Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी निको पार्न सकिन्छ बाथरोग ?

सुर्खेत । दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार प्रविधि शुरु गरिएको छ । जिल्ला आयुर्वेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरिएको छ ।

लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्लाबाहिर तथा छिमेकी मुलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न शुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमा उपचार गराउन आउने बिरामीको भीड हुने गरेको छ । कार्यालयका कविराज विद्या घिमिरे देउवाले भने, ‘रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न बाध्य थिए भने रकम भएकाहरु धेरै टाढा गएर महँगोमा उपचार गर्न बाध्य थिए, अहिले हामीले घरैमा सेवा दिन थालेपछि उनीहरुको चाप बढेको हो ।’

जिल्ला आयुर्वेदका कविराज विद्या घिमिरे देउवाका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी बढी भएको आफूले पाएको बताए । उनले थप भने, ‘हामी कहाँ परीक्षण गराउन आउने अधिकांशमा पत्थरी तथा करीब ३५ देखि ४० प्रतिशत बाथरोगका बिरामी भेटिन्छन् ।’

पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउँदा आफ्नो बाथरोग क्रमिक रुपमा सुधार हुँदै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामी भएको वर्षौ भइसकेको थियो उपचार गराउन पाएकी थिएन, अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरीर कम दुख्न थालेको र निको भएको महसुस गरेकी छु ।’

कठायत जस्तै अर्का बाथरोगी गणेश साहुले पनि आफूले पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउन थालेपछि बाथरोगका कारण कम्मर, ढाड दुख्ने समस्या निको हुन थालेको बताए । कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधि भनेको तेल, विभिन्न जडीबुडी, घृत तथा मह पकाएर बाफद्वारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो । यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो ।

यो प्रविधि लागू भएपछि अहिले बाथरोगीहरुको उक्त कार्यालयमा दैनिक १५ देखि २० जनासम्मको भीड लाग्ने गरेको बताइएको छ । बाथरोग वंशाणुगत क्रमले सर्ने भएकाले उपचार पश्चात् बाथरोग पूर्ण तया निको हुने सो कार्यालयका वैद्य विजक्रम कठायतको दाबी छ । बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्तादेखि एक वर्षसम्म समय लाग्न सक्नेसमेत उहाँको भनाइ छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies