Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यी हुन् उखु किसानलाई ठग्ने ६ उद्योगी, सरकारले पनि दिएन छुट्याएको अनुदान

काठमाडौं । आन्दोलनरत पीडित उखु किसानहरुले सरकार र उद्योगीबाट करिब ३ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि सोमबार प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको कार्यालयमै पुगेर गुनासो पोखेका थिए । समितिले किसानको गुनासो सुने लगत्तै कृषिमन्त्री घनश्याम भुसाल र बाणिज्य तथा आपुति सचिव बैकुण्ठ अर्याललाई उद्योगीलाई पक्राउ गरी पीडित किसानलाई तुरुन्त न्याय दिन निर्देशन दिएको थियो ।

समितिको वैठकमा भुसालले ठगी गर्ने उद्योग नै सम्पर्कबिहिन भएकोले समस्या उत्पन्न भएको बताएका थिए । समितिको निर्देशन लगत्तै किसानको रकम भुक्तानी नदिई सम्पर्क बिहिन उद्योगीहरुको खोजी कार्यभइरहेको सरकारले बताएको छ ।

पीडित किसान ठगीएको पैसा नलिई घर फर्कन नसक्ने अवस्थामा रहेका छन् । ठगी गरी सम्पर्क बिहिन बनेका ६ उद्योग जसले किसानहरुबाट करोडौंको दरले ठगी गरेका छन् । ती उद्योगीहरुले केहि वर्षदेखि उधारोमा उखु लिएर भुक्तानी नगरी सम्पर्क विहिन बनेका हुन् ।

यी हुन् उखु किसानलाई ठग्ने ६ उद्योग र ९ उद्योगी

राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई

अन्नपूर्ण र इन्दिरा सुगर मिलका संचालक द्वय अग्रवाल र भट्टराई उखु किसानको पाँच बर्षदेखिको रकम भुक्तानी नगरी सम्पर्क बिहिन भएका छन् । उखु किसानहरुले पटकपटक ताकेता गर्दा समेत उद्योगनै बन्द गर्ने चेतावनी दिदै आएका छन् । यी दुई उद्योगले करिब १५ हजार उखु किसानका ६० करोड रकम भुक्तानी नगरेको उखु उत्पादन महासंघका अध्यक्ष कपिलमणी मैनालीले बताएका छन् ।

गत बर्ष ४७ करोड २६ लाख ९९ हजार रुपयाँ भुक्तानी दिन बाँकी रहेको आरोपमा पक्राउ परेका थिए । बक्यौता रकम तत्काल भुक्तानी गर्ने सर्तमा रिहा भएका उनी अहिले वेपत्ता रहेका छन् । गृहमन्त्रालय स्रोतका अनुसार उनीहरुलाई पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यलयलाई पत्रचार गरिएपछि सम्पर्क विछेद भएकोले समस्या आएको बताएको छ । उनीहरु काठमण्डौमै लुकिछिपी बसिरहेको हुनसक्ने आशंकामा खोजिकार्य तिब्र पारिएको गृहमन्त्रालयले जनाएको छ ।

हितेश गोल्छा र विशाल अग्रवाल

रौतहट स्थित गरुडा श्रीराम सुगर मिलका संचालक रहेका उनीहरु सबैभन्दा बढि ४२ करोड रकम भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष मैनालीले बताएका छन् । दुईजना संचालकमध्ये हितेश घरानीया गोल्छा अर्गनाइजेसनका मालिक समेत हुन् । पीडित किसानहरुले पटकपटक ताकेता गर्दासमेत स्थानीय अगुवा र राजनीतिक दलका नेतासँगको मिलेमतोमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेका मैनालीले आरोप लगाएका छन् ।

वीरेन्द्र कनोडिया

महालक्ष्मी सुगर मिलका संचालन वीरेन्द्र कनोडिया कपिलबस्तु–३ नेपाली काँग्रेस प्रदेश सभा सदस्य तथा प्रदेश पाँचका संसदीय दलका उपनेता समेत रहेका छन् । बन्द अवस्थामा रहेको यस उद्योग पुन संचालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष मैनालीले बताएका छन् । गत बर्षदेखिको करिब २१ करोड रकम भुक्तानी हुन बाँकी रहेको छ ।

उनीमाथि आफु निकट तथा प्रभावशाली नेताका आफन्तहरुको रकम भुक्तानी गर्ने तर वास्तविक पीडित किसानहरुको रकम भुक्तानी गर्न आनाकानी गर्दै आएको पीडित किसानको आरोप छ । उद्यमी, उखु उद्योग महासंघ, प्रमुख जिल्ला अधिकारी लगायत, पीडित किसानको तर्फकाट बिभिन्न तहमा छलफल पछि पहिले किसानको भुक्तानी गरेपछिमात्र उद्योग संचालन गर्न आग्रह गरेपनि उनले कुनै वास्ता नगरेको पीडित किसानले बताएका छन् ।

मनिष अग्रवाल

लुम्बिनी सुगर मिलका संचालक मनिष अग्रवालले पीडित किसानको करिब १० करोड रकम भुक्तानी दिन बाँकी रहेको अध्यक्ष मैनालीले बताएका छन् । सरकारी लगानीमा संचालन भएको यस मिल उनले लिजलमा संचालन गर्दै आएको थिए । उनको गत बर्ष निधन भएपनि रकम भुक्तानी गर्न सकिएको छैन । यस विषयमा उद्योग, आपुर्ति मन्त्रालयसँग सल्लाह गरेरमात्र निर्णय लिन सकिने बताएका छन् ।

राम थापा र जगदिश अग्रवाल

बाग्मती सुगर मिलका संचालक राम थापा र जगदिश अग्रवाल रहेका छन् । उनीहरुबाट करिब ११ करोड रकम भुक्तानी हुन बाँकी रहेको छ । उत्पादनको तुलनामा चिनी बिक्रि नहुँदा रकम भुक्तानीमा समस्या आएको भन्दै संचालक तर्किने गरेको बताइएको छ ।

१३ वटा चिनी मिल संचालनमा रहेकोमा अहिले ५ वटा मात्रै संचालनमा रहेको अध्यक्ष मैनालीले बताएका छन् । दुई वटा चिनी मिल संचालनको तयारी भइरेहको उनले बताए । ती मध्ये अन्नपूर्ण चिनी उद्योगका संचालन राकेश अग्रवाल उद्योग बन्दै गरेर रकम भुक्तानी नगर्ने निहत रहेको अध्यक्ष मैनालीको आरोप रहेको छ ।

सरकारबाट पनि ठगिए उखु किसान

तालुकदार मन्त्रालय कृषि, उद्योग तथा आपुर्ति मन्त्रालयले समयमै उपलब्ध गराउनु पर्ने किसानहरुको अनुदान रकम अहिलेसम्म निकासा नभएको बुझिएको छ । अनुदान रकम कार्यान्वयन गर्ने निकाय कृषि मन्त्रालयले गत बर्षको अनुदान रकम १ अर्ब ३२ करोड मध्ये ९२ करोड निकासा गरिएको दावी गरेपनि अहिलेसम्म किसानको खातामा रकम नपुगेको अध्यक्षे मैनालीले भने, ‘अनुदान रकम किस्तामा आउने होइन । सरकारले अनुदान रकम पठाएको भएको किसानको खातामा आएको खोइ ?

सरकारले गत बर्षको मात्र होइन ०७४/०७५ कै रु २ करोड रकम भुक्तानी गरेको छैन । आशा छ, अहिले कृषि मन्त्रालय र उद्योग मन्त्रालयम किसानका समस्या बुझेका मन्त्री आउनुभएको छ । उहाँहरुले समस्या समाधान गर्नुहोला ।’ उनले भने, सरकारले उपलब्ध गराउने अनुदान भुक्तानी प्रकृयानै धेरे झन्झटिलो र लामो भएकोले यसलाई खारेज गरी सिधै पीडित किसानको हातमा आउने व्यवस्था गर्नु पर्छ ।’

गत बर्ष सरकारले ५ सय ३६ रुपयाँ तोकेको थियो । उखुको अनुदान रकम कार्यन्वयन गर्ने निकाय कृषि मन्त्रालय हो । किसानले बिक्रि गरेको तत्थ्याङक उद्योगले उपलब्ध नगराउँदा समस्या भयो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies