Khabar Dabali Logo
  September 27, Sun

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल : एपीएफ फाइनलमा

काठमाडौ । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गरेका थिए । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक÷एक गोल गरेका थिए । एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गरेकी थिइन्। यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याएकी थिइन्। मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गरिन् । लगत्तै पुलिसकी घिमकुमारीले गोल गरिन् ।

मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गरिन्। आर्मी र भूटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

पुस ७ गते, २०७६ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपति भण्डारीको आह्वान

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का...   
महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

महाराष्ट्र । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको...   

कोरोनाबाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित...   
मजदूरीका लागि भारत जानेको लर्को

मजदूरीका लागि भारत जानेको लर्को

सर्लाही । कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि...   

आजदेखि फुुटसल सञ्चालन

काठमाडाै‌। कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल...   

आर्थिक प्रलोभनमा पर्ने ७७ जना ट्राफिक प्रहरी कारवाहीमा

काठमाडौं । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार...   

सरकारले गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क गर्ने

काठमाडौं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु...   

कर्णालीमा ५५ जना कोरोना सङ्क्रमित थपिए

कर्णाली । कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी...   

स्वास्थ्य मापदण्ड पालना गरी यात्रा गराउन यातायात विभागको अपिल

काठमाडौं । यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा...   

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top