Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित उच्चस्तरको संलग्‍नता रहेको आरोप लगाउँदै तत्काल छानबिन गर्न माग गरेका छन् ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले भने, ‘नेपाल ट्रष्टको सम्पत्ति हिनामिना प्रकरणमा उच्चस्तरीय संलग्‍नता देखिएको छ। यो गम्भीर विषय हो। छानविन हुनुपर्छ ।’ उनले भने, ‘नेपालको ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदैछ । यो मुलुकका निम्ति राम्रो कुरा हुँदैन । नेपाल ट्रष्टअन्तर्गत रहेको गोकर्णेश्वर नगरपालिकामा पर्ने झण्डै २८ सय रोपनी जग्गा कौडीको मूल्यमा अर्को २५ वर्षका लागि लिजमा दिनुका पछाडि ठूलो आर्थिक चलखेल रहेको बताए।’

अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धानमाथि प्रश्‍न गर्दै भने, ‘मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ। तर टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरिरहेको छ ? हुन त उसलाई यो उच्च राजनीतिक संलग्नतामा भएको कुरा राम्रोसँग ज्ञान भएर मौन बसेको होला। अख्तियार यस्तै कामका लागि गठन भएको हो तर उ बोल्ने छैन किनकि हामी सबै समान हौं। दुई तिहाईका सबैलाई छु्न हुँदैन भन्ने बुझ्‍न हामीलाई यति समय लागेको छ।’

अधिकारीले प्रधानमन्त्री ओलीलाई ब्याङ्ग गर्दै भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने प्रधानमन्त्रीको भनाइ अहिले जगहँसाई बनिरहेको छ । सत्तामा बस्दा जनता के सोच्छन् र भन्छन भन्ने थाहा नहोला तर प्रधानमन्त्री र उपप्रधानमन्त्रीको संलग्नता र सरकार पक्षबाट आश्वस्त नपार्नु राम्रो संकेत होइन। प्रधानमन्त्री कार्यालयबाट किन खण्डन भएन ?’

अधिकारीले कानून संशोधन गर्न जग्गा दलालहरुले पहिलेदेखि नै सरकारलाई चर्को दबाब दिइरहेको बताउँदै उनीहरु शक्तिशाली भएकाृेले नै सत्ताको बागडोर सरकार र पार्टीलाई नै कानुन संशोधन गर्न बाध्य पारेको बताए ।

अधिकारीले अब भक्तपुरको ११६ रोपनी नेपाल ट्रष्टको जग्गामा पनि दलालहरुले आँखा लगाएको बताउँदै यसलाई जोगाउन नागरिक सक्रियताको खाँचो रहेको औल्याए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies