Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

के–के हुँदैछ २०२० मा ? कुन–कुन कुराले बदल्दैछ विश्वको तस्बिर ?

काठमाडौं । २०२० को सुरुवातीसँगै विश्वमा नयाँ–नयाँ घटनाहरु देखिन थालेका छन् । सेक्टेम्बरदेखि लागेको आगोले अष्ट्रेलियामा ठूलो संकट निम्त्याएको छ । पछिल्लो समाचार बनाइरहँदा पनि अष्ट्रेलियामा लागेको आगो नियन्त्रण बाहिर छ । ५० करोडभन्दा बढि पशुपंक्षी र दर्जनौं संख्यामा मानिसहरुको आगोमा परि जलेका छन् ।

यता अमेरिकाले इरानी सेनाका प्रमुख कासिम सुलेमानीको हत्या गरेसँगै विश्व नै तेस्रो विश्वयुद्ध तर्फ जान लागेको त होइन भन्ने भय फैलिएको छ । छिमेकी मुलुक भारतमा नागरिकता विधेयक लागु भएसँगै सुरु भएको आन्दोलन रोकिएको छैन् ।

आज हामी तपाईंलाई नयाँ वर्ष २०२० विश्वमा के–कस्ता घटनाहरु हुँदैछन् र त्यसले विश्वको तस्बिरलाई कसरी परिवर्तन गर्दैछ भन्ने बारे बताउनेछौं । जानौं नयाँ वर्षसँगै विश्वमा के–कस्ता घटनाहरु हुँदैछन् ।

अमेरिकामा राष्ट्रपतीय चुनाव

डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति हुन्छन् कि हुँदैनन्, यसको फैसला २०२० भित्रै हुनेछ । २०१९ मा ट्रम्पले महाभियोगको सामना गरे । नयाँ वर्षसँगै उनिलाई सत्ता सञ्चालनमा कति सहज या असहज हुन्छ त्यो त देंखिदै जाला तथापि २०२० नोभेम्बर ३ मा हुने राष्ट्रपतिय चुनावले भने ट्रम्पको भविष्यको फैसला गर्नेछ ।

\"डोनाल्ड

हङकङमा लोकतन्त्र प्राप्तीको आन्दोलन

हङकङमा चीनको विरुद्ध लोकतन्त्र समर्थकले २०१९ को वर्ष भरि नै आन्दोलन गरिरहे । नयाँ वर्षको पहिलो दिन पनि प्रदर्शनकारीले ठूलो ¥याली निकालेका थिए । २०२० मा आन्दोलनको स्वरुप र सरकारको दमन कस्तो खालको हुन्छ त्यो आकंलन मात्रै हुनसक्छ तथापि आन्दोलन आक्रामक रुपले नै अगाडि बढ्न सक्ने सम्भावना छ । यसको साथै २०२० भित्रै हङकङमा स्थानीय चुनाव पनि हुँदैछ ।

भारतको बिहार र दिल्लीमा विधानसभा चुनाव

भारतमा राजनीतिक गर्मागर्मीको सुरुवात वर्षको सुरुवातसँगै हुनेछ । देशको राजधानी दिल्लीमा आगामी फरबरीमा विधानसभा चुनाव हुँदैछ । पछिल्लो चुनावमा दिल्लीवासीले दिल खोलेरै केजरीवाललाई जिताएका थिए । पाँच वर्षपछि पनि दिल्लीवासीले केजरीवालाई नै समर्थन गर्छन् या भोट परिवर्तन गर्छन् त्यो भने हेर्न बाँकी छ ।

\"nitish

यसको साथै अक्टोबर २०२० मा बिहारमा विधानसभा चुनाव हुँदैछ । २४३ विधायकको लागि हुने विधानसभामा नितिश नै सत्तामा रहिरहन्छन् या लालूको पार्टी सत्तामा आउँछ त्यो समयले नै बताउला ।

ओलम्पिक जापानमा

२०२० खेलको महाकुम्भको वर्ष हुनेछ । यस पटकको ओलम्पिक जापानको राजधानी टोकियोमा हुँदैछ । यो सन् २००८ पछि एसियामा भएको अर्को खेल हो ।

\"tokyo

मंगल ग्रहमाथि जीवनको खोजी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २०२० मा मार्स रोवरलाई मंगल ग्रहमा पठाउनेछ । मार्स रोवरको माध्यमबाट नासाले मंगलमा जीवनको सम्भावना छ कि छैन् भन्ने अध्ययन गर्नेछ । नासाले पठाउने रोवरमा २३ क्यामरा हुनेछ जो फरक–फरक तस्बिर पुरै ग्रहको नै पठाउनेछ । जसको सहायतबाट वैज्ञानीकले मंगल ग्रहमा जीवनको सम्भावना छ कि छैन् निष्कर्ष निकाल्नेछन् ।

स्पेस टुरिज्मको सुरुवाती

२०२० देखि अन्तरिक्षमा पर्यटनको पनि सुरुवात हुँदैछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सामान्य मानिसहरुको लागि पनि अन्तरिक्षमा जाने कक्षाहरु दिँदैछ । नासाले नयाँ टुरिजमको विकासको लागि यसको सुरुवाती गर्न लागेको हो । नासाले उल्लेख गरेअनुसार अन्तरिक्षमा एक रात बस्नको लागि ३५ हजार डलर खर्च लाग्नेछ ।

\"ISRO

5 जीको सुरुवात वर्ष

वर्ष २०२० मा अधिकांश देशमा 5 जी इन्टरनेटको सुरुवात हुनेछ । केहि कम्पनीहरुले 5 जी नेटवर्कमा आधारित मोबाइलको लञ्च गरिसकेका छन् । तर २०२० मा 5 जी मोबाइल प्रतिस्पर्धात्मक रुपले नै अगाडि आउनेछ । हुवाई, सामसुङ, नोकिया, श्योमी, भिभोलगायतका कम्पनीहरुले व्यवसायिक रुपमा 5 जी मोबाइल लञ्च गर्नेगरि तयारी गरेका छन् ।

\"5g

विद्युतीय सवारी साधन प्रतिस्पर्धात्मक रुपमा आउने

वर्ष २०२० विद्युतीय सवारी साधनको वर्ष हुनेछ । २०२० मा विद्युतीय सवारी साधन प्रतिस्र्धात्मक रुपमा बजारमा देखिनेछन् । चर्चित कम्पनीहरुले विद्युतीय सवारी साधनहरु यस वर्षबाट व्यवसायिक रुपमा ल्याउँदैछन् । टाटा नेक्सन, टाटा अल्टरोज, एमजी जेड एस, महिन्द्रा केयूवी १००, महिन्द्रा एक्यूवी ३०० लगायतका नयाँ सवारी साधन यसै वर्ष लञ्च हुँदैछन् । जसको कारण बजारमा विद्युतीय सवारी साधनहरु व्यवसायिक रुपमा देखिनेछन् । (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies