Khabar Dabali Logo
  February 19, Wed

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक गतिविधिमा संलग्नबाट अलग भइ आफ्नै काममा केन्द्रित रहन सुझाव दिएका छन् ।

पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपतिले नेताहरुलाई शितल निवासमा बोलाएर राष्ट्रपतिले राम्रो काम नगरेको बताए । उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहँदा मन परेका नेताहरुलाई बोलाएर छलफल नगरेको भए राम्रो हुन्थ्यो । यस्तो नगर्नोस आफ्नै कामकारवाहीमा केन्द्रित रहनोस ।’

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने काम कसैले पनि गर्न नहुने उनको तर्क थियो । साथै राष्ट्रपति आफैँले राजनीतिक गतिविधिमा संलग्न हुन नहुने पन्तको आग्रह थियो ।

यस्तै सरकार कुनै पनि विवादमा फस्न नहुने पनि उनको सुझाव थियो । ‘सरकारले कसैलाई पनि काखी च्याप्नु हुँदैन । भ्रष्टाचारजन्य गन्ध आउनु हुँदैन, उनले भने । यसवाहेक भारतसँगको सीमा विवाद चाँडो भन्दा चाँडो समाधान गर्नुपर्ने नेता पन्तको भनाइ थियो ।

उनले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमिबारे सरकारले अहिले लिएको स्ट्यान्ड ठीक छ । सीमा विवाद पुरानो हो । अब यो विवादलाई यथासक्य चाँडो हल गर्नुपर्छ । सरकारलाई राम्रो जनसमर्थन छ । यही बेलामा पहलकदमी लिनुपर्छ ।’

यस्तै पन्तले भारतसँग बिस्तारै पासपोर्ट लागु गर्नुपर्ने धारणा पनि राखेका छन् ।

पुस ७ गते, २०७६ - १७:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   

ललितानिवास प्रकरणः गोप्य फाइल खोतल्दै सिआइबी

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय...   

कोरोना भाइरसको प्रभाव : सुन हालसम्मकै महँगो

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । आजको गोरखापत्र...   

कुखुराका चल्लामा एक सातामा १२ करोड लुट

काठमाडौं । ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको छ।...   
अनिश्चितकालको लागि स्ववियू चुनाव स्थगित

अनिश्चितकालको लागि स्ववियू चुनाव स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको...   
भैरवनाथ गणको पनि छानविन गर्छौं : वेपत्ता आयोगका अध्यक्ष सुवेदी

भैरवनाथ गणको पनि छानविन गर्छौं : वेपत्ता आयोगका अध्यक्ष सुवेदी

काठमाडौं । वेपत्ता छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top