Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

के हो यौन दुर्बलता ? मानिसको यौनजीवनलाई नै उजाड पारिदिने खतरनाक समस्या !

एजेन्सी

के हो यौन दुर्बलता ?

यौन दुर्बलता भनेको त्यस्तो समस्या हो, जसमा यौनक्रियाकलापका चरणहरुमा कुनै पनि व्यक्ति वा दम्पत्तिलाई यौन गतिविधिबाट सन्तुष्टि प्राप्त हुन सक्दैन । यौन क्रियाकलापका चरणहरु भन्नाले यौनेच्छा, यौनोत्तेजना, यौनेच्छा बढेको बेला, चरमोत्कर्षका बेला र यौनगतिविधिपछिको शान्त अवस्था पर्दछन् । यौनेच्छा र यौनोत्तेजना दुवै यौन प्रतिक्रियाको उत्तजेनाको चरणमा पर्दछन् ।
विभिन्न अध्ययनहरुले देखाइसकेको छ स् यौन दुर्बलता एउटा सामान्य समस्या हो । संसारभरि नै ४३ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषहरु कुनै न कुनै रुपमा यो समस्याबाट ग्रसित छन् । तर पनि मानिसहरु यो समस्याबारे चर्चा, छलफल गर्न हिच्किचाउने गर्छन् । फेरि यो निको नहुने समस्या पनि होइन, यस समस्याको उपचार पनि छ । त्यसैले यौन दुर्बलताका बारेमा आफ्ना जीवनसाथी र स्वास्थ्यकर्मीसँग सल्लाह गरेमा यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
यौन दुर्बलताका किसिमहरुः

यौन दुर्बलतालाई सामान्यतः निम्न तहमा वर्गीकरण गर्ने गरिन्छः

यौनेच्छाको कमी स्यसमा व्यक्तिमा यौनेच्छाको कमी हुन्छ र उसमा यौनप्रति कुनै चासो हुँदैन

यौनोत्तेजनामा कमी स्यस समस्याले ग्रसित व्यक्तिहरु यौन गतिविधिका दौरनमा पनि शारीरिक रुपमा उत्तेजित हुन सक्दैनन्

चरमोत्कर्षसम्बन्धी गडबडी स् यस समस्याले ग्रसित व्यक्ति यौन क्रियाकलापको दौरानमा सहज चरमोत्कर्षको अनुभव गर्न सक्दैनन् वा उनीहरुमा अति ढिलो चरमोत्कर्षको अनुभव हुने गर्छन्

पीडासम्बन्धी समस्या स्यो तहका समस्यामा यौनकर्म गर्दा व्यक्तिले पीडाको महसूस गर्ने गर्छन्,जसले गर्दा व्यक्तिले यौनक्रिडा गर्नै सक्दैन ।

कसलाई असर गर्छ ?

यौन दुर्बलताको समस्याले यही वर्ग, समूह वा उमेरका व्यक्तिलाई असर गर्छ भन्ने हुँदेन । तर सामान्यतः ४० वर्ष उमेर कटेका तथा विभिन्न शारीरिक, मानसिक स्वास्थ्य समस्या भएका मानिसहरुलाई या समस्याले असर गर्छ ।

यौन दुर्बलताका लक्षणहरु के के हुन् ?

पुरुषमाः

- यौन गतिविधिको बेला पुरुष अंग उत्थान हुन सक्दैन, जसलाई अंग्रेजी भाषामा इलेक्टाइल डिस्फङ्सन भनिन्छ ।

- चरमोत्कर्षको अभाव हुन्छ । यौन क्रियाकपालमा सक्रिय ढंगले सहभागी हुँदा पनि यो समस्या देखिन्छ वा उसमा अति ढिलो गरेर वीर्य स्खलन हुन्छ ।

- अर्को लक्षण भनेको शीघ्रपतन हो । यसमा यौनक्रिडामा संलग्न व्यक्तिले आफ्नो वीर्य स्खलनलाई रोक्न सक्दैन । यौनक्रियाकलापमा लागेको केही बेरमै उनको वीर्यपतन भइहाल्छ, जसले गर्दा उनको यौनजीवन दुखद बन्न पुग्छ ।

महिलामाः

-चरमोत्कर्ष प्राप्त गर्न सक्दैन

- यौनक्रियाका दौरानमा योनी सुख्खा हुन्छ

- यौनक्रियाका लागि योनीमार्गका मांसपेशीहरु सहज अवस्थामा रहन सक्दैन

महिला पुरुष दुवैमा

- यौनइच्छा नहुनु वा यौनप्रति चासो नहुनु

- यौनेत्तजना नहुनु

- यौनक्रियामा पीडा हुनु

किन हुन्छ यौन दुर्बलता ?

भौतिक कारणः धेरै भौतिक वा चिकित्सीय अवस्थाले गर्दा यौन दुर्बलताहरु हुन सक्छन् । ती अवस्थाहरुमध्येमा डायबिटिज, मुटु र रक्तनलीसम्बन्धी समस्याहरु, स्नायुसम्बन्धी समस्याहरु, हर्मोनको गडबडी, मृगौला वा कलेजोसम्बन्धी गम्भीर समस्याहरु, अत्यधिक रक्सी वा ड्रगका सेवन आदि पर्छन् । त्यसबाहेक, केही औषधीहरुको खराब असरले गर्दा पनि यौन दुर्बलता देखापर्न सक्छ ।

मानसिक कारणहरु स् यौन दुर्बलताका पछाडि थुप्रै मानसिक कारणहरु पनि हुन सक्छन् । जस्तो, काममा अत्यधिक तनाव, आफ्नो यौनक्षमताबारे अत्यधिक चिन्ता, विवाहित वा सम्बन्धमा आएको तनाव, डिप्रेसन, अपराधबोध, आफ्ना शारीरिक अंगको बनौटबारेको चिन्ता र अतीतमा भोगिएका यौनसम्बन्धी ट्रमा लगायतका कारणहरुले पनि यौन दुर्बलता देखापर्न सक्छ ।

कसरी पहिचान गरिन्छ ?

धेरै जस्तो समस्याहरुमा, सम्बन्धित व्यक्तिले आफू वा आफ्नो पार्टनरले यौनानन्द भोग्न नसकिरहेको कुरा बोध गर्ने गर्छन् । त्यसबाहेक, चिकित्सकले समस्याग्रस्त व्यक्तिको समस्या तथा उनको शरीरको सम्पूर्ण विवरणको विश्लेषण गरेर पनि समस्या पहिचान गर्न सक्छ । त्यसबाहेक, समस्याले पीडित पुरुष वा महिलाले आवश्यक परेमा आफूमा रहेको चिकित्सीय समस्याहरुलाई थाहा पाउनको लागि विभिन्न टेस्टहरु गराउन पनि सक्छ । तर ल्याब टेस्टका रिजल्टहरुले यौन दुर्बलताको कारण यही हो भनेर पहिचान गर्न चाहिँ कमै मद्दत गर्छ ।

यौनप्रति सम्बन्धित व्यक्तिको धारणा र यौन दुर्बलता जन्माउन सक्ने अन्य सम्भाव्य पक्षहरु –जस्तै, डर, तनाव, अतीतका यौन र्दुव्यवहार, सम्बन्धप्रतिको चासोचिन्ता, खाइरहेका औषधीहरु, उसको रक्सी वा ड्रग खाने बानी० लगायतको जानकारीले पनि चिकित्सकलाई सम्बन्धित व्यक्तिमा यौन दुर्बलता हुनुको कारण पहिचान गर्न र त्यसका लागि आवश्यक उपचार सिफारिश गर्न सहयोग गर्छ ।

कसरी गरिन्छ यौन दुर्बलताको उपचार ?

धेरै जसो यौन दुर्बलताहरु त्यसका पछाडिका शारीरिक तथा मानसिक समस्याहरुको पहिचान गरेर उपचार गर्न सकिन्छ । त्यसबाहेक यौन दुर्बलताका उपचारहरु निम्न हुन सक्छन् :

औषधीहरु स्कुनै पनि व्यक्तिले खाइरहेको औषधीको खराब असरको कारण उसमा यौन दुर्बलता भएको हो भने औषधी परिवर्तन गर्दा यो समस्यामा मद्दत पुग्न सक्छ । त्यसैगरी, महिला वा पुरुषमा हर्मोनको गडबडीको कारण यो समस्या देखापरेको हो भने हर्मोनका चक्की, किम वा सुई प्रयोग गरेर पनि उपचार गर्न सकिन्छ । त्यसैगरी, यौन दुर्बलता हटाउने र मानिसमा यौनेच्छा जागृत गराउने कतिपय औषधी, पिल्सहरुको प्रयोगले पनि पुरुष यौनाङमा रक्त प्रवाह गराएर यौन दुर्बलता हटाउन सहयोग पुर्याउन सक्छ ।

यान्त्रिक मद्दतःयौन दुर्बलता भएकाहरुलाई सहयोग पुग्ने कतिपय यन्त्रहरु पनि बनेका छन् । तिनको प्रयोगले पनि यो समस्यामा सहयोग पुग्छ सक्छ ।

यौन थेरापी स्यौन थेरापिस्टहरुको मद्दतबाट चिकित्सकले पहिचान गर्न वा सम्बोधन गर्न नसकेको कतिपय समस्याहरुलाई ठीक पार्न सकिन्छ । ती थेरापिस्टहरुले विवाहितलाई सम्बन्धका बारेमा र यौनका बारेमा सही जानकारी र उपायहरु सिकाएर पनि यौन दुर्बलताका समस्याबाट पार पाउन मद्दत गर्न सक्छन् ।

व्यवहारसम्बन्धी उपचारःयस उपचारअन्तर्गत धेरै तरिकाहरु पर्दछन् । सम्बन्धमा देखापरेका हानिकारक व्यवहारहरुलाई कसरी हटाउने तथा यौन इच्छा कसरी जागृत गर्ने र यौनसन्तुष्टि कसरी प्राप्त गर्ने भन्नेबारेका तरिकाहरु यसमा पर्दछ ।

शिक्षा र सञ्चार स्यौन र यौनव्यवहारबारेका शिक्षा अनि त्यससम्बन्धी जवाफले व्यक्ति विशेषमा रहेको यौनबारेको तनाव कम गर्न सक्छ । आफ्ना आवश्यकताबारे पार्टनरसँगको खुला छलफल, एकअर्काप्रतिको चासो चन्तिाले पनि स्वस्थकर यौनजीवनमा देखापर्ने थुप्रै बाधा अड्चनहरुलाई हटाउन सहयोग गर्छ ।

यौन दुर्बलता निको पार्न सकिन्छ ?

यौन दुर्बलताको उपचारको सफलता त्यसका पछाडि अन्तरनिहित कारणहरुको पहिचानमा भर पर्दछ । यससँग जोडिएका समस्याहरुलाई पहिचा गरियो भने त्यसलाई सही ढंगले निको पार्न सकिन्छ । डर, तनाव र चिन्तासँग जोडिएका मध्यम खालका यौन दुर्बलताहरुलाई सम्बन्धित विज्ञसँगको परामर्श, शिक्षाका मद्दतले अनि आफ्ना पार्टनरसँग गरिने खुलस्त कुराकानीले सफलतापूर्वक निको पार्न सकिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies