Khabar Dabali Logo
  September 30, Wed

काठमाडौंमा फ्युजमेशिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै

काठमाडौं । लिभिङ विथ आइसिटीले आउँदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गर्ने भएको छ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवद्धन, प्रचार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाएको छ । मेलामा ५० स्टल रहनेछन् ।

विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला यसपटक काठमाडौंमा आयोजना गरिएको आयोजकले बताएको छ । यसअघि गत बैशाख र जेष्ठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ ।

आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्प्रधासमेत हुनेछ । नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ । आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडाैं थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ । प्रदर्शनीमा १० हजारबढिले अवालोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ । दाश्रो दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्प्रधामा भाग लिन अनलाइन रजिस्ट्रर गर्नुपर्ने तर प्रदर्शनी अवलोकन सबैलाई निशुल्क गरिएको छ । यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

स्टार्टअप मेलाको शिर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनि ‘फयुज मेसिंस’ ले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपिएस, ब्रोडवे इन्फोसिस, लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ । वर्कशप, कन्फ्रेन्समा सहभागी हुन तथा स्टल राख्न चाहने स्टार्टअप कम्पनीहरुले लभउबष्कितबचतगउ।अयm वेबसाइटमा अनलाइन रजिस्टर गर्नुपर्ने हुन्छ ।

मंसिर २९ गते, २०७६ - १४:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top