Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कमजोर बन्दै भाजपा, एकै वर्षमा गुम्यो ठूला ५ राज्यबाट नेतृत्व

काठमाडौं । केन्द्रमा सत्ता चलाईरहेको भारतीय जनता पार्टी (भाजपा) राज्य स्तरमा भने खुम्चिदै गएको छ । एक पछि अर्को विधानसभा निर्वाचनको परिणामसँगै भाजपा राज्य स्तरका नेतृत्वबाट बाहिर बन्दै गईरहेको हो । महाराष्ट्रमा ठूलो पार्टीको रुपमा विधानसभा निर्वाचनबाट नतिजा ल्याए पनि सत्ता प्राप्ति गर्ने खेलमा बाहिरिएको भाजपा यसअघि नेतृत्व गरेको झारखण्डबाट पनि नराम्रोसँग बाहिरिएको छ । झारखण्डमा भाजपा इतरका शक्तिहरुले सरकार गठनको प्रक्रिया अगाडि बढाएका छन् ।

झारखण्डमा मुश्किलले दोस्रो पार्टी बन्यो

गत सोमबार भएको झारखण्ड विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले निकै नराम्रो नतिजा हात पार्यो । ८१ सिटको लागि भएको विधानसभा चुनावमा भाजपाले जम्मा २५ सिट मात्रै ल्याउन सफल भयो ।

विधानसभा चुनावबाट ३० सिट ल्याउँदै झारखण्ड मुक्ति मोर्चा झारखण्डको सबैभन्दा ठूलो पार्टी बनेको छ । नतिजामा कांग्रेसले १६ सिट प्राप्त गरेको छ । त्यसैगरि चुनावबाट झारखण्ड विकास मोर्चाले तीन, निर्दलीय र एजेएसयूले दुई/दुई र राजद, एनसीपी तथा सीपीआईएमएलले एक/एक सिट प्राप्त गरेका छन् ।

नतिजासँगै झारखण्ड मुक्ति मोर्चा(झामुमो), कांग्रेस र राजद गठबन्धनले स्पष्ट बहुमत ल्याएका छन् । यसप्रकार झारखण्डमा बहुमतको लागि चाहिने सीट संख्या ४७ झामुमो, कांग्रेस र राजद गठबन्धनले स्पष्ट रुपमा प्राप्त गरेका छन् ।

यो नतिजासँगै २०१८ सम्म झारखण्डको नेतृत्व चलाएको भाजपा सत्ता बाहिर पुगेको छ । झारखण्डमा झामुमो, कांग्रेस र राजद गठबन्धनबाट सरकार बन्दै गर्दा भाजपा प्रतिपक्ष दल हुनेछ ।

यसअघि मध्य प्रदेश, छत्तीसगढ, राजस्थान र महाराष्ट्रमा भएको विधानसभा निर्वाचनबाट पनि भाजपाले नराम्रो नतिजा ल्याएको थियो । २०१८ सम्म नेतृत्व गरिरहेको भाजपा ती राज्यहरुमा अहिले प्रतिपक्ष बनेको छ ।

महाराष्ट्रमा पनि भाजपाको नराम्रो हार

महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टीको रुपमा उभिएको भाजपाले सरकार बनाउन खेलमा भने असफलता प्राप्त गर्यो । २८८ सीटको विधानसभामा १०५ सिट ल्याएको भाजपा ठूलो पार्टी हुँदाहुँदै सत्ता बाहिर पुगेको छ । महाराष्ट्रमा ५६ सिट जितेको शिवसेनाले नेतृत्व गर्दै सरकार बनाएको छ । १०५ सिट भाजपाले पाउँदा महाराष्ट्रमा शिवसेना ५६, राकाम्पा ५४ र कांग्रेसले ४४ सिट प्राप्त गरेको थियो ।

२४ अक्टूबरमा विधानसभा चुनावको परिणाम आएसँगै महाराष्ट्रमा शिवसेना र भाजपाबीच सत्ताप्राप्तीको लागि निकै चर्को संघर्ष चलेको थियो । अन्ततः शिवसेनाका प्रमुख उद्धव ठाकरेले राज्यको मुख्यमन्त्री पदको सपथ लिन सफल भए । परिणाम आएको ३६ दिनपश्चात महाराष्ट्रमा सरकार बनेको थियो ।

२०१८ देखि निरन्तर ओरालो यात्रामा भाजपा

लोकसभा निर्वाचनमा देशैभरिबाट बलियो उपस्थिति देखाउँदै जीत हाँसिल गरेको भाजपाले राज्यस्तरमा भएका विधानसभा निर्वाचनमा भने अति नै नराम्रो नतिजा ल्याईरहेको छ । २०१८ पश्चात देशैभरि भएका विधानसभा निर्वाचनमा कुनैपनि ठुलो राज्यबाट निर्णायक बन्न सकेको छैन् ।

२०१८ को डिसेम्बरबाट छत्तीसगणको सत्तामा कांग्रेस १५ वर्षपछि फर्किन सफल भयो । यता राजस्थान र मध्य प्रदेशमा पनि कांग्रेसले सत्ताको नेतृत्व अवसर प्राप्त गर्यो ।

मध्य प्रदेशको कुल २३० सिटको लागि भएको विधानसभा निर्वाचनमा कांग्रेसले ११४ सिट प्राप्त गरेको थियो । कांग्रेसले मध्य प्रदेशमा बसपा केदो, सपा र अन्य चार निर्दलीय विधायकको समर्थनमा सरकार चलाएको छ । त्यहाँ कांग्रेसको समर्थनमा १२१ विधायकको समर्थन प्राप्त भएको थियो । मध्यप्रदेशमा भाजपाले जम्मा १०८ सिट प्राप्त गरेको थियो ।

२०१७ सम्म ७१ प्रतिशत राज्यमा शासन गरेको भाजपा अहिले ३५ प्रतिशतमा

झारखण्डको सत्ताबाट बाहिरिएसँगै सत्तारुढ पार्टी भाजपा देशैभरिका ३५ प्रतिशत राज्यमा मात्रै सिमित भएको छ । सन् २०१७ सम्म भाजपाको केन्द्र र ७१ प्रतिशत राज्यमा शासन थियो ।
गत अप्रिलदेखि मईसम्म भएको लोकसभा चुनावमा भाजपाले ठूलो जित प्राप्त गरेपनि धेरै राज्यहरुमा भएको विधाससभा चुनावमा भने हार व्यहोरेको छ । आउँदो समयमा दिल्ली र बिहारमा चुनाव हुँदै छ ।

भाजपाको लागि यो निकै चिन्ताको विषय हो । २०१८ देखि राज्यस्तरमा भएको चुनावमा भाजपा निरन्तर गिर्दै गईरहेको छ । पछिल्लो समय मध्य प्रदेश, छत्तीसगढ र राजस्थानबाट भाजपाले सत्ता गुमाएको छ ।

राजनीतिक जानकार भाजपाले विधानसभा चुनावमा आफ्नो रणनीति बदल्नुपर्ने टिप्पणी गर्दछन् । हरियाणा र महाराष्ट्रमा भएको चुनावमा विपक्षी दलले पछिल्लो समय राम्रो कुटनीति प्रदर्शन गरेका छन् । भाजपा दुवै राज्यमा सबैभन्दा ठूलो पार्टी बनेर पनि सत्ता सञ्चालनको लागि भने असमर्थन बन्न पुगेको छ ।

भाजपाले हरियाणामा जननायक जनता पार्टीसँग हात मिलाएर सरकार बनाए पनि महाराष्ट्रमा प्रतिद्वन्द्वी कांग्रेस–राकाम्पाको अगाडि उ कमजोर देखियो । उनिहरुले शिवसेनासँग मिलेर सरकार बनाउन सफल भए । (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies