Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अझै फुकेन देउवा–पौडेलपक्षबीच सहमतिको गाँठो, पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने

काठमाडौं । काँग्रेस संस्थापन पक्षले १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म केन्द्रीय कार्यसमिति बैठक बहिष्कार जारी राख्ने पौडेल समूहले रणनीति लिएको छ । असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित शनिबार बिहान उनकै निवासमा पुगेका थिए। पौडेलले कार्यातालिकाको अडान दोहर्‍याएपछि दिउँसो वार्ता समितिमा छलफल गर्ने गरी बैठक विना निष्कर्ष टुंगिएको थियो ।

साँझ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा सस्थापन पक्षबाट उपसभापति निधि तथा पौडेल पक्षबाट सिंह, दिलेन्द्रप्रसाद बडू र थानीबीचको वार्तामा पनि कुरा मिलेन।

पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो।

पार्टी संस्थापन पक्षले दुई पक्षिय वार्ता टोलिसँग विभिन्न चरणमा भएको छलफलमा १४ औं माहाधिवेशनको कार्यतालिका ठोसरुपमा प्रस्ताव नल्याएकोले आइतबार बस्ने केन्द्रिय समिति बैठक पौडेल पक्षले बहिस्कार गर्ने भएको छ । पौडेल समूहका नेता एवं केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘हाम्रो बटमलाइन भनेको पहिला १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा पेश हुनुपर्नेछ । कार्यतालिका पेश नगर्दासम्म हामी बैठकमा सहभागि हुँदैनौं ।’

आइतबार बिहान पुनः निधिले पौडेल पक्षमा महामन्त्रीबीच विवाद समाधानका विषयमा छलफल भएपनि कुनै सहमति बन्न सकेन। ‘उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएपनि कुनै निष्र्कन सकेन ।

तर, देउवा पक्षिय नेता बिमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बस्नु अगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सहमतिको लागि पौडल समूहसँग वार्ता जारी राख्ने बताएका छन् । उनले नेविसंघ र तरुण दलको नेतृत्व, केन्द्रीय विभागहरु गठन र १४ औं महाधिवेशनको कार्यतालिकाबारे सहमति खोज्न दुबै नेता सहमत रहेको बताए । यद्यपि यसबारे संस्थापन पक्षले चारै विषयमा ठोस प्रस्ताव राखेको छैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies