भूमिमा विदेशी आक्रमण, आफ्नो आकाशमा विदेशी युद्वक विमान अनि आफ्नै घर र शहरमाथि उनीहरुको बमबारी । आफ्नै आफन्त र समुदायको हत्या । आफ्नै शहरहरु खरानी । कसले सहन सक्छ र ! यो हृदयबिदारक दृश्य हुँदा हुँदा एउटा सार्वभौम राष्ट्रको सरकार वा सेनालाई नै आतंककारी घोषणा गर्ने ? आज इरानले पनि अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको छर जस्ताको तस्तै जवाफ फर्काएको छ ।

मुश्लिम एकताले धार्मिक युद्व निम्त्याउन सक्छ

हामीलाई डर लाग्छ, यदि धार्मिक युद्व भयो भने विश्वमा फेरि अर्को भयावह अवस्था उत्पन्न हुनेछ । मुख्य लडाई क्रिश्चियन वा इसाई र मुसलवानका बीच हुनेछ तर त्यसको प्रभाव सबै धर्म, जाती र सम्प्रदायमाथि पर्नेछ । अतः त्यस्तो विषम परिस्थिति निम्त्याउने तर्फ नजानु सबैको बुद्धिमानी हुनेछ । यदि साँच्चिकै मुश्लिम राष्ट्रहरु एक भए भने अमेरिका खरानीमा परिणत हुनेछ । आज एकातर्फ अमेरिकी उन्माद छ भने उसलाई समर्थन गर्ने समुह खुम्चीदै र रक्षात्मक बन्दैछ । बेलायत र इजरायलले मात्र अमेरिकी आक्रमणको समर्थन गरेका छन् ।

संयुक्त राष्ट्र संघको भूमिका शुन्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा अमेरिकी सेनाद्वारा इराकमा रहेका शैन्य क्याम्पमाथिका छेप्यास्त्र प्रहारको विषयमा संयुक्त राष्ट्र संघका महासचिवले मात्र यति भने – अर्को खाडी युद्ध विश्वले धान्न सक्दैन । न त संयुक्त राष्ट्र संघले अमेरिकी हमलाको विरोध गर्न सक्यो न त इरानी प्रतिक्रियाको नै । सारमा संयुक्त राष्ट्र संघ केवल अमेरिकाको छाँया संगठन मात्र बनेको छ ।

रुस र चीनको विरोध

इराकमा इरानी शैन्य जनरल कासिल सुलेमानीको अमेरिकी सेनाद्वारा प्रहार गरिएको ड्रोन हमलाबाट भएको मृत्युको घटनापछि इरान र अमेरिका बीचको तनाब पछि रुस र चीनले मुख खोलेका छन् । उनीहरुको भनाईमा यो आक्रमण अन्तराष्ट्रिय मुल्यमान्यता र कानून विपरित भन्ने आएको छ । रुस र चीनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

सुलेमानीको अन्त्येष्टीमा उर्लेको मानव महासागरले अमेरिकी आरोपको खारेज

अमेरिकाले कुने पनि शक्तिलाई सिध्याउनु छ भने आतंकवादीको आरोप लगाए पुग्छ । सुलेमानीलाई पनि त्यहि आरोपमा हत्या गरियो त्यो पनि इराकी भूमिमा ड्रोन हमला गरि । वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो आरोप केवल शैन्य उन्माद मात्र थियो । उता अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघलाई जानकारी गराउँदै आत्मरक्षाको लागि सुलेमानीको हत्या गरिएको भनेको छ भने इरानले पनि आत्मरक्षाका लागि अमेरिकी शैन्य क्याम्पमा छेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।

इरानका सर्वोच्च नेताले सुलेमानीको अन्त्यष्टीमा उपस्थित मानव सागरलाई लक्षित गर्दै भनेका थिए – अमेरिकी राष्ट्रपति ट्रम्पले यति मानवसागर सपनामा पनि देख्ने छैनन् । वास्तवमै मध्यपूर्वमा अमेरिकी आक्रमण तिरस्कृत बनेको छ । आम मानव सागर अमेरिकी ज्यादतिको प्रतिरोधमा उत्रेको छ र सुलेमानीमाथि सम्मान र श्रद्धा व्यक्त गरेको छ । यसबाट अमेरिकाको आरोप खारेज भएको छ ।

अमेरिकाकै कारण पूँजीवाद चरम संकटमा

कतिपय विश्लेषकहरुले भन्न लागेका छन् कि वास्तवमै अमेरिकी गलत नीति र रवैयाका कारण विश्वमा पूँजीवाद संकटमा फस्दै गएको छ । न त अमेरिकाले अन्तराष्ट्रिय नियम, कानूनलाई पालना गर्दछ, न त संयुक्त राष्ट्र संघलाई स्वतन्त्र, निष्पक्ष र शक्तिशाली बनाउन चाहन्छ । नत अमेरिकाले अरु देशको सार्वभौमिकतालाई स्वीकार गर्छ न त लोकतन्त्र र मानवअधिरकारको सम्मान गर्छ ।

भेनेजुयलामा निर्वाचित र वैधानिक सरकारका विरुद्व त्यहाँ विरोधी पार्टीलाई उस्काएको छ । भर्खरै इराकको भूमिमा नाङ्गो ढंगले इरानी शैन्य जनरलको हत्या गरेको छ । सिरियामा त्यहाँको सरकारका विरुद्ध विद्रोहीहरुलाई सहयोग गरिरहेको छ । इराक, अफगानिस्तान लगायतका देशहरुमा उसको युद्ध र आक्रमण देखिएकै हो । जहाँ अमेरिकाले हस्तक्षेप गरेको छ, त्यहाँ गृहयुद्ध र अशान्ति मात्र छाएको छ । अमेरिकाको साम्राज्य र प्रभुत्वलाई जबरजस्त समर्थन गर्ने राष्ट्रमा बेलायत, क्यानडा तथा युरोपियन युनियनका देशहरु छन् । पछिल्लो समय युरोपियन युनियनभित्र विस्तारै अमेरिका विरोधी भावनाको विकास हुँदै गएको छ । एकातर्फ अमेरिकी नीति साम्राज्यवादी, युद्धवादी र हस्तक्षेपकारी छ भने अर्कोतिर डोनाल्ड ट्रम्पजस्ता अतिवादी अनि असन्तुलित व्यक्ति राष्ट्रपति बन्ने लहर चलेको छ ।

अमेरिकालाई प्रतिरोध गर्ने शक्तिहरुको विकास

पछिल्लो समय अमेरिकासँग प्रतिरोध गर्ने वा टक्कर दिने राष्ट्र र शक्तिहरको विकास हुँदैछ । उत्तर कोरिया एउटा राम्रो उदाहरण बनेको छ । सबैलाई थाह छ, अमेरिका सुपर पावर हुनुको पछाडि मूलतः शैन्यशक्ति वा हतियारहरुमा भएको विकास हो । अलिकति रिस उठ्यो कि हवाई हमला गरि पुरै देशै ध्वस्त बनाउने र दलाल सत्ता निर्माण गर्ने रणनीतिले पुरै विश्वलाई आक्रान्त पारेकै छ । उत्तर कोरियाले विकास गरेको छेप्यास्त्र परीक्षण र उच्च शैन्य क्षमताका कारण अमेरिका वार्ता गर्न विवश बनेको छ । उता मध्यपूर्वमा इरान त्यस्तै उदाउँदो शक्तिका रुपमा विकसित हुँदैछ । युद्ध भएमा अमेरिका पनि आक्रमणको निशाना वा रणभूमिमा परिणत हुन्छ भन्ने कुरामा कुनै विवाद छैन । अब विस्तारै अमेरिकी हस्तक्षेपहरुलाई अस्विकार गर्ने वा आक्रमण भएमा पनि प्रत्याक्रमण गर्न सक्ने राष्ट्रहरु बनीसकेका छन् । त्यसकारण अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गर्न आवश्यक छ ।

साम्राज्यवादी र युद्ववादी नीति नत्यागे अमेरिका खरानी हुन्छ

अमेरिकी हस्तक्षेप, आक्रमण र हमलाबाट धेरै विश्व प्रताडीत बनेको छ । दोश्रो विश्वयुद्ध देखिको अमेरिकाप्रतिको आक्रोश र प्रतिशोध कायमै छ । पछिल्लो समय खासगरी कम्युनिष्ट र मुश्लिम समुदायप्रतिको उसको ज्यादति राक्षसी प्रवृत्तिको छ । कम्युनिष्टको त नाम नै सुन्न नहुने उसको प्रवृत्ति घातक छ । मन नपर्नासाथ हत्या, आक्रमण वा हवाई हमलामा जाने उसको रणनीतिलाई आजको मानव जातीले स्वीकार्न सक्दैन । अतः उसले जतिपनि युद्व, हत्या र हमलाको अभ्यास गरेको छ, त्यही निरन्तरतामा अगाडि बढे अब उ खरानी हुनेछ ।

अहिलेसम्म आर्थिक वा व्यापारिक दृष्टिकोणले चीन र रसीयाले शशक्त प्रतिकार नगरे पनि उत्तरकोरिया, इरानजस्ता देशहरु अगाडि बढि सकेका छन् । यदि साँच्चै विश्वयुद्व नै हुने स्थिति आएमा चीन र रसीया पनि आक्रामक मोचाृमा आउन बाध्य हुन्छन् । शायद त्यस्तो कहाली लाग्दो अवस्थाबाट मुक्ति पाउन अमेरिकाले आफ्नो युद्व उन्मादलाई त्याग्दै साम्राज्यवादी नीतिलाई अन्त्य गर्नु जरुरी छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies