Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

घुँगी र गँगटो चिचिरेको स्वाद लिन धिमाल घरवासमा बस्नै पर्छ

झापा । झापाको दमक–३ स्थित दोघरे टोलमा झुरुप्प धिमाल बस्ती छ । चिटिक्क सजाइएको दशवटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायतका पर्यटकले रात बिताइसकेका छन् । बेलाबेला आइरहने पाहुनाको बासका लागि हरेक घरमा एउटा कोठा छुट्याइएको छ । यहाँ आउने पर्यटक यी समुदायका संस्कृति र खानपानमा औधि आकर्षित हुँदै घरवास ९होमस्टे०मा रमाउने गर्दछन् ।

दोघरे बस्तीभित्र शान्ति धिमालको सुन्दर, आकर्षक सानो घर छ । पाहुना आएका बेला पूरै परिवार सत्कारमा जुट्छ । पर्यटकको रोजाइअनुसारको खानपान तल्लिन हुन्छन् उनीहरु ।“कहिले स्वदेशी र कहिले विदेशी पाहुना आउछन्”, घरवास सञ्चालन गरिरहेकी शान्ति धिमाल भन्छन्, “भरसक घरबारीमै भएका खानेकुराहरु खुवाउँछौँ, तर कुनै परिकार चाहियो भने भने मात्र खोजी गरेर ल्याउने गरेका छौँ ।”

झापामा धिमाल समुदायले सञ्चालन गरेको यो एकमात्र घरवास गाउँ हो । नेपाल भ्रमण वर्ष २०२० मा गाउँ आकर्षक हुनसक्छ । ‘प्रथम नागरिक सामुदायिक धिमाल होमस्टे’ नामक संस्था मार्फत् सञ्चालित यहाँको घरवास पछिल्लो समय अति लोकप्रिय बनेको छ । हरेक घर परिवार सदस्यले घरवास व्यवस्थापनसम्बन्धी तालीम प्राप्त गरेका छन् ।

दमक नगरपालिकाले धिमाल जातिलाई २०७४ सालमा ‘नगरको प्रथम नागरिक’ घोषणा गरेको छ । नगरपालिकाको आँगनमा नै धिमाल परिवारको कलात्मक प्रतिमा रखेर नगरले प्रथम नागरिकप्रति सम्मान दर्शाएको छ । झापा, मोरङ र सुनसरीमा मात्र बसोबास गर्दै आएका आदिवासी धिमालहरुको रहनसहन र संस्कृति चाखलाग्दो छ ।

विसं २०६८ को जनगणनाअनुसार दमकमा बसोबास गर्ने धिमालहरुको जनसङ्ख्या १५ हजार रहेको छ । यस समुदायको वेशभूषा, भाषा, संस्कृति र चाडपर्वका बारेमा अध्ययन अनुसन्धान गर्न विदेशबाट समेत अनुसन्धाताहरु घरवासमा आउने गरेको प्रथम धिमाल व्यवस्थापन तथा धिमाल सांस्कृतिक सङ्ग्रहालय निर्माण समितिका संयोजक लोकबहादुर धिमालले जानकारी दिए । समितिले घरवासलाई व्यवस्थित गर्न मद्दत पु¥याउँदै आएको छ ।

घरवासमा आउने पर्यटकहरुले धिमाल परम्परा अनुसार स्वागत, सत्कार र खानपान पाउने गरेका छन् । घुँगी र गँगटोको परिकार सबैभन्दा प्रख्यात छ । बाफमा उसिनेर पकाइएको धानको चामलको भातलाई धिमालहरु ‘चिचिरे’ भन्छन् । “पर्यटकहरुको प्रमुख माग घुँगी, गँगटा र चिचिरेको हुन्छ । ” प्रथम नागरिक धिमाल सामुदायिक होमस्टे समितिकी अध्यक्षसमेत रहनुभएकी शान्तिले भनिन् । लोकल कुखुराको मासु, सँुगुरको रोस्ट, सुँगुरको भुटन लगायतका परिकारहरु धिमाल घरवासको नियमित खानेकुरा हुन् । खसी, हाँस, परेवा आदिको मासु रुचाउनेहरुका लागि पनि यहाँ उचित व्यवस्था मिलाइने गरेको छ ।

घरवास निकै सस्तो छ । एक रात बास बसेको रु ४०० र एक छाक खानाको परिकार अनुसार रु ३०० देखि ५०० सम्म तिर्नुपर्छ । प्रदेश नंं १ को सरकारद्वारा गठित ग्रामीण पर्यटन तथा हस्तकला उपसमितिका संयोजक अर्जुन कार्की बजारको भन्दा यहाँ खाना र बास निकै सस्तो रहेका बताउछन् ।

शिरदेखि पाउसम्म जातीय गर गहना र पेटानीमा सजिएका धिमाल युवतीले स्वागत गर्दा पर्यटकहरु मख्ख पर्ने गर्छन् । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत तेस्रो देशबाट अध्ययन–अनुसन्धानका लागि आउने पर्यटकहरुले हप्ताँैसम्म यहाँका घरवासमा बसेर आफ्नो अध्ययन पूरा गर्छन् । ती समुदायको परम्परागत पहिचान झल्काउन कलात्मक नमूना धिमाल सांस्कृतिक घरसमेत यहाँ निर्माण भइरहेको छ । प्रथम धिमाल व्यवस्थापन तथा धिमाल सांस्कृतिक सङ्ग्रहालय निर्माण समितिका संयोजक लोकबहादुर धिमालले यस समुदायका जन्मदेखि मृत्यु संस्कारसम्मका सस्कार, प्रयोग गर्ने सामग्री सङ्ग्रहालयमा रहने जानकारी दिए ।

नमूना सङ्ग्रहालय निर्माणका लागि सङ्घीय सरकारले ४० लाख, प्रदेश सरकारले ३० लाख र बाँकी दमक नगरपालिकाले गरी रु एक करोड प्रदान गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० मा यहाँ घरवासका लागि पर्यटक बढ्ने आङ्कलन गरेर थप तयारीहरु गरिएको जनाइएको छ ।

आदिवासी जनजातिको झापामा ठूलो जनसङ्ख्या भएता पनि धिमालबाहेकका जनजातिले घरवास सञ्चालन ल्याउन सकेका छैनन् । मेचीनगर र दमकमा मात्र घरबास सञ्चालनमा छ । किसान, मुण्डा, मालपाडे, मेचे, धिमाल, सन्थाल, गनगाई, राजवंशीलगायत ३६ जातजातिको जिल्लाभित्र बसोबास छन् । पर्यटन व्यवसायलाई सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्ने, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्ने कार्यमा घरवासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए पनि स्थानीय सरकारहरुले यस क्षेत्रमा ध्यान पु¥याउन सकेका छैनन् ।

मेचीनगर–४ बाहुनडाँगीमा विसं २०६७ मा स्थापना भएको बाहुनडाँगी सामुदायिक घरवास जिल्लाकै पहिलो घरवास हो । पर्यटन वर्ष–२०११ का अवसरमा सो घरवास सञ्चालनमा ल्याइएको थियो । “होमस्टेका बारेमा समाजले बिस्तारै बुझ्न थालेको हुँदा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक घरवास खोज्दै आउन थालेका छन्”, ग्रामीण पर्यटनका अभियन्ता अर्जुन कार्की भन्छन्, “नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नयाँ घरवासको पहिचान गर्ने र बन्द भइसकेका पनि खुलाउने तयारीमा लागिरहेका छौँ ।”

झापाको मेचीनगर–३ को गाडागल्लीमा सिमाना सामुदायिक घरवास र बेँसीबजारमा ग्रिन भ्यू सामुदायिक घरवास सञ्चालनमा छन् । गौरादहमा महारानीझोडा कृषि सहकारी संस्थाले एकै पटकमा ५० पर्यटकलाई बास बसाउन सक्ने क्षमताको घरवास निर्माण भइरहेको संस्थाकी अध्यक्ष मीना ढकाल जानकारी दिन्छिन्। नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै निर्माण गरिएका ती घरवास आगामी वैशाखदेखि सञ्चालनमा आउनेछन् ।

प्रदेश नं १ सरकारले पनि घरवास सञ्चालन कार्यविधि २०७५ तयार गरेको छ । घरवास सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको नेपाल पर्यटन बोर्डको काँकडभिट्टा कार्यालयकी प्रमुख सुस्मिता दाहालले बताए । झापाको केचनाकवल, बाह्रदशी, बुद्धशान्ति लगायतका स्थानमा घरवासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले भने, “प्रदेश सरकारले होमस्टे सञ्चालन र पर्यटन प्रवद्र्धनमा जोड दिनेलाई सहयोग गर्ने कार्यविधि बनाएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies