Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेस गरे १६ पृष्ठ लामो प्रतिवेदन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा आजदेखि सुरु भएको छ । एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् ।

आइतबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपि शर्मा ओली उपस्थिति भएनन् ।

यसअघि आइतबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय वैठकले स्थायी समिति बैठकमा छलफल गर्नका लागि ५ बुँदे एजेण्डा तय गरेको थियो । स्वास्थ्य स्थितिको कारण देखाउँदै अर्का अध्यक्ष ओली बैठकमा उपस्थित नभएको बताइएको छ । बैठकमा ओलीको लागि कुर्ची भने खाली राखिएको थियो ।

बैठकमा ४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् ।

प्रचण्डले प्रस्तुत गरे राजनीतिक प्रतिवेदन

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्षद्वयको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्टराष्ट्रिय परिस्थिति, पार्टी एकता, सरकारको समीक्षा, उपचुनावको समीक्षा र आगामी कार्ययोजनाबारे उल्लेख भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सो प्रतिवेदनमाथि भोलि सोमबार धुम्बराहीमा बस्ने बैठकमा छलफल हुने छ । आइतबारको वैठकमा पार्टी महासचिव विष्णु पौडेलले विद्यान संशोधनको प्रस्ताव राखेका थिए ।

बैठक ढिलो बसेकोमा प्रचण्डले गरे आत्माआलोचना

स्थायी समितिको बैठक समयमा बस्न नसकेकोमा अध्यक्ष प्रचण्डले जिम्मेवारी लिँदै आत्माआलोचना गरेका छन् । बैठक सुरु हुनासाथ नेताहरु भीम रावल र रघुजी पन्तले बैठक किन एक वर्षमा बसेको भन्दै प्रश्न उठाएका थिए ।

नेकपाको विधानमा स्थायी समितिको बैठक प्रत्येक तीन/तीन महिनामा बस्ने प्रावधान छ ।

स्थायी समितिको बैठक भोली (सोमबार) बिहान ११ बजे बस्ने गरि सकिएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies