Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फेवातालको संरक्षण गर्न सरकार प्रतिबदृ छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरास्थित बेतयानी खोलामा निर्माण हुँदै गरेको सिन्टेसन बाँध र सिल्टपोखरीको शिलान्यास गर्दै उनले फेवाताल पोखराको पहिचान भएकोले संरक्षणको लागि सरकारले कुनै कसर नराख्ने बताए ।

प्रदेश सरकारले ताल विकास प्राधिकरण ऐन निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै मन्त्री गुरुङ्गले तालतलैयाको आसपासमा जथाभावी गरिने विकास निर्माणले वातावरणका साथै सो क्षेत्रका जलाशयसमेत सङ्कटमा पर्ने गरेको धारणा राखे। गुरुङ्गले सङ्घीय सरकारले सिमाङ्कन, प्रदेश सरकारले सीमाको संरक्षण र स्थानीय सरकारले नदीजन्य वस्तुको व्यवस्थापन गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

फेवातालका माध्यमबाट पोखरामा पर्यटन व्यवसायीले राम्रो आयआर्जन गर्नुका साथै समग्र पोखरेली केही न केहीरुपमा यसबाट लाभान्वित भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखराका नौ वटासहित गण्डकी प्रदेशका समग्र तालको संरक्षण र विकास गर्नु तीनवटै तहका सरकारको दायित्व रहेको बताए । उनले फेवातालको सिमाङ्कनका लागि सङ्घीय सरकारको भूमि सुधार मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले वर्षाको समयमा खहरेखोलाले बगाएर ल्याएको ढुङ्गा, माटो, बालुवालगायतको नदीजन्य वस्तुलाई फेवातालमा जानबाट रोक्न सिल्टेसन बाँधले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। चार वटा खोलामा निर्माण गरिएका सेल्टपोखरीमा वार्षिक तीन लाख घनमिटर वस्तु जम्मा हुने र त्यसलाई बजारमा बिक्री गरेर लगभग रु २३ करोड आम्दानी गर्ने लक्ष्य महानगरले लिएको बताउँदै उनले त्यसबाट भएको आम्दानी आवश्यकताअनुसार अन्य क्षेत्रको संरक्षणमा लगानी गरिने जानकारी दिए।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरले यसअघि ६० हजार घनमिटर माटो झिकेर १५ रोपनी तालको आधार वृद्धि गरेको बताउँदै सिल्टेसन बाँध निर्माणले फेवातालको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काप्mलेले पोखरा–२४ स्थित बेतयनी खोलालगायत लौरुक, अँधेरीखोला, हर्पनखोला र घाँटीछिनामा १५ महिनामा सिल्टेसन बाँध निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिए।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies