Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पूर्व कप्तान जयसूर्याको २२ वर्ष पुरानो किर्तिमान तोड्न सफल रोहित

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् ।

पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।

योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन् । सन् १९९७ मा जयसूर्याले ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए ।

रोहितले यस पारीमा आफ्नो करियरको ४३ औँ अर्धशतक पनि पूरा गरे ।

रोहितले यो वर्ष ओपनरका रुपमा २ हजार ४ सय ४२ रन बनाउन सफल भएका छन् । उनले पाँच टेस्टमा ९३.६६ को औसतले ५५६ रन बनाए । यस दौरानल उनले तीन पटक शतकीय पारी खेलेका थिए ।

त्यस्तै, टी–२० मा रोहितले १४ खेलमा ३ सय ९६ रन बनाए । यस क्रममा उनले चार अर्धशतक बनाए ।

रोहितले कटकमा ६३ रन बनाउन सफल भए । उनले लोकेश राहुलसँग पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे ।

तर, यस वर्ष रोहितलाई उछिन्दै विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । रोहितले २ हजार ४ सय ४२ रन बनाउँदा कोहलीले २ हजार ४ सय ५५ रन बनाए ।

एकदिवसीयमा भने रोहित अगाडि रहेका छन् । रोहितले १ हजार ४९० रन बनाउँदा कोहलीले १ हजार ३७७ रन बनाएका छन् ।

भारतलाई लागतार १० औँ शृङ्खला

भारतले तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय १६ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

योसँगै भारतले २–१ ले शृङ्खला आफ्नो पक्षमा पार्यो । वेस्ट इन्डिजविरुद्ध भारतको यो लगातार १० औँ शृङ्खलामा जीत हो ।

भारतले ३ सयभन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको यो किर्तिमानी १७ औँ पटक हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies