Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्लस टु पढ्न थालिन शान्ता चौधरी, भन्छिन्, ‘सपनाहरु विपना जस्तै भएका छन् !’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले कलेज सुरु गरेकी छिन् । गत असारमा एस.ई.ई. पास गरेकी उनले प्लस टु भर्ना भएर पढ्न थालेकी हुन् । चौधरीले सामाजिक सञ्जालमार्फत आफुँ कलेज पढ्न थालेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘प्रिय लाग्न थाल्यो कलेज’ भन्दै आफ्नो प्लस टुको यात्राबारे खुलाएकी छिन् । उनले औपचारिक अध्ययनसँगै आफ्ना अधुरा सपनाहरु विपनामा परिणत हुँदै गएको पनि बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा ट्विटरमा लेखेकी छिन्, ‘प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरु अधुरा थिए तिनै सपनाहरु आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु । त्यसैले धेरै खुशी छु म ।’

https://twitter.com/shantadangnepal/status/1211610800122556416

चौधरीले जीवनको भोगाइ र व्यवहारबाट असीमित सिकेको भन्दै अब औपचारिक बाटोबाट अझ धेरै सिक्ने गरि अघि बढेको बताएकी छिन् । ‘जीवनको भोगाइ र व्यबहारबाट असीमित सिकाई भएकै थियो, भोगाईकै क्रममा कयौं परिक्षामा सहभागी पनि भएकै थिएँ, ती सिकाई र परिक्षाबाट मैंले शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गर्न सकिन ।’ चौधरीले भनेकी छिन्, ‘एसईई परिक्षा उतिर्णसँगै औपचारिक शिक्षाका बाटो खुलेको छ, नयाँ अनुभव बटुल्न थालेको छु।’’

शान्ता चौधरीले गत चैतमा दाङ तुलसीपुरस्थित महेन्द्र माविबाट एसईई परीक्षा दिएकी थिइन् । चौधरीले २.६५ ग्रेड (बी ग्रेड) ल्याएर एसईई पास गरेकी छिन् । शान्ता चौधरीले परीक्षा दिँदा उनकी छोरी बिनुले पनि सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिएकी थिइन् ।

पूर्वकमलरीसमेत रहेकी चौधरी तत्कालीन नेकपा एमालेबाट ०६४ सालमा संविधान सभा सदस्य बनेकी थिइन् । अहिले पनि उनि प्रतिनिधि सभा सदस्य छिन् । साथै चौधरी संसदमा नेकपाकी सचेतकसमेत हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies