Khabar Dabali Logo
  March 29, Sun

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने, राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न महानिरीक्षक खनालको आग्रह

काठमाडौं । दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन । नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् (युएई)मा आयोजना गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उहाँले बताउनुभयो । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरे । अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित थियो ।

पुस २२ गते, २०७६ - १२:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

सिरहा । कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने...   

भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, लकडाउनको व्यापक उलङ्घन

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उलङ्घन भएको छ । विशेषगरी...   
खोटाङबाट पाँच महिनाकि गर्भवती महिलालाई हवाई उद्धार गरी काठमाडौँ ल्याइयो

खोटाङबाट पाँच महिनाकि गर्भवती महिलालाई हवाई उद्धार गरी काठमाडौँ ल्याइयो

खोटाङ । खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको...   

दक्षिणकाली नाका हुँदै उपत्यकाबाट बाहिरिनेकाे संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक १५०...   

श्रीलङ्कामा कफ्र्यु उल्लंघन गर्ने हजारौ पक्राउ

श्रीलङ्का । श्रीलङ्का श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु...   

गड्डाचौकीबाट भित्रिए १८ सय यात्रु

कञ्चनपुर । लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका...   

अध्यक्ष प्रचण्डको सन्देश : उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रण्डले नेपाल सरकार र आमजनताले...   
कोरोनाबाट ज्यान गुमाएकासँग परिवारलाई भेट्न प्रतिबन्ध, शव अस्पतालको गाउनमै गुपचुप गाडिदै

कोरोनाबाट ज्यान गुमाएकासँग परिवारलाई भेट्न प्रतिबन्ध, शव अस्पतालको गाउनमै गुपचुप गाडिदै

एजेन्सी । इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले...   

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

एजेन्सी । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका...   

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चीन उड्यो

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top