Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

सभामुख छान्न नेकपालाई किन सकस ?

काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण पोखरेलले सामाजिक सञ्जालमार्फत शुक्रबार सत्तारुढ नेकपाभित्र सभामुख चयनमा देखिएको अन्यौलतालाई हेर्दै ‘दुई पाइलटले चलाएको जहाज दुर्घटना तिर त होइन ?’ भनि गम्भिर आशंका व्यक्त गरे । उनले सभामुख चयनमा देखिएको अन्यौलता र त्यसको निकास तर्फ संकेत गरेका थिए । उनले संकेत गरेजस्तै सत्तारुढ नेकपाको ‘जहाज’ अन्त्यतै ठूलो अन्यौलतातर्फ सोझिएको छ । जहाज सभामुख चयन गर्ने प्रक्रियाका कारण ‘मध्य आकाशमै टर्बुलेसनमा’ पर्न खोजेको त होइन् ? गम्भिर आशंका छ ।

सभामुख पद रिक्त भएको करिब ४ महिना हुनै लागेको छ । यौन दुव्यवहारको आरोप लागेसँगै कृष्णबहादुर महराले गत असोज १४ मा सभामुख पदबाट राजीनामा दिएका थिए । तर उनको बर्हिगमनसँगै रिक्त रहेको सभामुख पद हिउँदे अधिवेशन आउँदै गर्दा पनि पुर्ति हुन सकेको छ । मुख्यतः बहुमत प्राप्त दल नेकपाभित्रको द्वन्द्वको कारण सभामुख चयन हुन नसकेको हो । तत्कालिन माओवादीले पाएको सभामुख पद पार्टी एकतापश्चात कुन पक्षले लिने भन्नेमा द्वन्द्व सिर्जना हुँदा चयन प्रक्रिया सकसपूर्ण बनेको धेरैको विश्लेषण छ ।

महराले राजीनामा दिएको केहि समयलगत्तै अर्थात् असोज २८ मा बसेको नेकपा सचिवालय वैठकले उपसभामुखलाई राजीनामा गर्न लगाएरै भए पनि सभामुख पदमा नेकपाले दाबी गर्ने निर्णय गरेको थियो । चर्चा भएअनुसार उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री पद दिने गरि राजीनामा दिन लगाउने नेकपाले निर्णय गरेको थियो । नेकपाले संसदको हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने योजना बनाएको थियो । तर यता हिँउदे अधिवेशन सुरु हुँदै गर्दा पनि तुम्बाहाम्फेले राजीनामा दिएकी छैनन् भने अर्कोतर्फ संसदीय प्रक्रिया पनि रोकिन पुगेको छ ।

शुक्रबारको संसद वैठकबाट सभामुख चयनको कार्यतालिका प्रकाशित हुने धेरैको आंकलन थियो । तर सभामुख निर्वाचनको कार्यतालिका पारित गर्ने कार्यसूची रहेपनि ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरि बैठक स्थगित भएको छ । संसद आगामी पुस १६ गतेसम्मको लागि सूचना टाँस गरि स्थगित भएको छ । जनाइएअनुसार सहमति भएमा उक्त दिन सभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

सभामुख चयन गर्न नेकपालाई किन सकस ?

पार्टी एकतापूर्व तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति भएसँगै सभामुख पद तत्कालिन माओवादीले पाएको थियो । पार्टी एकताभएसँगै पनि तत्कालिन माओवादी पक्षले पाएको सबैभन्दा ठुलो कार्यकारी पद सभामुख थियो । तर महराको बर्हिगमनसँगै सभामुख पद कुन पक्षले लिने भन्नेमा नेकपाभित्र सकस देखिएको छ । अहिले पूर्वएमाले पक्षले एकतापश्चात पूर्व पार्टीको हिसाब नहुने भन्दै आफ्नो पक्षकाले पनि पाउनुपर्ने दाबी अगाडि सारेका छन् भने पूर्वमाआवादीले आफुँले पाउनुपर्ने सरल दाबी अगाडि सारेका छन् । तर महराले राजीनामा दिएको ४ महिना पुग्नै लाग्दा पनि सभामुख पदमा कसलाई राख्ने अन्यौल टुटेको छैन् ।

नेकपाका सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सभामुख चयनमा ठूलो अन्यौलता नरहेको दाबी गर्छन् । उनी सभामुख चयनको लागि शीर्ष तहमा र पार्टीभित्र छलफल हुन नपाएको भन्दै छलफल भएसँगै चाँडै टुंगीने बताउँछन् । ‘पार्टी एक भईसकेपछि कुन पक्षले लिने भन्ने विषय हुँदैन्, नेकपामा अब पूर्वमाओवादी र पूर्वएमाले भन्ने छैन्, त्यसकारण भागवण्डा गरेर जिम्मेवारी दिने भन्ने हुँदैन्’, श्रेष्ठले अगाडि भने ‘शीर्ष तहमा कुरा हुन पाएको छैन् हुने वित्तिकै टुंगीन्छ । यो ठूलो विषय होइन् ।’

उनले को बन्छ सभामुख भन्नेमा खुलाउन चाहेनन् । उनले सभामुख पार्टीभित्रको सहमतिबाट जसलाई पनि दिन सकिने बताए । चर्चामा आएका पात्रप्रति सामान्य छलफल चलेको भएपनि पार्टीभित्र गहिरो गरि छलफल नचलेको श्रेष्ठको भनाई छ । उनले सभामुख चयनको मुद्दाले पार्टीभित्र संकट सिर्जना हुँदै गएको सन्दर्भलाई अस्वीकार गरे । उनले भने ‘सभामुख चयन भनेको सामान्य प्रक्रिया हो, यस्ता विषयले पार्टीभित्र विग्रह भन्ने विषय हुँदैन्, यसलाई सामान्यकृत रुपमा बुझ्नुपर्छ ।’

सभामुखमा क–कसको दाबेदारी बलियाे ?

महराले पदबाट राजीनामा दिएको केहि समयपश्चात बसेको सचिवालय वैठकले उपसभामुख छोडेर सभामुखमा पार्टीले दाबी गर्ने निर्णय गरेको थियो । सचिवालयका नेताहरुले तुम्बाहाम्फेले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने धारणा सार्वजनिक गरेका थिए । तर, राजीनामा नदिएकी तुम्बाहाम्फेले आफुँले पद पाउनुपर्ने भन्दै दाबी अगाडि सारेकी छिन् । उपसभामुखसमेत रहेकी शिवमाया तुम्बाहाम्फेले आफुँ सभामुख पदको लागि योग्य भएको भन्दै आफुँले नै सभामुख पद पाउनुपर्ने दाबी सार्वजनिक सञ्चार माध्यममार्फत गरिरहेकी छिन् । उनले विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा आफुँले न्यायिक रुपमै सभामुख पद पाउनुपर्ने बताएकी छिन् ।

तुम्बाहाम्फेसँगै नेकपाभित्र सभामुखको लागि सुवाचन्द्र नेम्वाङ र अग्नी सापकोटाको दाबेदारीको विषय बाहिर आएको छ । नेकपाको शीर्ष तहमा नेम्वाङ र सापकोटाको चर्चा गम्भिर रुपले चलेको बताइन्छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सापकोटालाई सभामुख बनाउने योजनामा रहेको बाहिर आएको थियो । यता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपि शर्मा ओली कसलाई सभामुख बनाउने भन्नेमा भने अन्यौलमा छन् । जनाइए अनुसार उनि शिवमाया तुम्बाहाम्फे र सुवासचन्द्र नेम्वाङको विषयमा पनि सकारात्मक नै छन् ।

यसअघि पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती, नेकपा प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङ्ग र पम्फा भुसालको विषयमा पनि पार्टीभित्र चर्चा चलेको थियो । जनाइएअनुसार सभामुख चयनको रस्साकस्सीबीच पूर्वमाओवादी पक्षका सापकोटा सभामुख बन्नेमा सम्भावना प्रबल छ । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सापकोटाको विषयमा अलि महत्वका साथ छलफल चलेको नेकपा स्रोतले जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies