Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जाडो मौसममा उच्च हार्ट अट्याक : यी हुन् बच्ने उपाए

एजेन्सी । जाडो महिना मुटुका लागि निक्कै असरदार छ । हार्ट अट्याक अर्थात (हृदयघात) जाडो मौसममा उच्च हुने चिकित्सकहरुको भनाई छ । हुन त आजकाल यो शब्द धेरैनै सुनिदै आएको शब्द हो । तर कसरी हुन्छ हार्ट अट्याक । यसको मुख्य कारण के हो रु यस बारे राम्रो संग जान्न र बुझ्न जरुरी छ । बरिष्ठ मुटु रोग विशेषज्ञ डा। ओम मुर्ति अनिलपनि यो कुरालाई जोड दिन्छन् । उनको अनुसार मुटु हाम्रो शरिरको एक महत्वपूर्ण अंग हो । जुन लाखौ कोषहरु मिलेर बनेको हुन्छ । जसलाई लगातार पोषणको आवश्यकता हुन्छ । मुटुलाई चाहिने पोषण भन्नाले अक्सिजन , सोडियम , क्याल्सियम , पोटासियम , म्याग्नेसियम जस्ता धेरै तत्वहरुको आवश्यक पर्छ। यस्ता तत्वहरु सन्तुलित अवस्थामा हुनुले मुटुलाई चौबिसै घण्टा चलायामान राख्न मद्धत पुग्छ । मुटुलाई चाहिने यस्ता पोषण तत्वहरु रक्तनलीको सहायतामा बग्ने गर्छन् । त्यसमा पनी अक्सिजनको मात्रा सबै भन्दा बढी आवश्यक हुनजान्छ।

हरेक कोषमा सहि र सन्तुलित अवस्थामा पोषण तत्व पुर्‍याउने काम साना साना रक्तनलीहरुले गर्छन्। त्यस्ता रक्तनलीहरु विभिन्न कारणले कहिले काँही साँघुरीने समस्या हुन्छ । यसरी रक्तनली साँघुरीदा , ठप्प हुँदा वा कुनै अवरोध आउँदा मुटुलाई आवश्यक तत्वहरु सहिमात्रामा पुग्न सक्दैन । यस्तो अवस्थामा मांसपेशी अर्थात मसलले काम गर्न छोड्छ र त्यही अवस्थालाईनै हार्ट अट्याक अर्थात हृदयघात भन्ने गरिन्छ ।

मुटुको देब्रे मुख्य नली अवरोध भएमा त झन् हृदयघात प्राणघातक पनि हुन सक्छ । यस्तो अवस्थामा मानिसको तत्काल ज्यान जान पनि सक्छ । कहिले काँही साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात मानिसलाई थाहा नहुन पनि सक्छ। तर ठूलो नलीमा अवरोध भएमा भने जो कोहीले सहजै अनुमान लगाउन सक्छ । यस्तो अवस्थामा छातिको बिच वा देब्रे कोखातिर बेस्सरी थिचेको जसरी दुख्ने गर्छ । अत्याधिक पिडाको महसुस हुन्छ भने सास फेर्ने गार्हो हुन्छ । यस्तो अवस्थामा चिट् चिट् पसिना आउँने , वाक वाक लाग्ने र उस्तै परे मानिस बेहोस समेत हुन सक्छ।

जाडो मौसममा शरिरको तापक्रम कम हुने भएकाले सन्तुलित अवस्थामा राख्न मुटु को मांसपेशीले बडी काम गर्नु पर्छ । यस्तो बेलामा अक्सिजनको मात्रा झन् धेरै आवश्यक हुने गर्छ भने रक्तनलीबाट प्रयाप्त मात्रामा मुटुलाई आवश्यक तत्वहरु पुग्नु पर्ने हुन्छ । यहीबेलामा अवरोध भएर वा कुनै कारणले नली सानो भई प्रयाप्त मात्रामा कोषहरुमा अक्सिजन नपुगेमा हृदयघात हुन सक्छ । त्यस्तै जाडो मौसममा हाम्रो शरिरको रगत आफैमा पनी बाक्लो हुने र रगतको आफै ढिक्का बन्ने हुनाले पनी हृदयघात हुने गर्छ । जाडो मौसममा मुटुरोगीहरुले धेरै नै सावधानी अपनाउनु पर्छ भने समस्या आउँदा तुरुन्तै बिशेषज्ञ चिकित्सकको सल्लाह लिनु पर्छ ।

यी हुन् बच्ने उपाए

विशेषगरी उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलले नली जाम गराउने वा नलिमा अवरोध सिर्जना गर्न सक्छ । यस्ता समस्यालाई समयमानै नियन्त्रणमा राख्न सकेमा हृदयघात हुने जोखिमबाट आफुलाई बचाउन सकिन्छ । यो संगै मोटोपन कम गर्ने, नियमित व्यायाम गर्ने तनावबाट मुक्त हुने र जिवनशैलीमा सुधार ल्याउने हो भने हृदयघातको जोखीमबाट धेरै हद सम्म बञ्चन सकिन्छ ।

हृदयघात सम्बन्धी धेरैले सुनेको भएतापनी आफुलाई समस्या नआउन्जेल मानिसहरुले खास्सै ध्यान दिएको पाईदैन । त्यसमाथी हृदयरोगका लक्षणहरु साधारण हुने भएकाले पनी मानिसहरु खास्सै सचेत भएको पाईदैन । कतिले त सामान्य अनुमान समेत नलाउन सक्छन् । यो अकस्मात आईपर्ने समस्या हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies