Khabar Dabali Logo
  July 14, Tue

पिपिएल क्रिकेट : पोखरा पल्टनमाथी चितवन राइनोजको सहज जीत

काठमाडाैं । पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजीत गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।

चितवनको जीतमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बल खेलको उनले ६ चौका र चार छक्का प्रहार गर्दै अविजीत ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे ।

बलिङतर्फ पोखराका राशिद खान र सर्वोजीत लड्डाले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०/१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जीत हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।

पुस १ गते, २०७६ - १५:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न...   

१७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई पोष्ट गर्ने सुरज श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा...   

तनहुँ पहिरो अपडेट : मृतकको संख्या सात पुग्यो, पाँच बेपत्ता, तीन घाइते

तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले...   

बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’...   

उपत्यकामा ९ जनासहित १४४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १० हजार २९४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संकमितको...   

विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, अज्ञानता र कमजोरीले जनधनको क्षति भयो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून,...   

मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ को मृत्यु, ४६ बेपत्ता

काठमाडौं । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता...   

आजदेखि उपत्यकामा मयुँर यातायात सञ्चालन

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले...   

शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी...   

प्रदेश सरकारकोतर्फबाट दुई विधेयक दर्ता

हेटौंडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top