Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

क्रिकेट क्रेज बढाउँदै पीपीएल : मुख्यमन्त्री गुरुङ

कास्की । “गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पार्यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र प्रचार भयो । प्रतियोगिताले पोखरालाई चिनाउन योगदान दियो ।” गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता उद्घाटनका अवसरमा व्यक्त गरे भनाइ हो यो ।

मुख्यमन्त्री गुरुङले भने जस्तै पीपीएलले अन्य प्रतियोगितालाई छायाँमा पारेको त छ नै क्रिकेटप्रतिको आकर्षण बढाउँदै पोखरालाई विश्वस्तरमा चिनाउन समेत मद्दत पुर्याएको छ । व्यवस्थित क्रिकेट पूर्वाधार निर्माण गर्न सकेको खण्डमा क्रिकेटको भविष्य उज्ज्वल रहेको कसैको दुई मत छैन । पोखराको क्रिकेट मैदानले विश्वको ध्यान तानेको छ ।

आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यसँग रमाउँदै खेल खेल्ने चाहना आम खेलाडीको रहने गर्दछ । फेवातालको किनार र हिमालको काखमा क्रिकेट खेल्ने त्यो चाहना पोखरामा भइरहेको पीपीएलले पूरा गर्न थालेको छ ।

पोखरा पर्यटन सँगसँगै खेलकुदको क्षेत्रमा समेत अग्रणी छ । फुटबल र भलिबलका माध्यमबाट स्वदेश तथा विदेशमा परिचित छ । दुवै खेलका बर्सेनि ठूला प्रतियोगिता यहाँ हुन्छन् । यहीँ फुटबल खेलेर अनिल गुरुङले राष्ट्रिय टोलीको कप्तानी गरे । भलिबलमा मञ्जु गुरुङसँगै अरुणा शाहीले अहिले पनि राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी छिन् । उनीहरुलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पोखराले उत्पादन गर्दै आएको छ ।

अब पोखरा फुटबल र भलिबलमा मात्र सीमित रहेन । गत वर्षबाट शुरु भएको क्रिकेटको टी–२० फ्रेञ्चाइज लिग पीपीएलले पोखरेलीलाई क्रिकेटप्रति समेत आकर्षित गराएको छ । पर्यटकीय शहरमा बर्सेनि क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता शुरु भएबाट क्रिकेटको रौनक बढाएको छ । पोखराले क्रिकेट बुझ्न र खेल्ने बानीको शुरुआत गरेको छ ।

राष्ट्रिय मात्र नभई विदेशी लिगमा समेत नाम चलेका खेलाडी पीपीपएलमा खेलिरहेकाले खेल हेर्ने दर्शकको कमी छैन । हालै सम्पन्न १३ औँ सागमा महिला क्रिकेटसमेत सम्पन्न भएबाट आगामी दिनमा क्रिकेटका राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखराले ठूलो सम्भावना बोकेको छ ।

अहिले धेरै स्थानमा बालबालिकाहरु बल र ब्याट लिएर क्रिकेट अभ्यास गर्न शुरु गरेबाट सुखद दृश्य देखिन थालेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

सबै उमेर समूहलाई क्रिकेटले छोएकाले क्रिकेट खेलको सुन्दर भविष्यको गोरेटो कोर्न शुरु भएको भन्दै उनले थपे, “यहाँ क्रिकेटको चहलपहल र रौनक ल्याउन पीपीएलले योगदान दिएको छ । क्रिकेट आकर्षण र माहौल यसले बढाएको छ ।”

पीपीएल आयोजनासँगै सरकारले समेत क्रिकेट पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेको छ । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । यसका लागि सङ्घ सरकारले चालू आर्थिक वर्षमा रु तीन करोड तथा प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेका भए पनि काम भने शुरु हुन सकेको छैन ।

प्रतियोगिता चल्दै गर्दा यहाँका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका छन् । आगामी दिनमा पोखरा क्रिकेटका लागि ‘तटस्थ भूमि’ बन्नसक्ने सम्भावनासमेत उत्तिकै छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएल क्रिकेटका माध्यमबाट पोखरालाई चिनाउने महत्वपूर्ण माध्यम बनेको बताउछन् । क्रिकेट आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई ‘एक्सपोजर’ दिएर व्यावसायिकतातर्फ उन्मुख बनाउन योगदान पुगेको चर्चा गर्दै उनले भने, “अहिले क्रिकेटका ‘फलोअर’ बढेका छन्, लगानी बढेको छ । पहिला केही नभएको अवस्थामा पोखरामा क्रिकेटको जग बसाल्न पीपीएलले योगदान गरेको छ ।” खड्काले विश्वका धेरै देशका खेलाडी यहाँ आएर खेल्न इच्छुक रहेको बताउँदै क्रिकेटमार्फत देशलाई चिनाउने सफल भएको उल्लेख गरे ।

पीपीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले आकर्षक पुरस्कार र खेलाडीलाई प्रदान गरिएको सुविधाले प्रतियोगिताको महत्व बढाएको बताउनुभयो । पीपीएल विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) ले मान्यता दिएको प्रतियोगिता हो । लामाका अनुसार स्वदेशी सँगसँगै विदेशी खेलाडीसमेत खेलिरहेको र संसारले पोखरालाई हेरिरहेकाले क्रिकेटले विकास र पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ ।

“पीपीएलमा राम्रो फिडब्याक छ, कर्पोरेट हाउसको लगानी छ । खेलाडी विकास र पूर्वाधार विकासमा यसले योगदान दिँदै भौतिक पूर्वाधार निर्माणमा सहयोग पुर्याएको छ”, लामाले थपे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies