Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आठ अंकसहित चितवन राइनोज शीर्ष स्थानमा

कास्की । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ ।

चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । प्रतियोगितामा सहभागी छवटै टोलीले अब एक एक खेल खेल्न बाँकी छ ।

यस्तै बुटवल ब्लास्टर्स चार खेलमा तीनमा जीत निकाल्दै छ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । काठमाडौँ गोल्डेन्स वारियर्स दुई खेलमा जीत तथा दुई खेलमा हार ब्यहोर्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

यस्तै विराटनगर टाइटन, पोखरा पल्टन र धनगढी एक्सपर्ट क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थान कायम गरेकाछन् । तीनै टोलीले एक खेलमा जित तथा तीन खेलमा हार ब्यहोरेका छन् । शीर्ष स्थानमा रहेको चितवनले मङ्गलबार लिग चरणको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससित खेल्नेछ । उक्त खेलमा हार जीत जे भए पनि चितवन फाइनल पुग्नेछ ।

दोस्रो स्थानमा रहेको बुटवलले बुधबार विराटनगर टाइटन्ससँग खेल्ने छ । बुटवलले उक्त खेल जिते फाइनल यात्रा सुरक्षित रहनेछ । पराजित भएमा अरु टोलीको नतिजामा भर पर्नुपर्नेछ । काठमाडौँले अन्तिम खेलमा चितवनलाई हराउनैपर्ने स्थिति छ । काठमाडौँले जित हासिल गरे विराटनगर र पोखराको यात्रा समाप्त हुनेछ । चौथो स्थानमा रहेको विराटनगरले अन्तिम खेलमा बुटवललाई हराए पनि प्ले अफको यात्रा सहज देखिँदैन ।

पाँचौं स्थानमा रहेको पोखरा पल्टनले आज अन्तिम स्थानमा रहेको धनगढीसँग खेल्दैछ । धनगढी प्रतियोगिताबाट बाहिरिएको छ भने पोखराको पनि प्ले अफमा पुग्ने सम्भावना न्यून छ । मङ्गलबार चितवन र काठमाडौँबीच तथा बुधबार बुटवल र विराटनगरबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ ।

दश दिनअघि शुरु भएको पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ ।

प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् ।

यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies