Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दैवले जान्ने सरकारको ट्राफिक नियम !

काठमाडौं । प्रधानमन्त्री ओलीले भन्न सक्छन्, राजाको पालादेखी चलिआएको नियमलाई लिएर अहिलेको सरकारलाई आरोप लाउने ? सञ्चारमन्त्री बास्कोटाले भन्न सक्छन्, पुरानो कुरा उठाएर दुई तिहाइलाई हेप्नी ?

काठमाडौं देशकै पुरानो महानगर, महानगर निदाएको पनि धेरै वर्ष भयो । झट्ट हेर्दा लाग्छ, यो उठिहाल्दैन । धुलो, धुवाँ, फोहोर, जाम र लथालिंग खाएर होला, मज्जाले घुरेर सुतेको छ ।

काठमाडौं महानगर उठ्न त चाहेको छैन् र उसको चाहनालाई मलजल गर्ने गरि केन्द्रिय सरकारले उसलाई थप लठ्ठ पार्ने औषधिको सुई थपिदिएको छ । भित्रि, यथार्थ र सबै नीतिगत मिलेमतो थाहा हुनेकुरा भएन तर व्यवहार नै सम्बन्धको अन्तिम परिणाम हो भन्ने कुरालाई हामी सबैले मान्न सकिन्छ ।

निदाएको काठमाडौंमा गजबको ट्राफिक नियम

यातायात व्यवसायीसँग मिलेर सरकारले आफैंले बनाएको कानुन उल्लंघन गरिरहेको छ । सरकारले त्यसै किन कानुन उल्लंघन गर्छ ? सायद काठमाडौंको यातायात व्यवस्था लथालिंग बनाईरहन सरकारले ठुलै कमिशनको खेल खेलिरहेको छ । यो मैले व्यवहारमा देखेको शंकास्पद आरोप हो र यसको छानविन गर्ने दायित्व मेरो पनि हो तर कानुन मेरो हातमा छैन् । मलाई केवल शंका गर्ने अधिकार छ ।

काठमाडौं निदाएको बेला पारेर होला, यहाँका ट्राफिक प्रहरीले नियम नै फेरेछन । अचम्म के भने यहाँ मान्छे नमर्ने बेलासम्म बसमा कोचेर खाँद्न पाइने, गुडाउँदा ढोका लाएपछि नियम मानेको ठहर्ने ।

ड्राइभर सिट नजिक बाहेक ट्याम्पोमा ढोका लाउने र खोल्ने चलन हुँदैन् । काठमाडौंमा चल्ने ट्याम्पोमा बढिमा ११ जनासम्म बस्न मिल्छ, तर ट्राफिकले ट्याम्पोलाई गज्जबको नियम के बनाइदिएछ भने, पछाडी पट्टी मिल्नेजति झुण्डीन पाइने तर एउटै सर्त टाउको भित्र छिराउन पर्ने ।

ट्राफिकले भन्ला ‘कहाँ हामीले त्यस्तो नियम बनाउनु ? यो ठाडो मिथ्या आरोप हो ।’ जवाफ भाषण, ब्रुसर र सुचनामा होईन व्यवहारमा हेर्यो भने थाहा भइहाल्छ कि काठमाडौंका सडकमा ट्राफिक प्रहरीले कुन नियम लागु गरेको छ ।

ट्राफिक प्रहरीले दिनभरि धुलो र घाम खाएर चोकको जाम हटाउने काम गरेको छ । आफ्नो स्वास्थ्यलाई धारमा राखेर जनताको सेवा गरेको छ । सायद कति धेरै ट्राफिक प्रहरीहरुको यो पेशाले नै गर्दा फोक्सो बिग्रेको होला । म ट्राफिक प्रहरीको कामदेखी नतमस्तक छु ।

तर ट्राफिक प्रहरीको काम के हो र के भइरहेको छ ? यो सन्दर्भमा प्रश्न उठाउने अधिकार जो सुकैलाई छ । भद्रकाली र थापाथलीका केहि ठाउँमा लेन मिच्दा ट्राफिकले समाइहाल्छ । मोटरसाईकलमा तिन जना उमेर पुगेका मान्छेहरु चढेको देख्यो भने पनि समाउँछ । बाहेकका अरु काम प्रायः गर्दैनन् । सायद सरकारले त्यहाँभन्दा बढी काम ट्राफिकलाई नै गर्न दिँदैन ।

गाडि किन्ने बेलामा गाडि खरिद गर्नेले सिट अनुसारको राजस्व बुझाउने नियम किन बनाएको हो ? गाडिको सिट क्षमताभन्दा बढि यात्रु बोक्न पाईने व्यवस्था सरकारले कसरी लागु गरिरहेको छ ? सरकारले कानुन लागु गर्न दिएन कि, प्रहरीले लागु गरेन ? आम यात्रुलाई सरकार व्यवसायि मिलेर लुट्ने काम भइरहेको छ । यदि सरकारले यसलाई स्विकार गर्दैन भने देखाओस उपभोक्ता हित संरक्षण गरेर ।

मैले एकपटक फेसबुकमा स्टाटस लेखें, ‘भौतिक पुर्वाधार तथा यातायात मन्त्रीलाई, नेपाल यातायात चढाएर बालुवाटार र सिंहदरवार हिँडाउन पाए काठमाडौंको ट्राफिक व्यवस्थापनमा केहि चेत्थे कि ?’ मलाई थाहा थियो मेरो स्टाटसले त केहि हुनेवाला थिएन, त्यो मेरो मनको शान्ति मात्रै थियो । मैले लेखेँ र केहि मन हल्का बनाएँ ।

सडकमा मन्त्रीको दादागिरी

कुनै एकजना बिमारी मान्छे, समयमा अस्पताल पुग्नुपर्छ । सडक जाम वा अरु कारणले ढिला भयो भने केहि मिनेटको कारणले उसको ज्यान पनि जान सक्छ । एम्बुलेन्सले आकश्मिक साइरन बजाएर बाटो खाली गर्दै आफ्नो गन्तव्यतर्फ दौडने कुरालाई सबैले स्विकार गर्नुपर्छ, किनकी त्यहाँ कसैको जीवनसँग सवाल छ । तर मन्त्रिहरुले काठमाडौंमा साइरन बजाएर बाटो खाली गराउने कुरा चाहिँ गजबको र लाजमर्दो छ । मन्त्रिहरु राज्यको कार्यकारी निकायका प्रमुख हुन् । उनीहरुसँग आफ्नो बिभागको आवश्यक नीति निर्माण गर्ने, नियमन गर्ने र अनुगमन गर्ने दायित्व छ ।

तर हाम्रा मन्त्रिहरुले आफ्नो दायित्व अनुसार काम गरेका छैनन् । हाम्रा मन्त्रिहरुको दैनिकी सबैले छर्लंगै देखेका छौं, कि यि मन्त्रीहरु राज्यको कार्यपालिकाका मन्त्रीहरु हैनन्, यि त राज्यले बिभिन्न कामको लागि उद्घाटन र शिलान्यास गर्न बनाएको हो । यो यिनको कामले देखाएको कुरा हो ।

बालुवाटार, सिंहदरवार र क्वाटरसम्मको यात्रामा यिनिहरुको कहिल्यैपनि आकश्मिक यात्रा छैन् । यहि सरकारको करिब २ वर्षको तथ्यांकलाई केलाउने हो भने मन्त्रीको आकश्मीक यात्रा हामीले कुनै सञ्चार माध्यममा कहिल्यै पढेनाैं । मात्रै उद्घाटन र शिलान्यास पढ्यौं ।

हामी बाटोमा जामले बसिरहेका हुन्छौं कुनै मन्त्री झण्डावाल गाडी लिएर ट्वाँ­ट्वाँ गर्दै आउँछ र सबैलाई पाखा लाएर जान्छ । तर उ कहिँ जाँदैन क्वाटर, सिँहदरवार, उद्घाटन, सिलान्यास वा कसैसँगको सामान्य भेटमा पुग्छ । सिँहदरवारदेखि क्वाटरसम्म मन्त्रीको उठबस र भेटघाट हुन आउने मान्छेहरुको ताँति देखेरै यो विषय प्रमाणित हुन्छ ।

अति साधारण विषय र अनावश्यक विषयहरुमा दैनिकी गुजार्ने मन्त्रीले किन आकस्मिक साइरनको प्रयोग गर्छ ? यो दासयुग र सामन्तवादी युगको मालिक र महाराजाहरुको युग त होइन तर, हामी जनताभन्दा फरक हौं भनेर देखाउनको लागि मन्त्रीहरुले देखाउने साइरन दादागिरी कहिले रोकिने ? त्यसैले पुरानै उखान दोहोर्याउन मन लाग्छ, सरकारको कानून दैवले जानुन् !

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies