Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

घुम्ने होइन त भकुण्डे ?

बागलुङ । आउँदो सातादेखि भ्रमण वर्ष शुरु हुँदैछ । बागलुङ घुम्न चाहनेलाई उपयुक्त गन्तव्यस्थल हो, भकुण्डे । तपाईं पनि योजना बनाइहाल्नुस् । भकुण्डे नपुगे बागलुङ घुमघाम अपुरो हुन सक्छ । भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत गाउँ हो ।

यसको चिनारीमा घरवाससमेत थपिएको छ । बागलुङ नगरपालिका–१० स्थित सो गाउँ अहिले पर्यटकको रोजाइमा छ । गएको कात्तिकमा विश्व भेगन समूहमा आबद्ध युरोप र अमेरिकाका पर्यटकले भकुण्डेलाई रोजे, घरवासमा रात बिताए । त्यसयता चिनियाँ पर्यटकले हेलिकप्टर नै लिएर त्यहाँ पुगे ।

कोरियाका विद्यार्थी÷पर्यटकसमेत बेलाबेला भकुण्डे पुग्छन् । आन्तरिक पर्यटक त जाने नै भए । खुलेको मौसममा त्यहाँ पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । दन्तेलहरझैँ देखिने हिमालले यात्राको थकान र तनाव बिर्साउँछ । ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहनले उसैगरी लोभ्याउँछ । बागलुङ सदरमुकामदेखि १० किमि कच्ची सडकको यात्रामा भकुण्डे पुगिन्छ । पैदल हिँडे जम्मा दुई घण्टा । शहरको कोलाहल र प्रदूषण पन्छाएर छिन भरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ । जहाँबाट २२ भन्दा बढी चुचुरा देख्न पाइन्छ । सूर्योदय र सूर्यास्तको छेकोमा त झन हिमाली दृश्य मनमोहक लाग्छ ।

भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । गाउँको सिरान मुलाबारीमा बनेको ‘भ्यूटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ । गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायतका हिमाल आँखैअघि ठोक्किन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्त याम हो ।

सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्यूटावर’ पुग्छन् । दुई हजार ३०० मिटर उचाइमा अवस्थित ‘भ्यूटावर’ पुग्न गाउँदेखि पैदल २० मिनेट लाग्छ । हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटकले भकुण्डेलाई रोज्छन् । भकुण्डे हुँदै छिमेकका पर्यटकीयस्थल भैरवस्थान मन्दिर र गाजाको दह पुग्न सकिन्छ ।

सरकारले भकुण्डे–भैरवस्थान–गाजाको दह समेटेर पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको छ । भैरवस्थान बानपा–१२ र गाजाको दह जैमिनी नगरपालिका–३ मा पर्छ । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरवास (होमस्टे) चल्यो, नयाँ गन्तव्य भेटिए, प्रचारप्रसार भयो, विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँका रुपमा फेरियो ।

“पर्यटक आउने क्रम बढ्दो छ, भ्रमण वर्षमा अझ थपिने अपेक्षा छ”, घरवास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो । भ्रमण वर्षलाई लक्षित गरी हाल नौ घरमा मात्र रहेको घरवास कार्यक्रमलाई थप विस्तार गर्ने योजना छ । दैनिक सय जना पर्यटक राख्ने क्षमता भकुण्डेको ‘अतिथि सत्कार घरवास’ सँग छ ।

शुक्रबारदेखि शुरु हुने बागलुङ महोत्सवमा समेत उक्त घरवासको छुट्टै ‘स्टल’ राख्ने तयारी छ । घरवाससँगै ‘भ्यूटावर’, बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदि भकुण्डेका पर्यटकीय आकर्षण हुन् । दिनभर गन्तव्यस्थल घुमेपछि घरवासमा रात बिताउनु पर्यटकका लागि आनन्ददायक हुन्छ ।

मुख्य याममा त भकुण्डेमा पर्यटकको चहलपहल नै देखिन्छ । “धेरैजसो नेपाली पाहुना नै हुन्छन्, पछिल्लो समय विदेशी पर्यटक पनि आउन थालेका छन्”, घरवास सञ्चालक इन्द्रा थापामगरले भने । पर्यटकलाई आकर्षित गर्नका लागि विसं २०६८ मा घरवास कार्यक्रम शुरु गरिएको थियो । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्न पर्यटकले घरवास रोज्छन् ।

पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराइने सञ्चालक थापामगरको भनाइ छ । खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ ।

पाहुनालाई स्थानीय खानाको स्वादसँगै मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरवासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढाइएको छ । ‘भ्यूटावर’ को सम्भारका साथै पदमार्ग निर्माणका लागि वडाको रु पाँच लाख बजेट छ ।

“भ्यूटावरमा सानो भवन बनाउने योजना छ, अवलोकन गर्ने ठाउँमा सिसा लगाउँदैछौँ”, वडाध्यक्ष प्रेमबहादुर थापाले भन्नुभयो । गाउँको सिरानदेखि ‘भ्यूटावर’ जोड्ने पदमार्गको बाँकी काम यही वर्ष पूरा हुने उनको भनाइ छ । घरवासको क्षमता विकासका लागि प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ ।

बराहताल र रिठेखोलाबाट घरवाससम्म पदमार्ग निर्माणको कामलाई पनि अघि बढाइने वडाले जनाएको छ । बागलुङ नगरपालिका, जेसीज, उद्योग वाणिज्य सङ्घलगायतले भकुण्डेको पर्यटन प्रवद्र्धनमा सघाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies