Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तस्विरमा हेर्नुहोस –अमेरिकाले हमला गर्ने इरानका सम्भावित सांस्कृतिक सम्पदास्थलहरू

इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको तर्फबाट हुने जवाफी हमलाको बदलामा इरानका सांस्कृतिक सम्पदास्थलहरूमा समेत आक्रमण गरिने चेतावनी दिएका छन्।

इरानमा ऐतिहासिक महत्वका सयौँ त्यस्ता स्थानहरू रहेका छन्। तीमध्ये २० वटाभन्दा बढी त यूनेस्कोको विश्वसम्पदास्थलका रूपमा पनि सूचीकृत छन्। हेरौँ इरानका केही अति महत्त्वपूर्ण स्थलका केही तस्बिरहरू:

\"नक्श-ए

संसारमै सबैभन्दा विशाल सहरी चोकमध्येको एक, नक्श-ए जहान चोक, इरानको इस्फाहान शहरमा छ। त्यो इसाको १७औँ शताब्दीमा निर्माण भएको थियो।

\"इस्फहानस्थित

नक्श-ए जहान चोकमा इमाम मस्जिद अवस्थित छ (१९७९ को क्रान्तिपछि पुन: नामकरण गरिएको)। त्यसलाई थरीथरीका रङ्गीविरङ्गी टाएलले सिँगारिएको छ र यूनेस्को विश्वसम्पदाका रूपमा पनि त्यो अभिलेखीकृत छ।

\"तेहरानस्थित

गोलेस्तान दरबार विभिन्न शाही भवनहरूको विशाल सञ्जाल हो। तेहरानस्थित यो दरबारपनि भव्य रूपमा सिँगारिएको छ। यो परिसर इसाको १९औँ शताब्दीमा तत्कालीन कजार राजवंशको औपचारिक निवासस्थान थियो।

\"तेहरानस्थित
\"अपादान

पर्सेपोलिस प्राचीन आकिमनिड साम्राज्यको राजधानी थियो र त्यो इसापूर्व ५१५ मा निर्माण गरिएको थियो। उक्त स्थानलाई सन् १९७९ मा यूनेस्कोले विश्वसम्पदास्थल घोषित गरेको थियो।

\"बेहिस्तुनस्थित

इसापूर्व ५०० तिरका आकिमनिड साम्राज्यका डराइअस महानलाई देखाउने, बेहिस्तुन शिलापत्र विभिन्न भाषाहरूमा लेखिएको एउटा विशाल शिलालेख हो। मेसोपोटामिया अनि पर्सियामा प्रचलित एउटा प्राचीन तथा दुरूह लिपि-क्यूनिफोम लिपि पढ्न र अर्थ लगाउनका लागि त्यो शिलापत्रको महत्त्व ठूलो रहेको थियो।

\"बाम

संसारमै माटो र माटोजन्य पदार्थबाट निर्मित सबैभन्दा ठूलो भवनमध्येको एक, प्राचीन अर्ग-ए बाम भवन रेशम मार्गको पूर्व-पश्चिम व्यापारिक मार्गमा अवस्थित थियो। सन् २००३ मा गएको भूकम्पमा ठूलो क्षति पुगेको उक्त स्थानको हाल पुनर्निर्माण भैरहेको छ।

\"तेहरानस्थित

आजादी (स्वतन्त्रता) टावर इरानको मध्य भागमा अवस्थित छ र त्यसलाई इरानका अन्तिम शाह, मोहम्मद रजा पहलबीले शाही इरान राज्यको स्थापना भएको २,५०० औँ वर्षगाँठ मनाउनका लागि निर्माण गर्न लगाएका थिए।

उक्त टावरलाई सन् १९७९ को क्रान्तिपछि पुन: नामकरण गरिएको थियो। उक्त क्रान्तिले इरानमा राजतन्त्रको अन्त्य गरेको थियो। हाल उक्त स्थानमा सो इस्लामिक गणतन्त्रका समारोहहरू मनाउन विभिन्न भेलाहरू हुने गर्छन्।

\"आयातोल्लाह

रुहोल्लाह खोमेइनीको समाधीस्थलमा इरानी इस्लामिक गणतन्त्रका संस्थापक-आयातोल्लाह रुहोल्लाह खोमेइनी र उनको परिवारजन तथा अन्य गण्यमान्य राजनीतिक व्यक्तित्वहरूका चिहानहरू रहेका छन्। आधुनिक इरानमा त्यो एक महत्त्वपूर्ण तीर्थस्थल जस्तै बन्न पुगेको छ।

\"आयातोल्लाह
\"रुहोल्लाह

सबै तस्बिरहरूको प्रतिलिपि अधिकार उल्लेख भएबमोजिम नै सुरक्षित रहेको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies