Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लौ न अब खुकुरीमा धार लगाउनुपर्याे...

बागलुङ । पुसको ठिही । रसिला–चोटिला सिर्जनाले शनिबार गर्मायो । विविध रचनाका रसस्वादनमा यहाँका वाङ्मयप्रेमी औधि खुशी भए । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि, गजलगो र मुक्तककारले आफ्ना रचना पस्किदा सयम व्यतित भएको पत्तै भएन ।
काव्यका विविध विधालाई साहित्य पारखीले एकै मञ्चमा प्रस्तती दिनुभयो । कार्यक्रमको तारतम्मे मिलाएको थियो, हातेमालो साहित्य सङ्गम बागलुङ शाखाले ।

पर्वतका कवि ओमप्रसाद घायल, म्याग्दीका गजलगो शङ्कर चोखाल र बागलुङका मुक्तककार ताराप्रसाद शर्मा ‘स्टार’ रचनासाथ मञ्चस्थ भए । मञ्चमा घायलले छ कविता, चोखालले नौ गजल र शर्माले १५ मुक्तक प्रस्तुती गरे ।
‘घरमा आगो लाग्यो भने दमकल आउँछ
जब दमकलमा आगो लाग्छ केले निभाउँछ ।’

गजलगो चोखालले सुनाएको पहिलो शेरमै गजलप्रेमी मुग्ध भएका थिए । दर्शकदीर्घाबाट ताली गुञ्जियो । उन बाँकी गजलका बाँकी शेर यसरी सुनाए–
‘ल तपाईँ भनिदिनुस् त एउटा अनुत्तरित प्रश्न सोध्छु
तपाईँलाई आलरामले उठाउँछ कि कर्तव्यले उठाउँछ ।’

प्रणय भावमा गजलो चोखाल यसरी अभिव्यक्ति राखे–
‘आँशु, आँशु मात्रै भएको छैन, नदी भएको छ
तिमीलाई सम्झिरहनु पनि त प्रगति भएको छ’

तीनै सजर्ककका रचनाले जीवन र जगतका विविध विसंगति र विकृतिलाई समावेश गरेको थियो । विसङ्गतपूर्ण राजनीति, अव्यवस्थादेखि मानवीय प्रेम र संवेदना सिर्जनामा मुखरित भएको प्रतित हुन्थ्यो ।
कवि घायलले आमाप्रति समर्पित कविता सुनाउँदा प्रेक्षालयमा सन्नाटा छायो । श्रोता भावुक बनिरहेँ ।
‘डाँडामा घाम डुब्नुअघि
सडकको पर परसम्म आँखाहरु ओछ्याएर
तिमीले त्यसरी नै
कुर्दीहौली आमा मेरो निठुर बाटो
तर तिमीलाई उधारो भाखा दिएर
म पनि जल्दैछु, एउटा पश्चतापको अग्नि ।’

उहाँले आमा, फूलमाया, बलेवामा जहाजलगायतका शीर्षकका रचना वाचन गर्नुभयो । २७ वर्षदेखि बन्द बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदाको अनुभूति उहाँको कवितामा यसरी प्रकट हुन्छ–
‘कुनै बेला बलेवाको आकाशमा जहाज उड्दा
मेरी हजूरआमाले भन्नुहुन्थ्यो
ए हवाईजहाज मेरो नातिलाई पैसा फालिदे
हजूरआमाको त्यो भनाइ सुनेर
मेरो बाल मष्तिस्कमा
एउटा सपनाको अङ्कुरण भएको थियो
त्यो जहाजले कुनै दिन
मेरा लागि पैसा फालिदिनेछ ।’

विडम्बना, डेढ वर्षअघि रचित कविता पुरानो हुन नपाउँदै विमानस्थल भने पुनः बन्द भएको छ । विमानस्थलको नाममा रचित कविता सुनेर कार्यक्रमका प्रमुख अतिथि एवं बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भावुक बन्नुभयो । कविताको नामै लिएर उहाँले कवि घायललाई धन्यवाद प्रकट गर्नुभयो । नगरपालिकाले विमानस्थल सञ्चालनका लागि गरेको पहल धेरै दिन टिकेन ।

बागलुङका सर्जक शर्मामा रसिला–भरिला मुक्तकले कार्यक्रम अझ रोचक बन्यो । प्रायः गजल र मुक्तकमा रमाउने शर्माले यसपटक पालि मुक्तकमात्र सुनाउनुभयो ।
‘देशको सिमानामा बार लगाउनुप¥यो सरकार
पिलर हराए काँडेतार लगाउनुप¥यो सरकार
बैरीले आमाको छाती कुल्चिदैँछ पटक–पटक
लौ न अब खुकुरीमा धार लगाउनुप¥यो सरकार ।’

उहाँले देशप्रेमयुक्त मुक्तक सुनाउँदा प्रेक्षालयबाट वाहीवाही आउँथ्यो । समाजका बेथिति, विसङ्गतिमाथि प्रहार गर्ने खुबी उहाँका मुक्तकले राख्छन् । प्रणय र शृङ्गाररसमासमेत उहाँको कलम चल्छ । गुनासो मुक्तकमा यसरी पोखिन्छ–
‘जो आफ्नो हुँदैनन् उनैमा जाँदोरहेछ मन
पित्तल कहाँ हेर्छ र, सुनैमा जाँदोरहेछ मन
लाखौँ ताराहरु छन् त्यो आकाशमा हेर त
मान्दैन रत्ति अहँ, जुनैमा जाँदोरहेछ मन ।’

छोटो र रसिलो काव्य विधा मुक्तकले साहित्यानुरागीको मन जित्यो । कार्यक्रममा सुरसाधना सङ्गीत विद्यालय बागलुङका कलाकारलेसमेत साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । नगरप्रमुख पौडेलले प्रस्तुत सिर्जनाले समाजको यथार्थ उजागर टिप्पणी गरे ।
“भाषा, साहित्यको संरक्षण र प्रवद्र्धनमा हामी सहकार्य गर्न तयार छौँ”, उनले भने ।
साहित्यकार काजी रोशन र दिल शिरीषले सर्जकहरुको मनोबल उच्च राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा राख्नुभयो । सर्जक र पाठकलाई जोड्न ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रम आयोजना गरिएको सङ्गमका अध्यक्ष सरु पौडेलले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies