Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेकपाको भावी जीवन : विचारको प्राज्ञिकता कि व्यवहारिकता ?

नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको सात दशकभन्दा बढी समय भईसकेको छ । यो अवधिमा नेपाली नेताहरुले यसको नेपालीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अरु देशका अनुभवलाई सन्दर्भ सामाग्री मानेर आफ्नो देशको परिस्थितिअनुसार पार्टीको सैद्धान्तिक निरुपण हुने दर्विलो धरातल निर्माण भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि प्रकाशित पहिलो पर्चामा प्रयोग भएको भाषा नेपाली सन्दर्भ प्रयोग गरिएको देखिन्छ । त्यो पर्चामा प्रयोग भएको भाषा यस्तो छ–“नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाईं एउटा क्रान्तिकारी लडाईं हो, यसकारण यो लडाईं अहिंसात्मक सम्ममात्र सीमित हुनुहुँदैन…।” यो पर्चामा रसियन र चिनिया क्रान्तिका सन्दर्भहरु थोरैमात्र प्रयोग गरिएको पाईन्छ ।

नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणा पत्रमा यस्तो लेखिएको छ–“नेपाली जनताले एउटा भिन्नै बाटो लिनु पर्दछ । त्यो बाटो हो–विश्व जनवादी शिविरसित सक्रिय मेलगरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी पूँजीवादी आधिपत्यलाई पूरैसित खतम गर्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्यसत्ता स्थापना गर्नु, अर्थात् यस्तो राज्य व्यवस्था कायम गर्नु,जसमा जनता राष्टको सम्पत्तिका मालिक हुनेछन् ।” यो दस्तावेजमा प्रयोग भएको भाषा सरल र सर्वसाधारणले बुझ्ने खालको छ ।

जननेता मदन भण्डारद्वारा २०४९ सालमा आयोजित तत्कालीन नेकपा(एमाले)को पाचौं महाधिवेशनमा प्रस्तुत “नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद”मा प्रयुक्त भाषा यस्तो छ –“प्रत्येक व्यक्तिलाई जनता र राष्टको निम्ति सोंच्ने र बोल्ने तथा आफ्ना अनूभुहिरु अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ यो स्वभाविक र प्रकृतिसङ्गत कुरा हो । यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाईने र विरोधमा मुख खोल्न नपाईने व्यवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन ।”

मदन भण्डारीले अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनका प्रयोग हुने गरेका क्लीष्ट शब्दावली सकेसम्म हटाएर नेपाली श्रमजीवी जनताले समेत सजिलै बुझ्न सक्ने भाषा प्रयोग गरेको देखिन्छ । जनताको बहुदलीय जनवादको मूल कपि र त्यसको व्याख्या दुबैमा सरल शब्दावली र सन्दर्भहरुको प्रयोग गरिएको देखिन्छ ।

अर्कोतर्फ जनयुद्धको गहिराई बढ्दै जाँदा २०५७ सालतिर कमरेड प्रचण्डद्वारा तयार गरेको एक दस्तावेज “महान अग्रगामी छलाङ : ईतिहासको अपरिहार्य आवश्यकता” मा लेखिएको छ–“माक्र्सवाद–लेनीनवाद–माओवादका क्रान्तिकारी सिद्धान्तअनुसार पार्टीलाई नयाँ जनवादी, समाजवादी र सांस्कृतिक क्रान्ति हुँदै साम्यवादसम्मको महान यात्राको नेतृत्व गर्न लायक तुल्याउन हामीले लगातार संघर्ष गर्दै आएका छौं ।

यस सन्दर्भमा सर्वाधिक महत्वपूर्ण संघर्ष नेपाली कम्युनिष्ट आन्दोलनमा हावी रहेको पूँजीवादी जनवादी क्रान्तिमा सर्वहारावर्गको नेतृत्व परित्याग गर्ने पुच्छरवादी–संशोधनवादका विरुद्ध लामो विचारधारात्मक संघर्ष हो । यो विचारधारात्मक संघर्षको सम्बन्ध पार्टीलाई विपरितको एकत्व र दुई लाईन संघर्षको बीचबाट यसको विकास गर्ने द्वन्दात्मक विधिकाविरुद्ध एकमना (Monolithic) एकताको नाममा गूटवादको अभ्यास गर्ने अधिभूतवादी चिन्तनका विरुद्धको संघर्षसँग गाँसिएको छ । ”

यो भाषाबाट अर्थ निकाल्न त्यति सजिलो छैन् । यहाँ प्रयोग भएका शब्दावली सर्वसाधारण श्रमजीवी जनताका लागि बोधगम्य छैन् । सत्तामा आईसकेपछि चिनिया कम्युनिष्ट पार्टीले सञ्चालन गरेको असफल र विवादास्पद कार्यक्रम ग्रेट लिप फरवार्ड (१९५८–१९६२) को राम्रो अध्ययन नगरी शीर्षक “महान अग्रगामी छलाङ”बारे बुझ्न सकिने कुरा भएन ।

तत्कालीन अवस्थामा चिनिया जनता रहेको भनिएका चारवटा पुराना कुराहरु–विचार, रीतिरिवाज, संस्कृति र बानीलाई उन्मूलन गर्ने प्रमुख ध्येय राखेर क. माओको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म सञ्चालित विवादास्पद र धेरै हदसम्म असफल सर्वहारा सांस्कृतिक क्रान्तिको इृतिवृतान्त नपढेको र माओको निरन्तर क्रान्ति नबुझेको पाठकले यो दस्तावेज बुझ्दैन ।

अरु त अरु कमरेड प्रचण्डको सर्वाधिक चर्चित दस्तावेज “एक्काईसौं शताब्दीको जनवाद” सामान्य पढालेखा श्रमजीवी जनताको लागि बोधगम्य छैन् । खासगरी प्रतिक्रान्तिबाट जोगिने उपायको विस्तृत चर्चा गरिएको यो दस्तावेज भन्छ –“निश्चिय नै महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्म आईपुग्दा यसका आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । यो प्रश्न पार्टीभित्र चल्ने दुईलाईन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।” बुझ्नै कठिन । कतैबाट भाषा रुपान्तरण गरी ट्याक्क राखेजस्तो । हेर्दा राम्रो जटिल आयातित ब्राण्डजस्तो ।

सोभियत संघमा नब्बेको दशकमा भएको प्रतिक्रान्तिबारे मदन भण्डारीको दस्तावेज बोल्छ– “समाजवाद निर्माणको प्रक्रियामा नियन्त्रण र सन्तुलनको स्थिति कायम गर्न नसक्नु, सबै कुरामा राज्यको अति केन्द्रित नियन्त्रणको प्रणाली कायम गर्नु, उत्पादनको प्रत्येक ईकाईहरुमा उत्तरदायित्वको विकास गर्न नसक्नु, उत्पादकत्व बढाउनको निम्ति प्रोत्साहन नहुनु, नयाँ–नयाँ प्रविधिको अनुसन्धान एवं विकास गर्न नसक्नु, समस्त राजकीय तथा आर्थिक मामिलामा समेत जनताका स्वतन्त्र ईच्छाहरुलाई अभिव्यक्त हुन नदिनु,……..” श्रमजीवी जनताको बोध शक्तिलाई ध्यानमा राखेर दस्तावेज लेख्ने मदन भण्डारीको यो शैली अनुकरणीय छ । दस्तावेज लेख्दै गर्दा आफू पछाडि रहेका लाखौं जनता नसम्झे त्यो दस्तावेजको खास उपादेयता हुने छैन् ।

नेपालको कम्युनिष्ट आन्दोलन सिद्धान्तको अनावश्यक आयातबाट आक्रान्त छ । विगतमा जनताको बहुदलीय जनवादले सिद्धान्तको एकोहोरो आयात न्यूनीकरण गर्न ठूलै भूमिका खेलेको थियो । सिद्धान्तको आयातभन्दा स्वदेशमै उत्पादन गर्न जोड दिएको थियो । नेकपाको सैद्धान्तिक निरुपण हुँदै गर्दा यसको कस्तो लेखाजोखा होला ?

जनताको तहमा नबुझिने ‘वाद’हरुको भुमरी सिर्जना गर्नुभन्दा जनताको बहुदलीय जनवादजस्तो भाषिकरुपमा समेत सरल र सुस्पष्ट विचार निर्माण आवश्यक छ । साथै, विचारको प्राज्ञिकताभन्दा अहिले विचारको व्यवहारिकता अपेक्षित छ । नेपाली जीवन व्यवहारमा प्रयोग नहुने ‘सुन्दर’ विचारको व्याख्या गरेर समय व्यथित गर्नु राष्ट्रकै लागि ठूलो घाटा हो । सिद्धान्तका पारखीहरु एकपटक मदन भण्डारीको बोध र लेखन शैलीतिर फर्कँदा राम्रो होला ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies