Khabar Dabali Logo
  July 14, Tue

पीपीएलः काठमाडौँले धनगढीलाई विशाल लक्ष्य दियो

काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग -पीपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई जितको लागि १८६ रनको लक्ष्य दिएको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रनको योगफल बनायो ।

काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेर पहिलो शतक आफ्नो नाममा लेखाउन सफल भए । उनले ३७ बलमै शतक प्रहार गरे । यो पीपीएलकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान छन् । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरे । शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए ।

बलिङतर्फ धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । यसअघि दुई खेलमा काठमाडौँ पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो ।

यस्तै सोमबार भएको पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको थियो । एक जित निकालेको धनगढी २ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ अङ्क तालिकाको पुछारमा रहेको छ ।

पुस २ गते, २०७६ - १३:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुम्दै सलहको विखण्डित झुण्ड : उत्पादनमै क्षति हुने गरी असर गरेको छैन

घुम्दै सलहको विखण्डित झुण्ड : उत्पादनमै क्षति हुने गरी असर गरेको छैन

काठमाडौँ । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश...   

बाढीपहिरो पीडितको उद्धार गर्न सरकारलाई आग्रह

काठमाडौ । पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन...   

जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने

काठमाडौ । जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा...   

मेलम्चीको सुरुङमा खटिएका २ जना कर्मचारी बेपत्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएको सुरुङ जाँच गर्न गएका २ कर्मचारी...   

अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय...   

रोकिएन अझै कर्णाली भित्रिने क्रम

सुर्खेत । कोरोना भाइरसको जोखिमका कारण भारत तथा अन्य मुलुकबाट कर्णालीमा नागरिक भित्रिने क्रम रोकिएको...   

कोरोनाबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ...   
जलेश्वर कारागार डुबानमा

जलेश्वर कारागार डुबानमा

जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा...   
आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी दिएपछि मख्ख

आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी दिएपछि मख्ख

बागलुङ । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन्। घरमै बनाएको सारङ्गीले सुर...   

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top