Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया केही दिन धकेलिने भएको छ ।

शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । नेकपाका अध्यक्षद्वयको छलफल निष्कर्षमा पुग्न नसकेपछि संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।

नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीबीच पेचिलो बन्दै गएको छ । पूर्वएमालेबाट प्रधानमन्त्री ओलीका विश्वसिला पात्र पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अध्यक्ष प्रचण्डका विश्वासिला पात्र अग्नि सापकोटालाई सभामुखकोरुपमा अघि सारिएपछि सभामुख छान्न सकस भएको छ ।

बुधबारै गृहजिल्ला चितवन गएका दाहाल बिहीबार पनि काठमाडौं नफर्किएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचमा कुन संवाद हुन सकेको छैन । नेकपाको सचिवालयले सभामुखको टुंगो लगाउन दुई अध्यक्षलाई नै जिम्मा दिएको थियो ।

सचिवालयले बिहीबार दिउँसो सभामुख निर्वाचनका लागि दिन निर्धारण गर्ने गरी शुक्रबारको बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरेको थियो ।

संसद्को कार्यव्यवस्था समिति बैठकले १३ गते १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता र १४ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको थियो ।

यस्तै, शुक्रबारको संसद बैठक जेष्ठ सदस्य महन्त ठाकुरले संचालन गर्ने गरी उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा दिन सहमति भएपनि अहिलेसम्म उनले राजिनामा दिएका छैनन् ।

यस्तै, प्रधानमन्त्री ओलीले यस अघि सभामुख कृष्णबहादुर महराबाट असहयोग गरेको महशुस गरेपछि यस पटक सरकार र संसदबीच समन्वय गर्न सक्ने उपयुक्त पात्रकोरुपमा ओलीले आफु निकटलाई सभामुख बनाउने अडान राखेको बुझिएको छ ।

तर, यस विषयमा प्रचण्डले ग्रिन सिङ्नल नदिएकोले कुनै निर्णय हुन सकेको छैन । पूर्वसभामुख नेम्वाङलाई प्रधानमन्त्री ओलीले अघि सारिसकेकाले यस विषयमा उनी ब्याक हुननसक्ने ओलीका निकटतस्थले बताएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले सरकारका कतिपय काम र निर्णयमा असहयोग गरेको भन्दै ओलीले सार्वजनिक रूपमै आलोचना गर्दै आएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies