Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लेस्टरसिटी आफ्नै मैदानमा लिभरपुलसंग ४–० गोलले हार्यो

एजेन्सी । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको लेस्टर सिटीले लिभरपुलसँग नै नमिठो हार खेपेको छ । जारी सिजन सानदार प्रदर्शन गरिरहेको लिभरपुलले सुक्रबार राति लेस्टरसिटीलाई उसैको मैदानमा ४–० गोलले हरायो ।

लिभरपुलको फराकिलो जितमा रोवर्टो फिर्मिनोको दुई गोल गरे । जेम्स मिल्नर र एलेक्सजेन्डर अर्नोल्डले एक एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

फिर्मिनोले ३१औं मिनेटमा अर्नोल्डको पासमो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा आठ मिनेटको अन्तरमा तीन गोल हानेको थियो । ७१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोस्रो गोल गरे । लेस्टरका कार्लर सोयन्कुले डिबक्स भित्र भर्जिल भान डाइकलाई लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

७४औं मिनेटमा फिर्मिनोले अर्नोल्डकै पासमा व्यक्तिगत दोस्रो गरे । ७८औं मिनेटमा अर्नोल्डले साडियो मानेको पासमा गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए । खेलभर लिभरपुलको दबाब झेलेको लेस्टर निरिह बन्यो ।

यस जितसँगै शीर्ष स्थानको लिभरपुल थप बलियो बनेको छ । लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले १८ खेलबाट ५२ अंक बनाएको छ । दोस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ । लेस्टरले एक खेल बढी खेलेको छ तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको ३८ अंक छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies