Khabar Dabali Logo
  January 23, Thu

वर्षातले इँटा नष्ट हुँदा करोडौं घाटा

बाँके । शुक्रबार दिनभरको वर्षातका कारण बाँकेमा इँटा व्यवसायीले रु १० करोड बढीको नोक्सानी व्यहोर्नुपरेको छ । तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताए ।

उनका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको रु २० लाखका दरले क्षति भएको अनुमान छ । वर्षात्ले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानित सात करोड बढी काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको छ । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बाँकेका इँटा व्यवसायी दीपक अधिकारीले जानकारी दिए।

उनका अनुसार यो वर्षात्मा सात करोड इँटा नष्ट भएकाले अर्कोपटक इँटा उत्पादन नहुँदासम्म इँटा अभावको सम्भावना देखिएको छ । इँटा उत्पादकले सिजनमा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् । एक पटकमा छ देखि १० लाखसम्म इँटा तयार पारिने व्यवसायी अधिकारीले बताए । शुक्रबारको वर्षात्ले बाँकेका धेरैजसो इँटा उद्योगका काँचो इँटा गलेर नष्ट छ ।

इँटाको बिमा गर्ने व्यवस्था नभएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको संघका अध्यक्ष खाँको भनाइ थियो । व्यवसायीले इँटाको पनि बिमा हुनुपर्ने माग गरेका छन् ।

मंसिर २८ गते, २०७६ - ११:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top