Khabar Dabali Logo
  April 8, Wed

अमेरिकाले आक्रमण गर्न इरानको ५२ ठाउँ किन रोज्यो ?

काठमाडौं । पछिल्लो साता अमेरिका र इरानबीचको तनाब उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले एयर स्ट्राइक गरि इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्या गरेसँगै तनाव बढेको हो । अहिले दुई देशका बीच युद्धको जस्तो अवस्था छ ।

सुलेमानीको हत्या भएसँगै अमेरिकी दूतावासमाथि पटक–पटक आक्रमण पनि भएको छ । आक्रमणको जिम्मा कसैले नलिएपनि आक्रमण इरानी पक्षबाट भएको अनुमान गरिएको छ । अमेरिकाले पनि आक्रमण दोहोरि रहे इरानका ५२ इलाकामाथि एकैपटक आक्रमण गरि ध्वस्त पारिदिने चेतावनी दिएको छ ।

५२ इलाकालाई टार्गेट किन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको निशानामा इरानका ५२ इलाका रहेको जनाएका छन् । उनले बताएअनुसार आक्रमणको लागि इरानका ५२ इलाकालाई रोज्नुको पछाडि इरानले सन् १९७९ मा ५२ अमेरिकीलाई एक वर्षसम्म बन्दी बनाएको थियो । ५२ इलाकाले ती ५२ बन्दी अमेरिकीको प्रतिनिधित्व गर्ने गर्दछ ।

Iran hostage crisis, डोनाल्‍ड ट्रंप ने ईरान में हमले के लिए 52 जगहें क्‍यों चुनीं? पढें 444 दिन तक चले ‘ब्‍लैकमेल’ की कहानी
इरानले सन् १९७९ मा बन्दी बनाएका ५२ अमेरिकी ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै भनेका थिए, ‘यदि इरानले अमेरिका या अमेरिकी नागरिकमाथि आक्रमण गर्छ भने त्यसको तत्कालै जवाफ पाउनेछ । अमेरिकाले इरानका ५२ इलाकालाई तुरुन्तै ध्वस्त बनाइदिनेछ । ती इलाका इरानको लागि सांस्कृतिक हिसाबले अति महत्वपूर्ण पनि हुनेछ ।’

के थियो १९७९ को घटना ?

सन् १९५३ मा लोकतान्त्रिक ढंगबाट बनेको इरानी सरकारलाई अमेरिका र ब्रिटेन मिलेर ढलाएका थिए । प्रधानमन्त्री मोहम्मद मोसादेगलाई सत्ताबाट हटाएर मोहम्मद रजा पहलवीलाई सत्तामा लगिएको थियो । पहलवी ईरानका शाह राजा थिए । उक्त समयसम्म अयातुल्लाह खुमैनी पनि पेरिसमा निर्वासित जीवन बिताईरहेका थिए । त्यहि घटनाको विरुद्धमा सन् १९७९ मा इरानमा आन्दोलन भएको थियो । इरानी जनताले अमेरिका र ब्रिटेनले बनाएको पहलवीको सत्तालाई उखेलेर फालेका थिए ।

इरानमा सत्ता परिवर्तनसँगै पहलवी अमेरिकाको शरणमा पुगे । आन्दोलन सफल भएसँगै शरण लिन पुगेका पहलवीलाई इरानीले फिर्ता गर्नुपर्ने माग गरिरहेका थिए । अमेरिकाले भने इरानको मागलाई इन्कार गरिरह्यो ।

यस घटनासँगै इरानी विद्यार्थीले तेहरानस्थित अमेरिकी दुतावासमाथि आक्रमण गरि ५२ कुटनीतिकलाई बन्धक बनाएका थिए । उनिहरुलाई एक वर्षसम्म बन्धक बनाइएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति जिमी कार्टरले मिलिट्री बोलाई आफ्ना कुटनीतिज्ञलाई छुटाउन कोशिस पनि गरेका थिए । जुन असफल पनि भएको थियो । अमेरिकाले गरेको अपरेशनमा आफ्नै ८ सैनिक कमाण्डर मारिन पुगेका थिए ।

मारिएका कासिम सैन्यका मुख्य कमाण्डर थिए

इराकको बग्दाद एयरपोर्टको बाहिर शुक्रबार इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकाले एयरस्ट्राइक गरि हत्या गरेको थियो । सुलेमानी इरानका बहुचर्चित कुदर्स फोर्सका प्रमुका थिए । कुदर्स फोर्स इरानद्वारा विदेशमा चलाईने सैन्य कारबाहीको लागि चर्चित मानिन्छ । सुलेमानी एक खुफिया अधिकारी र सैन्य अधिकारीको रुपमा इरानको लागि अति महत्वपूर्ण पात्र थिए । इरानका सुप्रीम लिडर आयातोल्लाह खामेनेईपछि उनि इरानका दोस्रो महत्वपूर्ण अनुहार थिए ।

अमेरिकाले कुदर्स फोर्सलाई २५ अक्टोबर २००७ मा आतंकवादी संगठन घोषित गरेका थियो । साथै अमेरिकाले यो संगठनका कुनैपनि व्यक्तिलाई अमेरिका प्रवेशमा पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले सुलेमानीलाई यसअघि नै आतंकवादी घोषित गरेको थियो । सयौं अमेरिकी नागरिकको हत्यामा सुलेमानीको संलग्नता भएको ठहर अमेरिकाको छ ।

बग्दादका अमेरिकी अड्डाहरुमाथि आक्रमण

शनिबार राति बग्दादका अत्यन्तै सुरक्षित मानिने (ग्रीन जोन) र अल–बलाद एयरबेस माथि रकेट तथा मोर्टर आक्रमण भएको थियो । अहिलेसम्म पनि आक्रमण कसले गराएको भन्नेबारे भने पुष्टि भएको छैन् । सुलेमानीको हत्यासँगै इरानी पक्षले आक्रमण गरेको अनुमान गरिएको छ ।

आक्रमणमा परि पाँच जना घाइते भएका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार ग्रीन जोन क्षेत्रमा दुई मोर्टसर र एयरबेस क्षेत्रमा दुई रकेट प्रहार गरिएको थियो । एजेन्सीकाे सहयाेगमा

पुस २१ गते, २०७६ - १३:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न प्रशासनले दियाे अनुमति

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न प्रशासनले दियाे अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   

भारतमा कोरोनाबाट मर्नेको संख्या १७२, गुजरातमा १४ महिने शिशुको पनि ज्यान गयो

काठमाडौं । पछिल्लो दुई दिनमा मात्रै भारतमा कोरोना भाइरसका एक हजार बढी संक्रमित थपिएका छन् । साथै कोरोनाबाट...   
अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द गर्ने सरकारकाे निर्णय

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको...   
कोरोना संक्रमित आठै जनाको स्वास्थ्य स्थिति सामान्य

कोरोना संक्रमित आठै जनाको स्वास्थ्य स्थिति सामान्य

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था...   
नेकपा सचिवालय बैठक सुरु, सरकारको पछिल्ला कदमबारे छलफल हुँदै

नेकपा सचिवालय बैठक सुरु, सरकारको पछिल्ला कदमबारे छलफल हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास...   

प्रधानमन्त्रीको सम्बोधनमा भएका केहि कुरा आपत्तिजनक छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top