Khabar Dabali Logo
  February 22, Sat

जुटेन सहमति अन्तरराष्ट्रिय खेलाडीमा

काठमाडौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन ।

‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको आजको दफावार छलफलमा समितिका सदस्यका वीचमा सहमति जुट्न नसकेको हो ।

सो विषयमा समितिको बैठकमा गत मङ्गलबारदेखि छलफल हुँदै आएको छ । समितिका सदस्यले अन्तरराष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राख्नुभएको थियो । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तरराष्ट्रिय खेलमा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ भने ।

बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रालयले सो विषयमा पुनःलेखन गरेर ल्याउने जनाएको छ । “अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्ने हो भने अहिले साग प्रतियोगितामा सहभागी ६०० खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्दछ । ” उनले भने ।

विश्वकर्माले भने “ओलम्पिकको छाताभित्र रहेका धेरै खेलका सङ्घ र महासङ्घ छन् । तिनले आयोजना गर्ने खेलमा सहभागी खेलाडीलाई पनि अन्तरराष्ट्रिय खेलाडी मान्ने हो भने कहीँकतै अन्तरराष्ट्रिय खेलाडीको परिभाषाले अर्कै अर्थ लाग्न सक्छ ।”

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहनुभएका समितिका सदस्य जीवनराम श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी सबै खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ ।

“अहिले हामीले खेलाडीलाई खासै केही गर्न सकेका छैनौँ”, उनले भने, “त्यसैले खेलाडीको मनोबल उच्च राख्न र सम्मानका लागि खेलमा सहभागी सबै खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्दछ ।”

समिति सदस्य गगन थापाले कुनकुन क्षेत्रमा सहभागी खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्ने मापदण्ड बनाउनुपर्ने बताए

पुस ४ गते, २०७६ - १६:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   

ललितानिवास प्रकरणः गोप्य फाइल खोतल्दै सिआइबी

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय...   

कोरोना भाइरसको प्रभाव : सुन हालसम्मकै महँगो

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । आजको गोरखापत्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top