Khabar Dabali Logo
  July 16, Thu

मेथी खानुका फाइदा के–के हुन् ?

काठमाडौं। मेथीको दानामा अत्यधिक पौष्टिक तत्व पाइन्छ। यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्‍याउने गर्दछ।

के हुन् मेथीका फाइदा ?

भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ।

(१) मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन्। यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ।

(२) मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन। स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ। मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ। यो नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ। जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ।

(३) मेथीका दानामा पाइने सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ। यसमा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्‍याउँछ। भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ। कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ।

(४) मेथीका दानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ। चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ। बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन। झर्न पनि रोकिन्छ। यसले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ। यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ।

(५) मेथीका दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ। यसले पिसाबलाई शुद्द राख्नुका साथै विभिन्न संक्रमणहरुबाट बचाउँछ। त्यसैले मेथी स्वास्थ्यका लागि बहुउपयोगी मानिन्छ।

पुस १६ गते, २०७६ - ११:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन र पुर्वी नवलपरासिमा गरी थप १७ जनामा कोरोना संक्रमण

चितवन र पुर्वी नवलपरासिमा गरी थप १७ जनामा कोरोना संक्रमण

भरतपुर । चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । माडी नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा...   
पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

File photo संखुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार...   

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी, बेपत्ता २० जनालाई नदीले बगाएको आशङ्का

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा...   
ओली –प्रचण्ड भेट भयो, ठोस कुरा भएन

ओली –प्रचण्ड भेट भयो, ठोस कुरा भएन

काठमाडौं । बुधबार बालुवाटारबाट निस्किएका प्रचण्ड आज मंगलबार पुन बालुवाटार पुगे । बुधबारको छलफलमा...   

मंगलबार ११६ जनामा कोरोना संक्रमण, कुल संक्रमित १७ हजार नाघे

काठमाडौं । मंगलबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या गत पछिल्लो २४ घण्टामा थपिनेको...   

पछिल्लो चौविस घण्टामा १४४ कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

पार्टीमा बहस छ, म सघर्षमा छु तर पार्टी दुर्घटनाबाट तत्काललाई जोगाइएको छ–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दुर्घटना हुनबाट...   
अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । उनले आफैले एक ट्विट गर्दै...   
मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक रुपमा देखिएका छन् । ट्रम्पले...   

काठमाडौंमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top