Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मेडिकल कलेज ठगी प्रकरण : बढि शुल्क उठाउन परिपत्र गर्ने काठमाडौं विश्वविद्यालयलाई कारबाही किन नगर्ने ?

काठमाडौं । राष्ट्रिय सतकर्ता केन्द्रले मेडिकल कलेजसम्बन्धि अनुसन्धान गरेको प्रतिवेदनमा ३ वर्षको अवधिमा मेडिकल कलेजहरुले २ अर्ब ८५ करोडभन्दा बढी रकम गैह्र कानूनी रुपले बिद्यार्थीसँग उठाएको देखिन्छ । सरकारले निर्धारण गरेको शुल्कलाई बेवास्ता गर्दै काठमाडौं विश्वविद्यालयद्वारा सम्बन्धन लिएर सञ्चालन भएका ६ वटा कलेजहरुले मात्रै १ अर्व ३८ करोड ८७ लाख ७५ हजार ५ सय ७१ रुपैयाँ विद्यार्थीहरु मार्फत गैह्रकानूनी हिसाबले असुली गरेका थिए । सम्बन्धन प्राप्त कलेजहरुलाई बढि शुल्क उठाउन काठमाडौं विश्वविद्यालयले परिपत्र जारि गरेको सतकर्ता केन्द्रको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काठमाडौं विश्वविद्यालय ऐन २०४८ अनुसार विश्वविद्यालयले विद्यार्थीसँग शुल्क निर्धारण गर्ने अधिकार राख्दैन । विश्वविद्यालय कार्यकारी परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धमा ऐनको दफा ७ को ‘ख’ मा ‘नेपाल सरकारले निर्धारण गरेको नीति, निर्देशन पालना गर्ने,’ भनिएको छ, तर विश्वविद्यालयले आफ्नै ऐन र नेपाल सरकारले निर्धारण गरेको मेडिकल शिक्षा शुल्क विपरित सम्बन्धन प्राप्त मेडिकल कलेजहरुलाई शुल्क बृद्धि गर्न सक्ने परिपत्र किन जारी ग-यो ?

शिक्षण शुल्कभित्र सम्पुर्ण शुल्क पर्ने र शुल्क लिइसकेपछि अन्य शीर्षकमा शुल्क लिन नपाइने अन्र्तराष्ट्रिय प्रचलन रहेको छ । चिकित्सा शिक्षा ऐन २०५७ को दफा २ अनुसार ‘शिक्षण’ शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अवधिभर लिने भर्ना, शिक्षण ल्याब, पुस्तकालय र सामुदायिक तालिम वा परीक्षा शुल्क भन्ने बुझिन्छ । सरकारले निर्धारण गरेको शैक्षिक शुल्कको अलावा २४ वटा अन्य शिर्षक निर्माण गरि मेडिकल कलेजहरुले विद्यार्थी ठग्ने काम गरेको राष्ट्रिय सतकर्ता केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मेडिकल कलेजले गैह्र कानुनी रुपमा निर्धारण गरेको शुल्क शिर्षक

\"\"
स्रोत : राष्ट्रिय सर्तकता केन्द्रको अनुसन्धान प्रतिवेदन

राष्ट्रिय सतकर्ता केन्द्रले अनुसन्धान गर्ने क्रममा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका ६ वटा मेडिकल कलेजको अनुसन्धान गरेको थियो । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजले ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो । आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ का लागि सरकारले अघिल्लो आर्थिक वर्षमा तोकिएको शुल्क बढाएर काठमाडौैं उपत्यकाभित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लिन पाउनेसमेत व्यवस्था गरेको थियो ।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अतिरिक्त शुल्क लिने मेडिकल कलेज

\"\"
स्रोत : राष्ट्रिय सर्तकता केन्द्रको अनुसन्धान प्रतिवेदन

विश्वविद्यालयको परिपत्रलाई आधार मान्दा विद्यार्थीसँग अरबौं शुल्क लिने प्रक्रियामा विश्वविद्यालयको मुख्य भुमिका देखिन्छ । सामान्यतया काठमाडौं विश्वविद्यालयले सरकारले गरेको निर्णयलाई कुल्चँदै गरेको परिपत्रले उनिहरुको अनियमिततामा उपस्थितिलाई संकेत गर्छ ।

मेडिकल कलेजहरुले अरबौं रुपैयाँ ठग्ने कामको लागि संस्थागत वा व्यक्तिगत अनुचित लाभको आसयबिना सो काम नभएको हुन सक्ने सजिलै आशंका गर्न सकिन्छ । मेडिकल कलेजलाई शुल्क वृद्धि गर्ने परिपत्रलाई लिएर काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि अख्तियार दुरुपयोग सम्बन्धि अनुसन्धान हुनु जरुरी देखिन्छ ।

सरकारले मंसिर १० गते मेडिकल कलेजहरुसँग वार्ता गरेर आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन गरेको छ । राष्ट्रिय सतकर्ता केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन लिएका मेडिकल कलेजहरुले ५ वर्षदेखिनै अतिरिक्त शुल्क लिंदै आएको उल्लेख गरिएको छ ।

सतकर्ता केन्द्रले अरबौं रुपैयाँको ठगिमा विश्वविद्यालयको संलग्नतालाई आशंका गर्दै सम्पति सुद्धिकरण तथा अनुसन्धान विभागलाई समेत छानविन प्रतिवेदनको प्रतिलिपि बुझाएको छ । सतकर्ता केन्द्रको आशंकालाई आधार मानेर सम्बन्धित विभागले विश्वविद्यालयका पदाधिकारीको सम्पत्ति छानविन गर्ने कि नगर्ने ?

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies