Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बागलुङमा एउटै बोटमा २७ हजारको सुन्तला

बागलुङ । यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोपेका थिए । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो ।

बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो”, बागलुङ नगरपालिका–८ सिगानाका खड्काले भने, “यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।”

दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उनको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुपर्यो केही बोटका त हाँगै भाँचिए”, खड्काले भने, “मौसम राम्रो पर्यो, पानी, मल व्यवस्थापन र रेखदेखमा पनि ध्यान दियौँ ।”

खड्काले विसं २०३७ मा १०० बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गरेका थिए । उनको बगानमा अहिले नयाँ पुराना गरी २०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताए । उनका अनुसार सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुन्छ ।

खड्काले ‘सेलर स्टोर’ मा भण्डारण गरी पछिसम्म सुन्तला बेच्नुहुन्छ । त्यही सुन्तला माघ, फागुनमा बेच्दा प्रतिकिलो रु १०० सम्म पर्छ । ३९ वर्षअघि सुन्तलाखेती गर्ने गाउँकै एक्लो किसान हुनुहुन्थ्यो, खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उनको खिस्सी पनि गरे । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए तर, अहिले खड्का एक्लो छन्।

गाउँका झण्डै १५० किसान सुन्तलाखेतीमा लागेका छन् । यतिखेर सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । वडाअध्यक्ष राजन केसीका अनुसार सिगानामा झण्डै एक हजार रोपनीमा व्यावसायिक सुन्तलाखेती छ । “अहिले फल दिने बोट १२ हजार बढी छन्, बढाएर २५ हजार पुर्याउने लक्ष्य छ”, उनले भने ।

वडाले किसानलाई वर्षेनी निःशुल्करुपमा बिरुवा उपलब्ध गराउँदै आएको छ । वडास्तरीय कृषि समितिले यो वर्ष रु दुई करोड बराबरको सुन्तला निर्यात हुने आकलन गरेको छ । गत वर्ष रु ८२ लाखको सुन्तला सिगानाबाट बाहिरिएको थियो । फल लाग्ने बेला असिनाले चुटेपछि अघिल्लो वर्ष सुन्तला उत्पादन घटेको थियो ।

काठमाडौँ, चितवन, पोखराजस्ता ठूलठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरिद गर्छन् । व्यवसायीले किसानबाट बगैँचै ठेक्कामा समेत किन्छन् । ४० बोटमा फलेका सुन्तला रु ७० हजारमा एकमुष्ठ ठेक्कामा बेचेको किसान डिलबहादुर खड्काले बताए । “गत वर्ष रु। ५० हजारमा बेचेको हो, अहिले फल बढी लागेकाले ठेक्काको मूल्य बढ्यो”, उनले भने ।

साना डोके व्यापारीले पनि किसानसँग किनेर बजारमा ल्याइ बेच्ने गरेका छन् । सिगानामा वर्षेनी सुन्तलाखेती विस्तार हुँदै गएको छ । प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ ।

सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी परियोजना सञ्चालन भइरहेको छ । सन्तुलाखेतीका लागि सिगाना उर्बर मानिन्छ । किसानले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट समेत सहयोग पाएका छन् । आयोजनाको रु १० लाख अनुदानमा स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समूहले सुन्तला भण्डारणका लागि ‘सेलर स्टोर’ बनाएको छ ।

अन्नबालीभन्दा सुन्तलाखेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, दमेकलगायतका ठाउँ सुन्तलाखेतीका लागि ‘पकेट’ मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies