Khabar Dabali Logo
  January 22, Wed

अश्लील चलचित्रको लतमा परेका छन् किशोरकिशोरी र महिला पनि यस्ताे छ साराको वास्तविक कथा

एजेन्सी । अश्लील चलचित्रले महिला मतिस्कमा गर्ने असरहरूका बारेमा निकै कम अध्ययन भएका छन् ।

‘म १२ वर्षकी थिएँ जतिबेला मैले समूहगत यौन सम्पर्क देखाइएको अश्लील चलचित्र हेरेँ,’ २४ वर्षीया नीलम टेलर भन्छिन्।

त्यो उमेरमा पोर्न अर्थात् अश्लील चलचित्र हेर्ने उनी मात्रै होइनन्।

सन् २०१६ मा ब्रिटेनमा गरिएको एक अध्ययनका अनुसार ११ देखि १६ वर्ष उमेरका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामग्री हेरेका हुन्छन्।

यद्यपि अश्लील चलचित्रले युवा अवस्थाका महिलाहरूमा गर्ने असरबारे खासै वैज्ञानिक अध्ययनहरू भएका छैनन्।

नीलमको लागि भने अश्लील चलचित्रको लत यौनसम्बन्धी सामान्य जिज्ञासाबाट सुरु भएको थियो।

नीलमको कथा

नीलम टेलर

नीलम टेलरले बाल्यकालदेखि अश्लील चलचित्र हेर्न थालिन् । ‘म तर्सेकी थिएँ। बाल्यकालमा प्रेमसम्बन्धी चलचित्रबाट एक्कै चोटि अश्लील चलचित्रमा पुग्दा…’ उनी भन्छिन्।

नीलमले ११ देखि १६ वर्षको उमेरसम्म प्रत्येक दिनजसो अश्लील चलचित्र हेरिन्।

उनका भित्ताभरि पोस्टर, भुइँभरि किताब र अभ्यासपुस्तिका छरिएका आफ्नो शयनकक्षमा जान्थिन् र ढोका बन्द गरेर ‘१० मिनेटदेखि एक घण्टाु अश्लील वेबसाइटहरूमा बिताउँथिन्।

आफ्ना आमाबुवाले यसबारे थाहा पाएनन् भन्ने उनलाई लाग्छ।

सुरुमा उनी तर्सिए पनि त्यो कुरा छिट्टै सामान्य भयो। ‘मेरो विचारमा अश्लील सामग्रीले हामीलाई असंवेदनशील बनाउँछ। म त्यो अवस्थामा पुगेँ जुन बेला मलाई हिंसक यौन गतिविधि पनि सामान्य लाग्न थाल्यो।’

‘मैले जे देखेँ त्यसबाट अझ जान्ने इच्छा भयो। अरू चलचित्र हेर्दा पनि म यौन धेरै भएको हेर्न थालेँ। थाहा छैन त्यसको कारण मभित्र भएको यौन इच्छा थियो वा उमेरको कौतूहल थियो।’

नीलमको लत बढ्दै जाँदा उनलाई मन पर्ने अश्लील चलचित्रको प्रकार पनि थाहा हुन थाल्यो।

‘म त्यस्तो चलचित्र खोज्न थालेँ जसमा महिलाहरू डर वा धम्कीका कारण यौन कार्यमा संलग्न भएको देखाइन्थ्यो।’

‘अर्थात् म युवा महिला र परिपक्व पुरुषको चलचित्र खोज्थेँ। तेह्र वर्षको उमेरमा मेरो यौन इच्छा त्यस्तो थियो भन्ने मलाई लाग्दैन। तर यो पक्कै मैले हेर्ने चलचित्रको प्रभाव थियो।’

साराको कथा

अश्लील सामग्री


सारा २५ वर्षकी भइन् र उनको पनि उस्तै अनुभव छ।

‘मैले १३ वा १४ वर्षको उमेरमा अश्लील चलचित्र हेर्न थालेँ। म कम्तीमा हप्ताको दुई पटक हेर्थेँ र हेर्दा कुनै आवश्यकता पूरा भएको जस्तो लाग्थ्यो।’

‘कति छिटो म असंवेदनशील भएँ भनेर म सम्झन्छु। किनभने म १० जना पुरुष र एक महिलाबीच भएको यौन हेर्थेँ जसमा महिलालाई पिटिएको हुन्थ्यो वा अन्य प्रकारले हिंसा गरिएको हुन्थ्यो।’

‘यो सबै मैले आफूले यौन सम्पर्क राख्नु भन्दा पहिल्यै हेरिसकेकी थिएँ।’

‘म अझै अश्लील चलचित्र हेर्छु र यसको असर भनेको म सामान्य रूपमा यौनको मज्जा लिन सक्दिनँ,’ सारा भन्छिन्।

अश्लील चलचित्र र मस्तिष्क

अश्लील सामग्री

पत्रपत्रिका र वैज्ञानिकहरूले पुरुष र अश्लील चलचित्रको अत्यधिक प्रयोगबारे धेरै लेखेका छन्।

सन् २०१६ मा बीबीसीलाई ब्रिटिश यौनमनोवैज्ञानिक एन्जेला ग्रेगोरीले भनेकी थिइन् कि सजिलै प्राप्त भइरहेको अश्लील चलचित्रका कारण पुरुषमा यौन उत्तेजना नहुने रोग बढेको छ‍।

एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएकोमा देखाएको थियो। अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएको देखिएको छ।ब्रिटेनमा यौन दुर्व्यसनको उपचारमा कार्यरत डा. ठाडेउस बिर्चार्डका अनुसार अश्लील चलचित्रमा पुरुष धेरै आकर्षित हुनुको कारण मानव मस्तिष्क पनि हो।
उनी भन्छन्, ‘महिलाहरूमा यौन उत्तेजना हुँदा मस्तिष्कमा अक्सिटोसिन निस्कन्छ जुन मानव सम्बन्ध विस्तारको रसायन हो।’

‘पुरुषहरूमा भने भासोप्रेसिन निस्कन्छ जुन कुनै कुरामा एकाग्र हुन सघाउने रसायन हो।’

‘यही कारणले गर्दा पुरुषहरू इन्टरनेटमा घण्टौँसम्म बाह्य संसार बिर्सेर एकाग्र भई बस्न सक्छन,’ बिर्चार्ड भन्छन्।

उनका अनुसार धेरै महिलाहरू शरीरका अङ्गमा रुचि नराख्ने भएका कारण पुरुषहरूको अश्लील चलचित्रप्रति बढी झुकाव देखिएको हो।

अश्लील चलचित्रको महिलामा असर

Woman watching porn on a smartphone

शारीरिक असर देखिन थालेपछि नीलमले १६ वर्षमा अश्लील चलचित्र हेर्न छोडिन्।

‘मेरो पहिलो प्रेमीसँगको सम्बन्धपछि मैले थाहा पाएँ कि मलाई सामान्य यौन क्रियाकलापले उत्तेजित पार्नै सक्दैन,’ नीलम भन्छिन्।

‘मलाई लाग्छ अश्लील चलचित्र पूर्ण अप्राकृतिक हुन्छ, र कुनै पनि साथीले त्यसरी यौन सम्पर्क गर्नै सक्दैनन्।’

‘मैले अश्लील चलचित्रमा देखेको र साँच्चिकै यौन सम्पर्क राख्दा देखेको शारीरिक भिन्नताले मलाई अत्यायो र मैले सोचेँ समान्य रूपमा यौन सम्पर्क राख्नका लागि पहिले शौचालयमा गएर अश्लील चलचित्र हेरेर आउनुपर्छ ?

त्यसपछि नीलमले अश्लील चलचित्र हेर्न बन्द गरिन्।

‘मलाई लत लागेको थियो जस्तो मलाई लाग्दैन। किनभने त्यसपछि मैले कहिले हेरिनँ।’

इरिकाको कथा

image composition - Erica Garza, pixelated play and pause symbols, purple and bright pink background

इरिका गार्जा
अमेरिकी लेखिका ३६ वर्षीया इरिका गार्जाले १२ वर्षको उमेरमा राति टीभीमा केही अश्लीलता भएको चलचित्र हेर्न सुरु गरिन्।

यो सन् १९९४ को कुरा हो जतिबेला इन्टरनेट भर्खरै विकसित हुँदै थियो।

‘मलाई मेरुदण्ड बाङ्गिने समस्या आयो अनि विद्यालयमा जाँदा विशेष प्रकारको लुगा लगाउन थालेँ जसले गर्दा त्यहाँ म आफूलाई भिन्न र एक्लो महसुस गर्थे,’ उनी भन्छिन्।

एक्लोपनबाट बच्ने र खुसी हुने प्रयासमा म अश्लील चलचित्रहरू हेरेर हस्तमैथुन गर्थेँ।’

इरिकाले दैनिक अश्लील चलचित्र हेरिनन्, तर ती सामग्रीले उनको जीवन र सम्बन्धमा असर गर्‍यो।

‘अश्लील चलचित्र मेरो लागि दिक्दारी वा चिन्ताको बेलाको साथी भयो। तर त्यसले मलाई अरू क्रियाकलापमा सहभागी हुनबाट रोक्यो। यसले गर्दा म झन् एक्लो महसुस गर्न थालेँ र मलाई मभित्र नै केही समस्या छ किन भन्ने लाग्न थाल्यो।’

सन् २०१४ मा उनले सलोन पत्रिकामा आफूले यौन दुर्व्यसनबाट मुक्तिका लागि सहयोग खोज्ने निर्णय गरेकोबारे एउटा लेख लेखिन्।

उनले लेखिन्, ‘सामान्यतया समूहगत यौन सम्पर्क रमाइलो लाग्थ्यो, तर सधैँ होइन।’

पुस २६ गते, २०७६ - ०९:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट...   
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले...   
माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई...   
खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

झापा । खानेपानीमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर...   

धितोपत्र बजारमा सुधार टिकेन

काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल...   

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमको सदरमुकाममा बढ्यो रौनक, होटेल, गेष्ट हाउस भरिभराउ

डोटी । यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा...   

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै...   

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन...   
ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति

एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति...   

यसकारण दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

सियोल । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top